सेवारो
सम्पुर्ण एलम्बरका बंश हरुमा ।
सम्पुर्ण किराँत हरुमा म यो निबेदन् गर्न चाहन्छु कि, आज हामि समयको गति सँगै हामि किराँत हरु झन् झन् फुट्ने र फाटिने क्रम जारी छ । राई भित्र नै पनि आफ्ना आफ्नै बाटो आफै बनाउने क्रम जारी छ, झन् लिम्बु, राई, सुनुवार भित्र त कति धेरै फराकिले दुरी निर्माण भई सक्यो कि हामि सबै एलम्बरको सन्तान किराँत भएर पनि आज एक अर्कामा लिम्बु, सुनुवार र राई हरु एकआपसमा बिहेवारी नचल्ने सम्म छ यस लाइृ तोडेर हामि सिङगो किराँत मा एकता ल्याउन आवास्याक छ । त्यास्तै लिम्बुवान् खम्बुवान् वल्लो किराँत राज्या होईन सिङगो किराँत राज्या को स्थापना सहित सिङगो किराँत एकता गरेर राई लिम्बु, सुनुवार सँस्कृति होईन सिङगो किराँत सँस्कृति र सँस्कार को खोजी गर्दै किराँतमा एकता ल्याउन जरुरी छ । र बृहत किराँत भेला हरु गर्दै किराँत धर्मशाष्त्र मुन्दुम अब लेख्नै पर्छ, किन कि बिना मुन्दुम हामी किराँत सधैं किराँत रहन सक्दैनौ, यस्को साथमा किराँतको अष्तित्वनै धरापमा पर्ने अबस्था छ, त्यासै पनि किराँत हरुले आफ्नो सँस्कार सँस्कृति बिर्सने क्रम जारी छ, यो कुरा न त राई हरुको मात्र सम्भब छ न सुनुवार न लिम्बुको मात्र, जब सम्म हामी सिङगो किराँत मिलेर अगाडी बड्दैनौ तब सम्म हाम्रो किराँत अष्तित्व र इतिहाँस अपुरो नै रहनेछ । संस्कार र सँस्कृतिको कुरालाई सधैं राजनिती बाट टाधा राख्दै किराँतको स्पस्ट पहिचान खोजौं, नत्र यतिका थोरै हामी किराँत हरु बिलाएर जान पनि सक्छौं ।
धन्याबाद,
हामि किराँत हौं, किराँत सँस्कार लाई माया गरौं ।
राज राई संगम
बिगुटार –४ सुर्के ओखलढृुङगा,
हाल यु ए ई
रविवार, 24 जनवरी 2010
धार्मिक हिंसाको सम्भावना नेपालमा पनि अब छिटै ।
बिश्व अशिक्षित र गरिब राष्ट्र हरुमा आफ्नो हैकम र रबाफ फैलाउने क्रम जारी छ पश्चिमा हरुको यात्रा । यसै पनि शक्तिशाली राष्ट्र हरुले समेत शिर ठाडो पारेर कुरा गर्ने सामथ्र्य राख्दैनन् हो अंग्रेज हरुको एका दुई मात्र देश हरु छन यहाँ जस्ले आफ्नो रोजी रोटीको लागी अंग्रेज हरुको मुख ताक्नु पर्दैन । बिश्व त अंग्रेज हरुको खाने खेल्ने घुम्ने मोज मस्ती गर्ने हो नै जहाँ उनि हरु निस्फिक्री र स्वतन्त्रता पुर्बक चल्ने गर्छन यहाँ । १०० प्रतिशत शिक्षित भएको देश अंग्रेज हरुको दिमाग तेज त चल्ने नै भयो उस्तै सम्पन्न र शक्तिसाली हुनको एउटा कडि गरिब र अशिक्षित राष्ट्र हरुको सोषण नै उस्को प्रगति भन्नु यहाँ गल्ति हुने छैन ।
बिश्व लाई लडाउनु र भिडाउनु त उस्को उदेश्या नै हो । ता कि अरु देश हरु कहिल्यै माथि उठ्न नसकुन् अरु देशमा शान्ति हुनु भनेको त्यहाँको जिबन स्तर माथि उठ्नु हो त्यहाँका जनता हरु बिस्तारै आफ्नो मौलिक कुरा हरुलाई सम्हाल्दै बिश्व मा आफ्नो बेग्लै पहिचान बनाउनु भनेको त्याहाँ बाट अंग्रेज हरुको अष्तित्व नासिनु हो । डलरको मतलब राख्दैनन् त्याहाँका मान्छे हरुले त्यति बेला । आफ्नो मातृ भाषालाई बिसर्िदै अंग्रेजी भाषालाई जोड दिने छैनन् त्याँहाँका मान्छे हरुले । गाँउ-गाँउमा कुना काप्चामा तिब्रगति मा बनि रहेको चर्ज हरुको अर्थ हुन्न त्यति बेला । किन कि त्याँहाका मान्छेहरुलाई आफ्नै भाषा कला धर्म र संस्कारको मुल्या र महत्व बुझि सकनेछन् । त्यासैले पस्चिमा हरुले बिश्व समुदायमा नाना प्रकारको बुद्धि लगाएर एक अर्का बिच लडाउने क्रम जारी छ यो उस्ले कहिल्यै रोक्ने छैन । यो त अब हामि जस्ता कम्जोर राष्ट्र हरुले आफैले बुझेर यसको राजनिति बाट बच्नु पर्ने बेला आएको छ ।
धार्मिक िहंसा र जातिय िहंसाले बिश्वलाई हैरान पारेको छ । आज सम्म नेपाल लाई छुन सकेको थिएन यस्ले तर धार्मिक स्वतन्त्रताको नाम्मा नेपाली संस्कार हरु निरन्तर खोसिने क्रम्को तिब्रता छ आज । एकाथरी नेपाली हरु बुद्ध जन्मेको देश लुम्बिनी र बुद्ध लाई बिस्रदै पशुपति नाथ को सत्यता र बिर नेपाली पुर्खाको भत्तिगान् लाई भुल्दै ईजरायलजेरुसेलम् अनि प्रभु यसुको भक्तिगानमा लाग्ने क्रमले यहाँको नेपाली पन् र संस्कार संस्किृतिको अष्तित्व हराउने त भयो नै यस्का साथ साथमा धार्मिक िहंसाको डरलाग्दो रुप पनि यहाँ देखा परि सकेको छ । हो भगवान् एउटै हो र यस्को पुज्ने संस्कार अलग अलग छ भन्ने कुरा सबैमा अबगत नै छत्यासैले हामि नेपाली हरुले आफ्ना आफ्नै पारामा पुज्छौं भगवान्लाई बिश्वास गरेर र भगवान्लाई खुशि पार्न यहाँ खि्रष्टियन् र बाईबल नै अंगाल्नु पर्छ भन्ने छैन कुरान र मुस्लिम् लाई नै अपनाउनु भन्ने छैन । यहाँ हिन्दु मुस्लिम् र खि्रष्टियन जस्ता ठुला र परिचित संस्कार संस्कृतिले परिपुर्ण धर्म मात्र छैनन्यहाँ साना र आफ्नो पहिचान् र अष्तित्व को अझै खोजि भई रहेको धर्म हरु पनि छन् । त्यास्तै यहाँ ठुला शक्तिसाली र सम्पन्न राष्ट्र हरु अमेरिका जापान चाइना जस्ता देश हरु मात्र छैनन् साना र गरिब अनि असिक्षत नेपाल जस्ता राष्ट्र हरु पनि छन् हो अब के आफु कम्जोर र पछाडि परियो भनेर आफ्नो अष्तित्वलाई नै अझ मेटाउन खोज्ने मुर्खता हामि नेपाली बाट हुदैछ । आफ्नो भएको कुरालाई सम्हाल्नु र संगाल्नु नसक्नु अरुको राम्रो देखेर लोभ लाग्नु अनि खि्रष्टियनलाई अँगाल्दै बप्तिस्मा लिनु बाईबल छोएर कसम खानु संगति र रात दिनको चर्ज के यो क्षणिक नाटकले जुगौंको अष्तित्व ईतिहाँस अनि पहिचान् लाई र आफ्नो शरिरमा बगि रहेको उहि पुर्खाको रगतको निसानी लाई मेटाउन खोज्नु मुर्खता होईन र यस्को फाईदा के त के पाउछौं त हामि ले अशिक्षित अबिकषित र अब्वाबस्थित नेपाली समाज को सहि फाईदा उठाउदै केहि शिक्षित अग्रज हरु उहाँ हरुले त खि्रष्टियन् समाजको माया ममता र आफ्नो अष्तित्वलाई चुल्याउदै पश्चिमा हरु माझ प्यारो बन्नु होला तर ति बिचरा अशिक्षित नेपाली समाझलाई निको नभएको रोग निको हुने भुत प्रेत नलाग्ने टाउको नदुख्ने आदी जस्ता अन्धबिश्वास फैलाएरै भए पनि उहाँ हरुको मन जित्न सफल उहाँ हरुले जानी जानी समाज र राष्ट्रको परिचय मेट्दै सम्भाबित दुर्घटना लाई आत्मासात गर्ने जमर्को गर्नु भएको छ । जब कि ति कुईरे हरुलेनै धर्मको युग अन्त गर्दै बिज्ञानको युगलाई जन्म दिएर अन्ध बिश्वासलाई एक रति बिश्वास गर्दैनन्आज । हो यसरी नै सबै नेपाली हरुले आफ्नो कर्तब्या र बाटो भुल्दै जाने हो भने त्यो दुर्घटनाको दिन टाढा रहने छैन । बुझ् जरुरि छ । के हामिले धर्मको नाम्मा युद्धको तयारी त गर्दै छैनौं नत्र यसको उदेश्या र फाईदा नै के त ?
धर्म प्रचार र परिबर्तन को पहिलो असर नै समाजमा अस्थिरता र अशान्ति ल्याउनु होत्यास पछि धार्िर्मक िहंसा फैलदैं गृहयुद्धमा पुगेर मानबिय मुल्या र मान्याताको औचित्यालाई अन्त्या गर्नु हो । यो बिश्वमा भएको सत्य घटनाको उदाहरण हो । धर्मको नाम्मा एक अर्कालाई नै दुस्मनि बनाउने काम् भएको छ यहाँ तर पनि किन कानुन् बाट प्रतिबन्ध लगाईदैन त यसलाई किन कानुन् बनेन त अझै यस्को यस्को जबाफ पनि स्पस्ट नै छ हामिमा सबै भन्दा ठुलो धर्म मुस्लिम् हरुको बच्चा जन्माउनुमा रोक लगाउनु हुन्न त्यासैले उनिहरुको संगठन ठुलो र मज्बुद बन्यो यस्को बदला शिक्षित र चलाख अंग्रेज हरुले आफ्नो खि्रष्टियन् संस्कारलाई बिश्वमा प्रचार प्रसार गरेर आज आफुलाई सबै भन्दा ठुलो धर्मको रुपमा खडा गरेको छ त्याहि आफ्नो बाटो बन्द नहोस खुलम खुला आफ्नो संस्कार संस्कृतिलाई बिश्व भरि फैलाउन पाईयोस भन्ने उदेश्याले नै यो कानुन् बनाउन चाँहदैनन् अंग्रेज हरुले । खि्रष्टियन् नै ठुलो धर्म अनि सम्पन्न र शक्तिसाली युरोपियन् अंग्रेज हरुको निर्णय अनुसार बन्ने बिश्व कानुन्मा गरिब र कम्जोर राष्ट्र हरुको झिना मसिना आवाज हरु त्याहाँ सम्म पुग्ने सौभाग्या कहाँ पाँउछन र । अनि अंग्रेज हरुको त्यो कुटिल चाल लाई बुझ्न हामि जस्तो बिश्वमा ३० प्रतिशत मात्र शिक्षित नेपाल जस्तो अशिक्षित जनता हरुलाई गारो हुने नै भयो । हो बिश्व अशिक्षित हुनुको फाईदा मजाले लुटि रहेछन अंग्रेज हरुले ।
अपि्रुका को बिभिन्न देश हरुमा त्याहाँका जनता हरुको हात हात मा बाईबल पुर् याउन सफल अंग्रेज हरुले आखिर ति गरिब र असिक्षित राष्ट्रहरुलाई धार्मिक िहंसामा फसाएर नै छाडे । आज त्याँहाका सचेत जनता हरुले आफ्नो पुरानो संस्कार हरुको खोजी गर्ने क्रममा दिन दिनै काट मार लडाई चली रहन्छ । कैयौं सुरक्षाबल लगाएर पनि त्याहाँ सान्ति छाउन सकेको छैन । सोमालीयामा मुष्लिम र खि्रष्टिएन बिचको दंगामा मानब ईतिहाँसकै घृणित घटना हरु भई रहेछ । भारत गुजरात मा खि्रष्टियन् बनेको महिला लाई जिउदै जलाए पछि उत्पन्न भएको िहंसालाई दबाउन प्रशाषनलाई धौ धौ परेको थियो । यस्ता घटनाहरुका जिम्मेवारी खि्रष्टियन सँस्कार आफै हो किन कि कलहको बिउको रुपमा ठाँउ ठाँउमा खि्रष्टियन् सँस्कार पुर् यउने काम् आफैले गरेको हो । के अरुको चाही धर्म सँस्कार नै होईन हो उस्को सँस्कार उस्को लागी राम्रो छ अरुको सँस्कार अरुको लागी राम्रो नै हुन्छ । त्यसैले आफ्नो सँस्कार आफैले मात्र मान्दै आएको भए आज यसरी जता ततै धार्मिक िहंसा हरु हुने थिएन । उनि हरुको मात्र धर्म सँस्कार ठुलो र राम्रो भन्दै सानो तिनो अबिकसित धर्म हरुको सँस्कार खोस्ने नैतिक अधिकार छैन खि्रष्टियन सँस्कार लाई कानुनी रुपमा त आफुलाई खुला नै छाडेको छ । हो धर्मयुद्ध ले एक दुई ठाँउ होईन बिश्व भरिनै मानब जिबन्को मुल्या र मान्याता हराएको छ । यदि धर्म सम्बन्धी कानुन् बनेको भए यहाँ धर्ममा प्रतिस्पर्धा हुने थिएन । कसैको संस्कार संस्कृति खोसिएर आफ्नो ईतिहाँस र अष्तित्व अनि पहिचान त हराउने थिएन यसैको रिसमा एउटा धर्मले अर्को धर्मको खेदो गर्नु पर्ने स्थिति त आउने थिएन । आफ्नो जे छ त्यासैलाई सम्हाले पछि सबै धर्म समान हो भन्ने चेतना त आउने थियो मान्छेमा । तर कानुन् बनाउन चाहदैनन् पस्चिमा हरु उनि हरुलाई घाटा छैन कानुन नबनेर धेरै भन्दा धेरै नाफामा छन् । बिभिन्न देशका कुना काप्चामा चर्ज ठडिदै गए पछि बाईबल बाँडिदै गए पछि आफ्नो संस्कार संस्कृति लाई बचाउन चाहने सचेत जमात हरुबाट आवाज उठ्न थाल्ने छ समाजमा सबै नै त्यास्तो ब्याक्ति अबस्या हुदैनन् जस्ले आफ्नो संस्कार संस्कृति र आफ्नो जुगौंको पिता पुर्खा सँग जोडिएको पहिचान हरु खोसिदै र लुटिदै गएको चुप चाप हेरेर बस्न सक्दैनन् तिनि हरुले उनि हरुले त्यति बेला आफ्नो संस्कृति बचाऔं भन्ने अभियान थाल्न आबास्याक हुनेछ किन कि अरुको संस्कार भन्दा आफ्नै संस्कार चाहने हरुको पनि यहाँ कम्ति छैन यस बिचमा आफ्नै घर समाजमा पक्ष र बिपक्षको स्थिति आउदै धर्मयुद्धको सुरुवात हुनेछ त्यति बेला लड्ने भिड्ने आफु आफुमा हो अंग्रेज हरुलाई त्यस्ले केही घाटा लाग्दैन नत उनि हरुको खि्रष्टियन समाजमा असर पर्नेछ जति लड्नु भिड्नु अशान्तिको मार खेप्नु त उहि पस्चिमा हरुको लहै लहैमा लागेर आफ्नो अष्तित्व मेटाउदै शहर अनि गाँउ सबैतिर धर्म प्रचार र धर्म परिबर्तनको ढ्वाङ फुक्ने मुर्ख सँगै त्यास देशको नागरिकले बेहार्नु पर्नेछ । उनि हरु जहिले पनि सुरक्षित रहने छन् यसैले धर्ममा कानुन् बनाउन चाहँदैनन् अंग्रेज हरु ।
धर्म प्रचार र परिबर्तन् उचित होईन भन्ने कुरामा त्यासो त हाम्रो नेपाली भुमिमा जन्मनु भएका भगवान् बुद्धले पनि त धर्म प्रचार गरेर बुद्धको जन्मभुमि नेपाल भनेर चिनाउनु भएको हो बिश्मा भन्ने सबाल ले हामिलाई अल्मलाएको हुन सक्छ । के बुद्धले गरेको धर्मप्रचार गलत हो त होईन गलत थिएन किन कि त्यो युग नै धर्मयुग थियो । मानब बिकाशको क्रममा ढुङगे युगको अन्त्या पछि धर्मयुगको सुरुवात भयो निकै पछिल्लो समय सम्ममा मान्छेमा चेतना पुरा रुपमा बिकास भएको थियो तर यति बेलाको जस्तो शिक्षाको चेतना सम्भब नै थिएन मानब हरु भित्र धेरै बिसगंती हरु देखिन थाले तर त्यसलाई कसरी सम्हाल्ने त त्यासको उपाय हरु थिएन बिद्धन हरुको कमि त थियो नै त्याहि युगमा बुद्ध जस्ता महापुरुष हरुको जन्म भयो जुन् बेलाको अशिक्षित समाजमा लुट्ने चोर्ने बलात्कार जस्ता घटनाहरु नराम्रो भन्ने बुझेर पनि उपाय केहि नपाएका मानब समाज लाई सहि रुपमा चलाउन बुद्ध भगवान्का बिभिन्न नियम हरु एकदमै सहि देखिए त्यासैले बुद्ध जहाँ जहाँ जानु भयो त्याँहाको समाजलाई सहि मार्गमा हिडाउन सफल पनि हुनु भयो हो त्याही धर्मयुगमा बिकाश भएका हुन धर्म हरु ढिलो चाँडो । त्यतिखेर को मानब समाजलाई अनुशाषित र मर्यादित बनाउन आजको जस्तो संबिधान र कानुन् थिएन त्यासैले निस्चित क्षेत्र र सिमालाई तोकेर वा बंश लाई तोकेर बनाईएको निति नियम नै आजको बिकषित धर्म हो । र त्यो त्याति बेला आवास्याक पनि थियो ।

तर आज धर्मयुगको अन्त्या भएर पनि बिज्ञान्को युग एकाईसौं शताब्दि पुगि सकेको छ । शिक्षको बिकाश सँग सँगै समाज लाई अनुसाषित बनाउन संबिधान र कानुन्को बिकाश भएको पनि जुगौं नै भई सकेको छ । यसै क्रममा बिकाशको प्रतिस्पर्धामा कैयौं होड बाजी चल्छ यहाँ बिश्व लाई चुनौति दिने देश हरु सिर्जना भएका छन यहाँ उनि हरुको चलाखी र दिमागले बिश्वलाई बिकाशको गति दिएका अंग्रेज हरु सधै भरि आफ्नै हैकम चाहन्छन् सिङगो पृथ्बिमा त्यासको एउटा यात्रा हो उनिहरुको खि्रष्टियन संस्कार लाई बिश्वमा फैलाउनु अरुको सँस्कार लाई अन्त्या गर्दै आफ्नो सँस्कार को स्थापना पनि हुने र िहंसा मा फसाएर माथि उकास्न नदिनु अनि हर कुरा आफ्नै हात बाट थापेर खाने बनाउनु उनिहरुको उदेस्या हो । उनि हरुको राजनितिक पाटोले पनि स्पस्ट यहि देखाउछ । मस्जिद मन्दिर गुम्बा धाउने हरुलाई बिश्व शान्तिको कामना गर्दै चर्ज छिर्न लाउने अंग्रेज हरुले सबै तिर अशान्ति आफैले गरेका छन् । संगठित र आफ्नो सँस्कार प्रति कटिबद्ध मुस्लिम हरुलाई आफुमा मिलाउन निकै कठिन् छ त्यासैले प्रमुख सत्रु ठान्ने अंग्रेज हरुले आखिर मुस्लिम भित्र पनि फुट र कलहको बिउ हरु रोप्न सफल भईरहेको देखिन्छ । ईराकमा मुस्लिम हरु माथि बम र बारुदको धुवाँ सँगै त्याहाँको जनता माथि गरेको अमानबियता लाई बिरोध गर्ने सामथ्र्य कसैले राखेनन् बिश्वमा अफगानिस्तान तालीबान पाकिस्तान जहाँ मानबियता माथिनै प्रश्न उठ्ने कलंक िहंसा फैलाउन अघि सरेको अमेरिकालाई रोक्ने आँट कस्को हतियार बनाएर बेच्नको लागी बिश्वमा झगडा र लडाई फैलाउने गरिब राष्ट्र हरुलाई हतियार बेच्ने हतियार किन्ने रिण पनि आफैं दिने हो यो कुरा बुझेर पनि बिश्व का गरिब राष्ट्र हरु बाध्या छन् अमेरिका को पछि लाग्न ।
यस्तै यस्तै परिचय बोकेको अंग्रेज हरुको खि्रष्टिय सँस्कार आज नेपालको कुना काप्चा सम्म फैलिने क्रम तिब्र रुपमा जारी छ हामि नेपाली ले बुझ्नु पने अबस्था छ उस्को सँस्कार यसरी हाम्रो देशमा फैलाउनुको उदेश्या के हो त हामि सबै नेपाली ले ईजरायल जेरुसेलमको भजन गाउन थलियो भने यहाँको हाम्रो सम्पती बिश्व भरि महत्व का साथ मानिएको हाम्रो भुमिमा जन्मनु भएका हामी नेपालीको गौरबता भगवान् बुद्ध र लुम्बिनीको चर्चा कस्ले गरिदिने बिश्मा छरिएर रहेको बौद्ध मार्गी हरुले त बुद्ध र लुम्बिनीको अष्तित्व खोजी रहने छन् जुगौं पछि सम्म पनिजसरी जेरुसेलमको महत्व खि्रष्टियन हरुले राख्ने गर्छन । तर आफ्नो त्यतिका महत्व बोकेको हाम्रो नेपाली सम्पतिको महत्व दिन नसक्ने नेपाली हरुलाई साँच्चै लाज लाग्नु पर्छ । गुम्बा चैत्या मस्जिद र मन्दिरको देश भनेर बिश्वमा चिनिएको नेपालको चर्चा कस्ले गर्ने कि नयाँ नामाकरण गर्ने चर्ज नै चर्जको देश भनेर के सहमत होलान् सिङगो नेपाली यहाँ मन्दिर चैत्या गुम्बा मस्जिदलाई बिसर्िएर चर्ज को मात्र भक्तिगान गाउन हो यही सवालमा पक्ष र बिपक्ष हुदै यहाँ धार्मिक िहंसाको सुरुवात को दिन निकै नजिकिदै छ नेपालमा । धर्म प्रचार मा प्रयोग गरिने घुमाउरो अनि नरम शब्द यो ू हामिले हाम्रो धर्ममा आउनुस भनेर भन्दैनौं ईच्छा छ भने आउनुसू हो यहि शब्दले आफुलाई बचाई-बचाई नेपाल भरी पस्चिमा सँस्कार फैलाउन सफल नेपाली नागरिक हरु हो कृपया पछिको पुष्तालाई सोचौं यसले हामि कसैको भलो गर्ने छैन न त हाम्रो देश नेपाल लाई न त हामिलाई नै । हो हाम्रो सँस्कार हरुको स्पस्ट पहिचान हरुको अभाब छ शिक्षाको कमि आफ्नो सँस्कार प्रतिको अज्ञानता गरिबी यसैको फाईदा लुट्न सफल छ अंग्रेज हरुको खि्रष्टियन सँस्कार ले नेपालमा ।
यहिको प्रतिकृया हो एजम्सन चर्जमा बम बिस्फोट । यो बम बिस्फोटको नैतिक जिम्मेवारी कस्ले लिने त गाँउ गाँउमा ईच्छा छ भने आउनुस भन्दै चर्ज खडा गर्दै हिड्ने खि्रष्टियन सँस्कारले लिने की निहु चाहि खोज्दैनौं भन्दै धक्का दिन आउने कर चाँही गदैनौं भन्दै नेपाली सँस्कार सँस्कृतिको अष्तित्व मेट्दै आफ्नो अष्तित्व खडा गरेर चुप चाप निहु खोज्ने माथि रिस पोख्ने ले लिने
हो यहाँ एकाथरि आफ्नो धर्म सँस्कार को प्रचार प्रसार गर्दै आफ्नो अष्तित्व फैलाउदै जाने र अर्का थरि आफ्नो अष्तित्व मेटिएका र मिचिएकोमा बचाओ गर्न खोज्ने बिच खुलम खुला लडाई र झगडा िहंसा गर्न छुट दिईएको छ कानुनले यहाँ समाज र राष्ट्रमा अनि बिश्वमा अराजक िहंसा झगडाको बिउ रोप्न र धर्मको नाममा निहु खोज्न छुट दिएको छ बिश्व कानुन्ले अंग्रेज हरुको रवाफमा बिश्व कानुन्मा त यो तत्काल सम्भब को आसा नगरे हुन्छ तर अब नेपाल जस्तो राष्ट्रले चाही यस कुरामा भाबि सम्भाबित खतरालाई बुझेर सरकारी स्तर बाट नै पहल हुन जरुरी छ । नत्र यस कुराले भबिस्यामा अत्यान्तै बिकराल रुप लिने छ । धर्म प्रचार र परिबर्तनलाई अराजक भन्न उचित छ जसले समाज र राष्ट्रको शान्ति सुरक्षामा निकै ठुलो असर गर्छ । आजको युगमा कुनै पनि कुरामा कानुनि प्रकिृया हुनु र बनाउन जरुरी छ । धार्मिक स्वतन्त्रताको नाममा यसरी अगाडी बड्न पक्कै राम्रो होईन र कानुन्ले पनि छाडा छोड्न उचित पक्कै छैन । आज नेपालमा मुस्लिम धर्मको पनि प्रचार कता कता सुरु भएको छ । खाडि राष्ट्रहरुमा काम गर्न आउने नेपाली हरुको मुस्लिम बन्ने लहर चलेको छ तिनि हरुले पनि ू कर चाँही गर्दैनौ ईच्छा छ भने आउनुस ू भन्ने उहि नरम र घुमाउरो बोलीको प्रयोग सँगै आफ्नो सँगठन लाई मज्बुत बनाउने क्रम सुरु भएको अबस्था छ ।
हो पक्कै पनि नेपालको लागी अत्यान्तै घातक हुने छ धर्म परिबर्तन र प्रचार छिटै भबिस्यामा । अब नेपाल सरकारले निर्णय गर्ने बेला आएको छ यस कुरामा यसरी नै मनपरि तन्त्र छाड्ने की उचित कानुन् बेलैमा बनाएर नेपालको शान्ति सुरक्षालाई मज्बुत पार्ने हो यस कुरालाई सम्हाल्नु नेपाल जस्तो कम्जोर राष्ट्रलाई निकै गार् हो पर्नेछ । त्यासैले काम बिगि्रए पछि आयोग हरुको गठन् गर्नु भन्दा पहिलानै सम्हाल्नु बेश हुन्छ ।
जयनेपाल
भगवान्ले हामि नेपाली हरुलाई सतबुद्धि दिउन् ।
अरु देश हरु जस्तै नेपाल पनि एउटा देश हो ।
अरु सँस्कार जस्तै हाम्रो पनि नेपाली सँस्कार हो ।
आफ्नै देश प्रति गद्धारी गर्नु र आफ्नै सँस्कार को खिल्लि उडाउनु उस्ता उस्तै हुन ।
बुधवार, 20 जनवरी 2010
अमेरिकामा साकेला उधौंलीको समापन संगै- ज्येष्ठ नागरिकको सम्मान
मुक्ति नारायण राई - किरात राई हरुको संस्था युनाईटेड किरात राई अर्गनैजेसन अफ अमेरिकाले न्यू ह्याम्पशायर राज्यमा हालै धूमधामले साकेला गरी किरात राई हरुको महान चाड उधौंली संपन्न गरेका छन। उक्त अवसरमा संभवत: राई हरुको ज्येष्ठ नागरिक ११० बर्सको काशी राम राईलाइ सम्मान गरिएको थियो।
अर्गनैजेसनका सभापति शिब कुमार राईले नव बर्स २०१० र किरात येले संवत ५०७० को उपलक्षमा सम्पूर्ण नेपालीहरुलाई शुभकामना ब्यक्त गर्नु हुँदै पुर्खा काशी राम राई जीवित भगवानको रूपमा हुनु हुन्छ भन्ने कुरा ब्यक्त गर्नु भयो। पूर्वी ३ न ओखलढुंगा चौराशमा जन्म भई भूटानमा बसोबाश गरी हालै अमेरिका आउनु भएका कांशीराम राईले बिभिन्न महानुभाव हरुलाई प्रमाण पत्र र आशीर्वाद दिनु भएको थियो । अर्गनैजेसनका बोर्ड मेम्बर धौल बीर राई ,न्यू इंलैंड लोकल चाप्टर का सभापति श्याम कुमारी राईले आफ्नो मन्तब्य ब्यक्त गर्दै आमंत्रित तथा हल उपलब्ध गराउने स्थानीय यूनीटारिएयन युनिभर्सल चर्चलाइ धन्यवाद ज्ञापन गर्नु भएको थियो। बिभिन्न कलाकार हरुले नृत्य,प्रहसन गीत प्रस्तुत गरी कार्यक्रम लाई रोचक बनाइएको थियो,भने प्रबीना राई ,दर्पण किरात ,बिबेक राई र अक्षता राई लगाएतका ले साकेला नृत्य प्रस्तुत गरेर कार्यक्रमको समापन गर्नु भएको थियो।
मुक्ति नारायण राई --न्युह्याम्प्शाएर बाट

रविवार, 10 जनवरी 2010
नेपालमा लिम्बू जाती र ईतिहास
ऐत राज तुम्रोक
लिम्बुवान त्यसै उत्पति भएको वा कसैले राखिदिएको कुनै जाति वा समुदायको नाम होइन । यो त किरात सभ्यतामा किरातभूमिको राजनैतिक क्रान्तिले जन्माएको नाम हो । आजको लिम्बुवान भूमिलाई लिम्बुवान भन्नुभन्दा पहिले फेदाप भनिन्थ्यो । सिमाङ्गढबाट लुक्थोयोको नेतृत्वमा पूर्व बिजुगखोला आउने सौमर किरात वंशमध्ये भाइफुट्टा (वर्तमान लिम्बु वंशका एक शाखा) वंशीले अरुणखोला तरी फेदाप पहाडका जंगल उजाड गरी बसे । यस वंशका राजालाई भाइफुट्टाहाङ भन्थे । यिनको दरबारमा च्याम्जोलो नामक एक ज्ञानी मन्त्री थिए । यिनै मन्त्रीको सहायताले भाइफुट्टाहाङले फेदाप वरिपरिका गाउँहरु वालुङ, तम्बर, मेवा, मैवा, छथर, पान्थर र चौबीसमाथि आफ्नो अधिकार जमाए । विस्तारै उनले अरुणपश्चिमका किराती गाउँले राजाहरुलाई आफ्नो पकडमा राखेर
शासन चलाए । भाइफुट्टाहाङको नौ पुस्तापछि यो वंशमा जिते नामक एक राजा भए । यी राजाका पर्वते नामक एक वीर पुत्र भए । त्यसबेलाका पहाडी खण्डका वीरहरुमा यिनी र्सवश्रेष्ठ थिए । पर्वते राजाका छोरा मलयकेतु राजाका पाँच पुस्तापछि फेदापमा साम्युकहाङ राजा भए । यी राजाले आफ्नो रैयतहरुलाई अत्याचार गर्दा मधेशबाट फिरेका किरातीहरुले विद्रोह गरे । तिब्बतबाट आएका लाशावंशी किरातहरुले पनि जोरतोडले मधेशी किरातहरुलाई मद्दत दिए। साम्युकहाङ विद्रोहमा मारिए । र, फेदापमा भाइफुट्टाहाङ वंशी राजाहरुको अन्त भयो र इशाको ३०० वर्षछि फेदापमा वाजदेव नामक राजा भए । उनले लिबाङमा राजधानी बनाई शासन गरे । यो राजापछि त्यहाँ १२ राजाहरुको क्रम प्रारम्भ भयो ।
यसरी नै इशाको सातौं शताब्दीतिर आइपुग्दा आठ आपुङगी राजाहरुले फेदापलाई विभिन्न आठ प्रान्तमा विभाजन गरी राज्य गरे । ताइश्यान वंशीहरु जो नाम्मावबाट उत्तरपश्चिम दिशा लागी बर्साई आउँथे, तिनीहरुले आफ्नो किपट पातकोई पहाड र चिन्डविन नदीको बीचमा खामति भन्ने जग्गामा बनाए । त्यहाँ तिनीहरुले धेरै पुस्तासम्म राज्य गरी बसे । इशाको छैटौं शताब्दीपछि यही खामति भन्ने जग्गाबाट दश चिनियाँ सरदारहरुले आफ्नो शाखा-सन्तान उर्ठाई पातकोई पहाडतर्फलागी आसाम बर्साईं आए । तर, यो जग्गा अघि आउने वंशद्वारा आवाद भइसकेको हुनाले अझ पश्चिम बढेर काशी (वनारस)को मैदानमा आई बसे । हिन्दूस्थानमा आई बस्ने मंगोली, शक् कुशान, ग्रीक राजाहरु राजनैतिक कारण हिन्दू भई राजपूत वंशमा गाभिएका थिए । राजपूत राजाहरुले हिन्दू मतमा नआउने हुण जातिलाई देशबाट निकालेका थिए । यसो हुँदा तिनीहरुलाई काशी छोड्नु कर लाग्यो । यिनीहरु उत्तरपूर्वका पहाडी खण्डमा बसाईं आए । ती दश सरदारका साथमा तीन वर्गका पुरोहितहरु पनि थिए ।
जब यी दश सरदारहरु आसाममा आए, त्यहाँको भूमि आफ्नै वंशहरुले ओगटेको पाए । यसकारण तिनीहरु लगातार पश्चिम तराई भूमिमा आए । त्यहाँबाट अझ पूर्व नेपालको पहाडी भूमिमा आए । तर, त्यो स्थान किरात आठ प्रमुख (राजा) हरुको अधिकारमा थियो । उनीहरुले ती आठ किरात प्रमुख सन्ततिको सार्वभौमिकतामा बसोबास गर्ने अनुमति माग गरे । आठ राजाले पनि मागबमोजिम उनीहरुलाई आ-आफ्ना राज्यमा बस्न दिए ।
फेदापमा आफ्नै पाराले शासन गरिरहेका आठ प्रमुख (राजा)हरुले शानमोकवानी दश सरदारहरुलाई आफ्नो सार्वभौमिकतामा बस्न दिएपछि लिम्बुवानको अर्को इतिहास सुरु भयो । ती आठ सरदारका संख्यामा तीब्र बृद्धि हुन थाल्यो । अन्तमा, यिनीहरु अर्कै एक नयाँ जाति भए, र यिनीहरुले आफूलाई याक्थुङ बंश भन्न थाले । जे भएपनि, ती सरदारहरुका सन्तान आठ राजाहरुमै गनिन्थे । तर, यो नौलो रैयतहरुका सन्तान औधी बढेको देखी ती आठ राजाहरुका मनमा राजनैतिक विद्रोहको शंका उत्पन्न हुन थाल्यो । यिनीहरुको जनसंख्या बढेपछि अदलमा राख्न कठीन पर्छ भन्ने शंकाले ती आठ राजाहरुले सल्लाह गरी यी नौला रैयतहरुलाई हरेक तवरले दबाएर राख्ने उपाय गरे । पहिलो जमिनमा तिरो बर्ढाई दिए । दोश्रो, निष्ठुर ऐन लागू गरे । तेस्रो, तिनीहरुसित दासझैं व्यवहार गरे । यस्तो अन्याय सहन नसकी यी दश सरदारहरुका रैयतहरुले पनि मतो गर्न थाले ।
अब, तिनीहरुले पान्थरको आम्बेपोजो-मा कामकेत लाङ्मा र सुमहेत्लुङ्मा भन्ने (फेदेन गढी) स्थानमा सभाको आयोजना गरे । सो भेलामा गम्भीर छलफलपछि सामन्ती शासनको विरुद्धमा विद्रोह गर्ने निर्णय गरे । तिनीहरु संगठित भई तीनवटा आँपको विरुवा रोपी पूजा गर्दै पवित्र पानी सिञ्चन गरेपछि प्रत्येक योद्धाले कसम खाए, सपथ लिए कि म युद्धमा विजय हासिल गर्नेछु वा मर्नेछु, युद्ध भूमिबाट तबसम्म घरमा फिर्ने छैन जबसम्म यो देशबाट ती सामन्ती राजाहरुलाई धपाउने छैन । कतै युद्धभूमि छाडी भागेमा तुरुन्त मृत्यु होस् भन्दै प्रत्येक ब्यक्तिले त्यो पवित्र स्थलमा सपथ ग्रहण गरे । अन्त्यमा, आफ्नै निर्णय र वाचा अनुसार नै कतिलाई मारे त कतिलाई देशबाहिर भगाए । यसरी, ती शानमोकवानी जनताले त्यो देशलाई तिनीहरु आफ्नैजस्तो गरी जफत गरे । यसपछि, फेरि तिनीहरुले त्यही आम्बेपोजो-मा भन्ने ठाउँमै ठूलो सभा गरे । आठ राजा मासिए । अब यो मुलुकको राजानेता को हुने? मुलुकको नाउँ के राख्ने भन्ने विषयमा व्यापक छलफल भयो । सभामा र्सवप्रथम, • त्यो देशलाई धनुवाणको सहायताले जितेको हुनाले त्यसको नाउँ लिम्बुवान (लि- धनु, आबु-हान्ने, वान्- नाउँ लाउनु, अर्थात् लिम्बु भाषामा धनुवाणले जितिएको देश लिम्बुवान) राखे । • दोस्रो निर्णयानुसार, त्यो देश दश सरदारले मिली जितेको हुनाले बराबर दश मागमा विभक्त गरी शासन गर्नु पर्छ भन्ने राय बसाए । • तेस्रो, यो दश प्रदेश लिम्वुवानका बासिन्दाहरुलाई त्यसउप्रान्त दश लिम्बुका वंश हौं भनी सम्बोधन गर्नुपर्छ भन्ने ठहर्याए । • चौंथो, देशको साँध सीमाना लगाउनु पर्छ भन्ने निश्चय गरे, र लिम्बुवानको सीमाना उत्तरमा तिब्बत, दक्षिणमा मधेश, पूर्वमा मेची खोला र पश्चिममा अरुण नदी निर्धारण गरे ।
साथै, आ-आफ्ना राज्यमा शासन गर्न ४४ बुँदे राजनैतिक थिति संविधान, छ बुँदे धार्मिक नीति, १० बुँदे कृषि ऐन, र ४ बुँदे सामाजिक थितिसमेत तयार गरे । यी सबैलाई दश लिम्बुवानको थिति मानिन्छ ।
शाह र राणाका लिम्बुवानमा आक्रमणहरु
वि.सं. १८२९ को साउन महिनामा गोरखाका राजा पुथ्बीनारायण शाहले किरात राज्यहरुको विरुद्ध आक्रमण गर्ने योजना बनाए । वि.सं. १८३०मा गोर्खाली सेनाले लिम्बुवानमाथि खूनी हमला गर्यो । यस युद्धमा मेवाखोलाका शिया, आक्पा र मुकुम्बाहरुको ज्यान गयो । वि. सं. १८३१ बैसाक २५ गते गोर्खाली सेना रघु राना र लिम्बु सेनापति काङसोरेबीच मल्ल युद्ध भयो । वीरताका साथ लडिरहेको काङसोरेको षडयन्त्रपूर्वक हत्या भयो । वि. सं.१८३१ साउन २२ गते गोर्खाली सेना र लिम्बुबीचमा ऐतिहासिक सन्धि भयो । वि.सं.१८३३ मा विजयपुरे राजा बुद्धिकर्णको हत्या भयो । वि.सं.१८३७ मा नेपाल र अंग्रेजबीचको सुगौली सन्धि भयो । यसपछि लिम्बु तथा लेप्चा बसी आएको भू-भाग तीन भागमा विभाजित भई सिक्किम, लिम्बुवान र दार्जिलिङ भयो । वि.सं.१८४३ सालमा, रणबहादुर शाहको पालादेखि लिम्बुवान राज्यमा तिरो लगाइयो । चन्द्रसमशेरको पालामा लिम्बुहरुको मुन्धुम र धर्मग्रन्थहरु चैनपुरमा लगेर जलाइयो । वि.सं. १९०१ मा जंगबहादुर राणाले लिम्बुहरुको सम्पूर्ण राजकीय अधिकार खोसेर लिम्बुवान राष्ट्रलाई पल्लो किरात र राजा उपाधिलाई सुब्बा लेख्ने सनद जाहेर गरेर लिम्बु राजनेताहरुलाई आफ्नो कर्मचारीसरह बनाए ।
वि.सं.१९५२ को माघ महिनामा ताप्लेजुङ हाङपाङका बाजहाङ आङबुहाङलाई राणा शासनको विरोध गरेकोमा फुङलिङ बजार नजिक पात्लेको रुखमा झुण्ड्याएर मारियो । वि.सं. २०१७ साल पुस १ गतेको फौजी कारवाहीले लिम्बुवानको ऐतिहासिक सीमालाई तहसनहस गरी कोशी र मेची अञ्चलका पहाडी जिल्लाहरु इलाम, पान्थर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा र धनकुटामा विभाजन गरियो । यिनै क्षेत्रहरुलाई योभन्दा पहिले पल्लो किरात लिम्बुवान भनिन्थ्यो । वि.सं. २०२१ सालमा लिम्बुहरुको पूर्ण अधिकार भएको किपट व्यवस्थामाथि भूमिसुधार ऐन लागू गरियो । पछि सरकारले नापी गरी मालपोत लागू गरेपछि किपटको अस्तित्व सकियो ।
विगतमा लिम्बूवानको अस्तित्व
तत्कालिन श्री ५ महेन्द्रबाट २०२१ सालमा ल्याइएको भूमिसुधार ऐनबाट पूर्णरुपमा लिम्बुवानको किपट प्रथा उन्मुलन गरी लिम्बुवानसँगको सन्धि उल्लंघन गरिएको छ । र, एक जाति, एक भाषा, एक धर्म, एक भेष, एक राज्यको नीतिअनुरुप लिम्बु भाषा, धर्म, संस्कृति, साहित्यप्रति घोर अन्याय गरियो । सोही अवधिमा किरात धर्म तथा साहित्य उत्थान संघ २०३६ सालमा स्थापना भई झिनोरुपमा भाषा, धर्म, साहित्यको कार्य सुरुवात भयो । राज्यले एकाधरुपमा राज्य संयन्त्रमा लिम्बु जातिको प्रतिनिधित्व गराएपनि लिम्बु जातिको पक्षमा कार्य गर्ने वातावरण उपलब्ध गराइएको छैन । २०४६ सालमा प्रजातन्त्रको पुनःस्थापनापश्चात् संविधानमा व्याख्या गरिएको बहुजाति, बहुभाषी, बुहसांस्कृतिक नेपालमा सबै जातजातिको भाषा, धर्म, संस्कृतिको विकास कायमै राखी राष्ट्रिय एकतालाई अझ बलियो बनाउने अवसर प्रदान भयो ।
मानव समाज वर्गीय र लैंगिक आधारमा मात्र नभई सांस्कृतिकरुपमा पनि विभाजित छ । नेपाली समाज ब्राम्हण, क्षेत्री, राई, लिम्बु, मगर, गुरुङ आदि जातीय आधारमा सांस्कृतिकरुपले बेगल पहिचान राख्दछ । सोहीअनुरुप आज लिम्बु युवा तथा विद्यार्थीहरु मानव समाजभित्र आफ्नो अस्तित्व र पहिचानको निमित्त संघर्षरत छन् । यद्यपि, नेपाल अधिराज्य मात्र भएको, तर राष्ट्र हुन नसकेको अवस्था छ । सदियौंको गौरवान्वित इतिहास बोक्ने लिम्बु जातिले आफ्नै भूमिमा दोस्रो दर्जाका नागरिकको व्यवहार झेल्नुपर्ने अवस्था छ । युवाहरु व्यावहारिक र वैज्ञानिक शिक्षा लिएर पनि राष्ट्र विकास, एकता कायम गर्नबाट बञ्चित भई लाहुर, मुग्लान र अरबजस्ता ठाउँहरुमा परदेशिनु पर्ने बाध्यता छ । फलतः सांस्कृतिक पहिचानको फैलावट र विकासको साटो सांस्कृतिक विकृति बढ्नुको साथै पश्चिमीकरणले व्यापकता पाएको छ । राज्यको विभेदकारी नीतिका कारण सरकारी र प्रशासन सेवामा लिम्बुहरुको उपस्थिति शुन्य छ । सरकारी कामकाजको भाषा केवल खस नेपाली भाषा मात्र राज्यले परिभाषित गरेको र राज्यले पूर्णतः मौलिक याक्थुङ भाषा बोल्न नसक्ने अवस्थामा पुर्याएको छ । लिम्बु युवाहरुलाई विदेशी सेवामा कार्य गर्ने वातावरण बनाई आर्थिकरुपमा पराधीन तुल्याइएको र लिम्बु समाज विशेषतः कृषि र पशुपालनमा निर्भर भएकोले उनीहरुको जीवनस्तर उकास्न राज्यले वैज्ञानिक कृषि प्रणाली र कार्यक्रम अगाडि नल्याउनुले लिम्बुहरुप्रति राज्यको आर्थिक विभेद नीति रहेको बुझिन्छ ।
सुरुदेखि मुन्धुम निर्देशित किरात धर्म मान्ने आदिवासी किराती लिम्बुहरुलाई पूर्णतः बेवास्ता गरी नेपाल केवल हिन्दूहरुको राज्य भनि संविधानतः हिन्दू अधिराज्य भनेर व्याख्या गरेकोले पनि दोस्रो दर्जाको धर्मावलम्बी भन्ने बुझिन्छ । मृत प्रायः संस्कृत भाषा जो कसैले पनि बोल्दैन अथवा अत्यन्त अव्यावहारिक भाषाका नाममा वर्षोनी करोडौं रुपैयाँ राज्यकोष खर्च गरिनु, तर आफ्नै श्रोत साधनमा प्राथमिक तहको लागि तय गरिएको याक्थुङ भाषाको आनिपान पुस्तक नकामको भनि ताप्लेजुङ जिल्ला शिक्षा कार्यालयले जलाउनुजस्ता आपत्तिजनक राज्यको व्यवहार स्पष्ट छ । लिम्बु मातृभाषीहरु नेपालमा मात्र सन् २००१ को गणनाअनुसार तीन लाख ३३ हजार छ सय ३३ जना रहेका छन् । राज्यको व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकाजस्ता संवैधानिक निकाय, निजामति र प्रशासनिक क्षेत्रका निर्णायक तहमा लिम्बु जातिको शुन्य उपस्थितिले राज्यमा शुन्यको हिस्सा पाएको स्पष्ट छ । आज लिम्बु युवा दृष्टिकोणमा भविष्य नेपालमा नदेख्नु र विदेश पलायनको मनस्थितिले पनि नेपाल आफ्नो राष्ट्र भएको महसुस गर्न नसक्नु हो, फलतः नेपाल केवल राज्य मात्र भएको तर व्यवहारिकरुपमा राष्ट्र हुन नसक्नु हो ।
यसरी, जातीय संस्कृतिहरुप्रति राज्यको बेवास्ता र विभेदित नीतिले गर्दा मौलिक पहिचान र चिनारीको संस्कृति संकटमा परेको र पश्चिमीकरणले व्यापकता पाउन सजिलो भएको छ ।
वास्तवमा मौलिक पहिचान र अस्तित्वको विकाससँगै समाज र राष्ट्र समृद्ध बनेको हुन्छ । एकल जातिको राज्य र विकासले सामाजिक द्वन्द्व बढाउँछ । आजको विद्यमान द्वन्द्व शदियौंदेखि नेपाली समाजलाई गरिएको व्यवहारको परिणाम हो । अतः यहाँका हरेक व्यक्ति, समाज, वर्ग, लिंग, जातजाति, सम्प्रदाय, धर्म, भाषा र संस्कृतिले फल्नु, फुल्नु पर्दछ । यसबाट सिंगो नेपाल सम्भ्रान्त बन्दछ, जसको निम्ति समावेशी समाजको निर्माण हुनु पर्दछ । यसको संरचनाबारे स्पष्ट किटान हुनुपर्दछ । हालसम्म गरिएको व्याख्याले एकलाई चोट पुर्याएको छ भने अर्कोलाई खुशी बनाएको छ । तर्सथ, राज्यको व्याख्या सच्याएर सबैलाई समानरुपले सम्मान गरी पुनर्व्याख्या र पुनर्लेखन गर्नुपर्दछ । पुनर्व्याख्यामा सबै जाति, वर्ग, लिंग समावेश हुनुपर्दछ र पुनर्संरचना गर्नुपर्दछ । यसबाट लिम्बु जातिको मौलिक पहिचान गराउने भाषा, धर्म, संस्कृतिको विकास, पुनरुत्थान हुनेछ ।
लिम्बूवानमा लिम्बू जातिको योगदान
बेगल मौलिक पहिचान र चिनारी भएको लिम्बु आदिवासी किराती जाति हो । मौलिक भाषा, धर्म, संस्कृति, रीतिरिवाज, साहित्य, लिपि र भेषभूषा भएका लिम्बुहरु नेपालको पल्लोकिरात वा अरुण पूर्वको पहाडी भू-भागमा बसोबास गर्दछन् । नेपालमा ३५ लाख नौ हजार तीन सय ८९ जनसंख्या भएको यो जाति भारत, बेलायत, हङकङ, ब्रुनाई, सिंगापुरलगायत विभिन्न ठाउँहरुमा छरिएर रहेका छन् । आफ्नै सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिकस्वरुप बोकेको यो जाति हाल अस्तित्व साथै हक अधिकारको लागि प्रयासरत छ । मुन्धुममा आधारित किरात धर्म मौलिक धर्म हो भने भाषा, लिपि, साहित्य र संस्कृति हाक्पारे, पालाम, ख्याली, मेरिङ साम्लो, तुम्याहाङ साम्लो, मिक्वा साम्लो, मेखिम साम्लो, केलाङ आदि चिनारीका माध्यमहरु हुन् । त्यस्तै, धार्मिक अनुष्ठान सम्पन्न गर्ने मुख्यतः फेदाङमा, साम्बा, येबा तथा सेवासाबाहरु हुने गर्दछन् ।
लिम्बु जातिले आफ्नो अस्तित्वको निमित्त ऐतिहासिक यात्रा तय गरेको पाइन्छ । मानवशास्त्री र इतिहासविद्हरुका अनुसार मानव एक चलायमान जाति हो । यिनीहरु एक ठाउँबाट अर्को ठाउँमा अस्तित्वको निमित्त संघर्ष गर्दै, घुमन्ते फिरन्ते अवस्था पार गर्दै, पशुपालन र कृषियुग हुँदै आधुनिक युगमा प्रवेश गरेका हुन् । यही क्रममा लिम्बुहरु चीनको युआन प्रान्तको शिचुवान प्रदेशमा बसोबास गर्ने शान मकवान जातिका थिए, र तिनै जातिका मानिसहरु थाइलैण्ड, भियतनाम हुँदै बर्माको उत्तरी भागमा बर्साईं सरे, जुन ठाउँलाई मङकवान भनिन्छ । बर्माको मेकङ नदी आसपासको उपत्यकामा विरोधीहरुसँगको भीषण युद्धमा धेरै जिउधनको नोक्सानी व्यहोरेपछि बाँकी दश जना युद्ध सरदारहरु आसामको कमरुप हुँदै आजको किरात प्रदेशमा बसोबास गर्न थालेका हुन् । तथापि, यिनीहरु चिनियाँ मूलका नभएर भोट-बर्मेली परिवारका सबैभन्दा पूराना जातिहरु हुन् । उनीहरु मंगोलियन नश्लका भएपनि चिनियाँ जातिसँग नजिकको सम्बन्ध छैन । इण्डो-मंगोलोइड नश्लका किरातीहरुको आगमन नेपालमा उत्तर तथा उत्तर-पूर्वी दिशाबाट भएको र अन्य जनजाति वा सम्प्रदायभन्दा पहिले आएका थिए । किरातीहरुले पश्चिममा काठमाण्डौ उपत्यकासम्म आर्थिक, सामाजिक गतिविधिहरु सञ्चालन गरेका थिए । विशेषतः पूर्वी पहाडी इलाकाहरु तामाकोशी, अरुणकोशी, तमोर उपत्यकाहरुमा भस्मे फाँडी मलिलो जग्गाहरुमा खेतीपाती गर्थे । अन्नपातका बीउविजन, भैसी, सुँगुर र अन्य जनावरहरु घरेलुकरण गर्दै कृषियुगमा प्रवेश गरेका थिए । काठमाण्डौको गोकर्ण केन्द्र बनाई उपत्यकाभित्र पनि खेतीपाती गरेका थिए । यही समयमा काठमाण्डौ उपत्यकामा खसहरु गाई, बाख्रा, भेडासहित घुमन्ते, फिरन्ते अवस्थामा मातातीर्थ केन्द्रित भइरहने गर्थे, जो इण्डो-आर्यन भाषा बोल्दथे । उपत्यकाभित्र किराती गोत्रका भोट बर्मेली भाषा बोल्नेहरु र खसहरुबीच सामाजिक सम्बन्ध सुमधुर थियो । खसहरु -गोपालवंशी पनि भनिन्छ)ले किरातीसँग खेतीपाती गर्न सिकेका थिए । यसरी, उपत्यकाभित्र दुबै जातिले खेतीपाती र जनावरहरु घरेलुकरण गरेकाले पहिलोपटक नयाँ किसिमको राजनीतिक, आर्थिक, सामाजिक व्यवस्था सुरुवात भएको हो ।
यहीक्रममा गोपाल वंशीअनुसार ३२ पुस्ता, कर्कपेट्रिक वंशावलीअनुसार २७ पुस्ता, डेनियल राइट वंशावलीअनुसार २९ पुस्ता, इतिहास प्रकाशनअनुसार २५ पुस्ता, प्रेमबहादर माबोहाङका अनुसार ३३ पुस्तासम्म किराती राजाहरुले काठमाण्डौ उपत्यकामा शासन गरेका थिए । बौद्ध दर्शनबाट किराती राजाहरु प्रभावित भएका थिए । सातौं किराती राजा जितेदास्तीको पालामा स्वयम्भु चैत्य र मञ्जुश्री चैत्यको दर्शन गर्न गौतम बुद्ध आई १३५० शिष्यहरु बनाएको भनिन्छ । किरात वंशलाई लिच्छवीहरुले धपाएपछि पूर्वतिर लागेका हुन् । यसरी पूर्व लाग्नेहरु राई, लिम्बु, याक्खा, धिमाल, मेचे, कोचे, सुनुवार आदि हुन् । त्यसताका काठमाण्डौ एउटै किरात प्रदेश थियो । वल्लोकिरात, माझकिरात, पल्लोकिरात भनि भू-भाग विभाजन गर्ने काम गोरखा राज्यको विस्तार क्रममा भएको पाइन्छ । किराती शब्द समूहवाचक वा राजकीय हो भने विभिन्न मूल्य, मान्यता, भौगोलिक, सांस्कृतिक स्थिति, भाषिकरुपले गर्दा खम्बु, लिम्बु, याक्खा, सुनुवार, जिरेल, सुरेल, मेचे, कोचे र धिमालको रुपमा विभाजित भएका हुन् । तर, धेरै सामाजिक मूल्य, मान्यतामा सामिप्यता रहेको छ । यसरी, अरुणपूर्व रहेका किरातीहरुमध्ये लिम्बु जातिहरुमा आफ्नो छुट्टै सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक संरचना रहन गएको हो । उनीहरुमा बौद्ध धर्मदर्शनले कुनै प्रभाव नपारेको पाइन्छ, किनकि आफ्नै मुन्धुम दर्शनबाट निर्देशित सामाजिक अवस्था र स्वायत्त कृषि प्रणाली हुनुको साथै आपुंगी राजनीतिक प्रणाली वा विभिन्न सरदारी प्रथा वा प्रणाली रहेको थियो । जसमध्ये विजयपुर गढी सबभन्दा शक्तिशालीरुपमा रहेको थियो । विभिन्न समयमा विभिन्न थुमका प्रमुखहरुलाई लालमोहर प्रदान गरेको पनि पाइन्छ । तमरखोला, माइखोला, मेवाखोला, याङरुप, आठराय, पान्थर, फेदाप, चारखाल, चौबीस, छथरजस्ता थुमहरुले विजयपुरमा सम्बन्ध राखी आफ्ना थुमहरुमा आपुंगी राज गरेको र सम्बन्धन प्राप्तिको लालमोहर लिने गरेको र लिम्बुवान संघीय प्रणालीअनुरुप सञ्चालन भएको पाइन्छ । लिम्बुवानमा धेरै समयसम्म उत्तरको भोट क्षेत्रबाट र पूर्वको सिक्किमबाट कयौंपटक आक्रमण भएको थियो, फलतः सामाजिक, आर्थिक, राजनीतिक अवस्था कमजोर हुन पुग्यो । भनिन्छ, भोटबाट आउने लामाहरुले किराती पुरुषहरुलाई खोजीखोजी मार्ने गर्दथे, र धेरै समयसम्म किराती नारीहरुले आफ्ना पुरुषहरुलाई लुकाएर बचाएका हुन् । लामाहरुको भेषमा डमरु र घण्टी बजाउँदै घरघर चहारेको भन्ने मत रहेको छ । त्यस्तै, सिक्किमका लाप्चाहरुले पनि धेरैपटक आक्रमण गरेको पाइन्छ । तथापि, समयसमयमा भोटसँग व्यापारिक र वैवाहिक सम्बन्धहरु भएका थिए । त्यसताका वस्तु विनिमय प्रणाली थियो । लिम्बुवानमा कपासबाट धागो बनाई लुगा बनाउने, प्रशस्त कृषि उत्पादन गर्ने र पशुपालनजस्ता मुख्य आर्थिक गतिविधिहरु हुन्थे ।
लिम्बुवानको सामाजिक व्यवस्था पूर्णतः मौलिक थियो । मुन्धुम मुख्य स्रोत वा अलिखित कानुनसरह थियो । यसलाई येत्हाङहरुले समयसमयमा परिभाषित गरेको अनुमान छ । येत्हाङहरु को थिए भन्ने प्रश्न रहेपनि सोधुङगेन लेप्मुहाङ, कान्देनहाङ, माबोहाङ, सिरीजंगाहाङ, मुहिगुम अङसीमाङ फाल्गुनन्द लिङ्देन आदि किरात दर्शनका मुख्य प्रवर्तकहरु हुन् । सामाजिक व्यवस्थापनका निमित्त गरिने सम्मान, पुरस्कार, दण्ड, सजाय, प्राकृतिक श्रोत साधनको व्यवस्थापन, थिति थाम्ने, नीति, नियम निर्माण गर्ने कार्य तुम्याहाङहरुको निर्णयमा आधारित हुन्थ्यो । यदि एक जना तुम्याहाङले अस्वीकार गरेमा निर्णय असम्भव हुन्थ्यो ।
इशाको एघारौं शताब्दीमा लिच्छवी राज्य टुक्रेर धेरै राज्यहरु बन्न थाले । चौधौं शताब्दीमा मल्लहरुले काठमाण्डौ कब्जा गरे । यहीबेला मल्ल राजा जयस्थिति मल्लले हिन्दू दर्शनबाट प्रभावित भई समाजलाई पेशागत आधारमा ब्राम्हण, क्षेत्री, वैश्य र शुद्र गरी चार जातमा विभाजन गरे । चौधौं शताब्दीमा भारतमार् इश्लाम धर्मको जेहादका कारण पहिलोपटक ब्राम्हण, ठकुरीहरु नेपालको पश्चिम कर्णाली इलाकाहरुमा खसहरुसँग शरण लिई लुक्न थाले । त्यस्तै, द्रव्य शाहको राज्य प्राप्तिसँगै गोरखा राज्यको स्थापना भयो, र काठमाण्डौ उपत्यकाको शासक भएपश्चात् चौबीसे बाइसे र किरात प्रदेशहरुको समेत महाराजा हुने चाहनाले क्रमशः मकवानपुर हुँदै बाइसे, चौबीसे, चौदण्डी, विजयपुर हात पारेपछि लिम्बुवान पनि हात पारे । कतिपय थुमहरुले सम्झौता गरे भने कयौंपटक लिम्बुवानसँग हार खानु पर्यो । यही क्रममा चैनपुरमा गोरखासँग भीषण लडाइँ भएको थियो ।
लिम्बुवानका सेनापति काङसोरे थिए भने गोरखातर्फा रघुवीर राणा थिए । रघुवीर राणा र काङसोरेबीच भएको लडाईंमा रघुवीर मारिए । अन्त्यमा, हारजीत नभएपछि सम्पूर्ण सेनाहरु बिनाहतियार उपस्थित भए । तर, तत्कालै गोरखा सेनाहरुले बालुवामा लुकाई राखेको तरवार झिकी काङसोरे मारियो । र, पुनः भीषण युद्ध भयो । यसरी, विभिन्न कारणवश वि.सं. १७७४ मा लिम्बुवान नेपालमा गाभियो । त्यसताका हिन्दूकरण नमानी आफ्नै येत्हाङ थितिमा चल्ने आधारमा किपट प्रणालीअन्तर्गत सम्झौता भएको थियो । जसमा लिम्बुवान भूमिमाथि लिम्बु जातिको मात्र अधिकार रहेको थियो । उनीहरुले दक्षिणपूर्वी र पूर्वी भागबाट हुने आक्रमणको प्रतिरोध गर्नुपर्ने शर्तमा लिम्बुवान गाभिएको थियो । न्यूनरुपमा कर शाहवंशी राजालाई बुझाउनु पर्दथ्यो । तत्पश्चात् लिम्बुवानमा पहिलोपटक बाहुन, क्षेत्री, मगर, गुरुङहरु चौबीसे, गोरखा, मकवानपुरबाट बसाईं सरे, र नयाँ सामाजिक संरचना सुरुवात भयो । विभिन्न प्रलोभनहरु देखाई लिम्बुवान समाजलाई टुक्राउने क्रम जारी रह्यो, लिम्बुवानमा सुब्बा नियुक्ति गर्ने प्रचलन ल्याइयो । जसमा ६० मुरी फल्ने जग्गा रैकर गराएपछि सुब्बा नियुक्त गरिन्थ्यो, र सुब्बाहरुले आफ्नो रैती राखी तिरो कर उठाउने प्रचलन सुरुवात भयो ।
यसरी धेरै लिम्बुहरु सुब्बा हुने सुरमा आफ्नो किपट भूमि रैकर बनाई गुमाए । लिम्बुवानमा पछि पनि सिक्किमबाट आक्रमण भइरह्यो । त्यहीबेला पान्थरका ५२ सुब्बाहरु योङहाङ सुब्बाको नेतृत्वमा काठमाण्डौ आई रणबहादुर शाहसँग युद्ध गर्न हतियार माग गरे । रणबहादुरले ढाल, तरवार, त्रिशुल, नगरा, निशान, बन्दुक, शंख, नरसिंगा मौलो थापी दसैंको नवमीको दिन बलि चढाउनु पर्ने शर्तमा दिई पठाए । यो पहिलोपटकको सांस्कृतिक अतिक्रमण थियो । दसैंको कर पनि असुल्न थालियो । मौलो काटेको पञ्जाको निशानको लागि लिम्बुवानमा धेरैपटक तिलिंगा आतंक मच्चाइयो । वि।सं. १९१० मा जंगबहादुर राणाद्वारा ल्याइएको मुलुकी ऐनमा अपमानजनकरुपमा नमासिन्या मतवाली लिम्बु जाति भन्दै व्याख्या गरिएको र गाई हत्या मानव हत्यासरह अपराध हुने कानुन ल्याइएपश्चात् नेपाली समाजमा असमानपूर्ण व्यवहार जातको आधारमा गरिन थालियो । छथर थुमका आठ पहरिया राईहरुले दसैं नमान्ने भनी प्रतिरोध गरे, र विद्रोह गरेपछि रामलीहाङ र दीक्षमा मारिए । २००७ सालमा जहानियाँ राणा शासनविरुद्धको जनक्रान्तिमा जि.वि. याक्थुङबा, बि. बि. चेम्जोङ र रामप्रसाद राईजस्ता जनसेनानीहरुले क्रान्तिको अगुवाई गरेका थिए । तर, उनीहरुलाई केवल सत्ता हत्याउन प्रयोग गरी अन्त्यमा फालिएको थियो । राणा शासनकालमा भाषा, धर्म, साहित्य, संस्कृतिको जगेर्ना र विकासको सवाल गम्भीर अपराधसरह थियो । तथापि, दोस्रो विश्वयुद्धताका इमानसिं चेम्जोङ, मुहिगुम अङसीमाङ फाल्गुनन्द लिङ्देन र त्येअङसी सिरीजंगाबाट उल्लेखनीय कार्यहरु भएका छन् । इमानसिं चेम्जोङद्वारा गरिएको इतिहास, भाषा, साहित्यप्रतिको योगदान, लिम्बुवान सुधार संघ, फाल्गुनन्दद्वारा गरिएको किरात धर्मदर्शन, सत्य धर्म मुचुल्का र विभिन्न योगदान, त्येअङसी सिरीजङगा सिंथेबेबाट गरिएको भाषा प्रचारप्रसार र सर्म्बर्द्धनसम्बन्धी योगदान लिम्बु जातिको पहिचान र अस्तित्वसँग जोडिएको छ ।
लिम्बूवानको सीमासम्बन्धी अवधारणा
१) लिम्वुवानको पूर्वमा मेची नदी, पश्चिममा सिस्वा/संखुवा खोला अरुण हुदै सप्तकोशी, उत्तरमा तिव्वत र दक्षिणमा भारत विचको नेपालको ९ जिल्लाहरु १) ताप्लेजुङ २) पान्थर ३) ईलाम ४) झापा ५) संखुवासभा ६) तेह्रथुम ७) धनकुटा ८) सुनसरी ९) मोरङ यी क्षेत्र ऐतिहासिक आधारमा लिम्वुवान भएकोले लिम्वुवान स्वायत्त राज्य हुंदा उक्त उल्लेखित क्षेत्र लिम्वुवान राज्य हो।
सन्दर्भः विभिन्न लेखहरू

रविवार, 3 जनवरी 2010
चासोक तङनामको उपलक्ष्यमा शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न
राष्ट्रिय चाड चासोक् तङ्नाम् २०६६ को उपलक्ष्यमा संयुक्त लिम्बुवान मोर्चा नेपालद्वारा ललितपुर चुम्लुङहिम ललितपुरमा आयोजना गरिएको शुभकामना आदान-प्रदान एवम् चियापान समारोह लिम्बुवानी आन्दोलनको माहौलमा सम्पन्न भएको छ ।
संयुक्त लिम्बुवान मोर्चा नेपालको समन्वयकर्ता लिम्बू जातिको जातीय संगठन किरात याक्थुङ चुम्लुङका अध्यक्ष अर्जुन नुगो लिम्बूको अध्यक्षतामा भएको सो कार्यक्रमको अतिथिहरुमा एकीकृत नेकपा माओवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल ुप्रचण्डु संविधान सभाका अध्यक्ष सुवास नेम्बाङ नेपाली कांग्रेसका दिलेन्द्रप्रसाद बडू नेकपा एकीकृतका ऋषि कट्टेल संघीय लोकतान्त्रिक राष्ट्रिय माचका महासचिव खगेन्द्र माखिम र राष्ट्रिय जनमुक्ति पार्टीका माथवरिसंह थापालगायतका नेता तथा सभासद्हरुसमेत हुनुहुन्थ्यो ।
समारोहका सभाध्यक्ष अर्जुन लिम्बूले कार्यक्रमा उपस्थित् अतिथि तथा सहभागीहरुलाई स्वागत गर्दै चासोक तङनामबारे अवगत गराउनु भएको थियो । आमन्त्रित सबै अतिथिहरुले देशको वर्तमान परिस्थिति र संविधान लेखन तथा लिम्बुवान बारे आ-आफ्ना धारणाहरु राख्नु भएको थियो । सॊ कार्यक्रममा लिम्बू जातिको मौलिकता झल्कने विभिन्न परिकारका खानपिनसहित अथितिहरुलाई सम्मान र सत्कार गरिएको थियो । चासोक तङ्नामको अवसरमा शुभकामना आदान-प्रदान गर्दै लिम्बू जाति र लिम्बुवान स्वायत्तताको सवाललाई बढावा दिने उद्देश्यका साथ आयोजना गरिएको सो कार्यक्रमको उद्घोषण संयुक्त लिम्बुवान मोर्चाका श्री जबेगुद्वारा गरिएको थियो ।
कार्यक्रम ः
मिति ः २०६६ मङ्सिर १५
समय ः दिनको १ः३० बजे
स्थान ः ललितपुर चुम्लुङ्हिम् तिखेदेवल ललितपुर
अतिथिहरुः
१। पुष्पकमल दाहाल ुप्रचण्डु अध्यक्षः एकीकृत नेकपा माओवादी
२। सुशिल कोइराला का। वा। सभापतिः नेपाली कांग्रेस
३। झलनाथ खनाल अध्यक्षः नेकपा एमाले
४। ऋषि कट्टेल अध्यक्षः नेकपा एकीकृत
५। एम। एस। थापा मगर अध्यक्षः राष्ट्रिय जनमुक्ति पार्टी
६। खगेन्द्र माखिम महासचिवः संघीय लोकतान्त्रिक राष्ट्रिय माच
आयोजकः
संयुक्त लिम्बुवान मोर्चा नेपाल
१। लिम्बुवान मुक्ति मोर्चा
२। लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा एकीकृत नेकपा माओवादी
३। संघीय लिम्बुवान राज्य परिषद् संघीय लोकतान्त्रिक राष्ट्रिय माच
४। नेपाल लोकतान्त्रिक किरात लिम्बू संघ नेकपा एमाले
५। नेपाल लिम्बुवान स्वशासित संघ नेकपा एकीकृत
६। लिम्बुवान प्रान्तीय परिषद् राष्ट्रिय जनमुक्ति पार्टी
७। नेपला लिम्बू संघ नेपाली कांग्रेस
किरात याक्थुङ चुम्लुङ

साम्पांग जुम्लेखा हंगकंग (एक परिचय)
-शशि मदन राई
पृष्ठभुमी
आदिम कालदेखी नेपालमा बसोबास गर्ने आदिबासी जनजाती किरात राई समुह मध्येका प्रकृती पूजक भुमीपुत्र किरात साम्पांग राईहरु नेपालको पुर्वी भुभाग सगरमाथा, कोशी, मेची अञ्चलमा घना बस्तीमा आवाद रहेको पाईन्छ । सन २००१ को जनगणना अनुसार साम्पांगहरुको संख्या १०८१० रहेकोछ । हाल साम्पांग राईहरु नेपाल बाहिर बिदेशमा भारत लगायत तेस्रो मुलुक हंगकंग, जापान, बेलायत र अमेरिकामा बसोबास गरिरहेको पाईएकोछ ।
अझ सन १९९७ मा बेलायत सरकारले हंगकंग मुख्यभुमी चिनलाई हस्तान्तरण गरेयता हंगकंगमा स्थाई बसोबास गर्नसक्ने जन्मशिद्ध अधिकारको प्रयोग गरि साम्पांग राईहरुको बसोबासमा तिब्र बृद्धिहुन पुगेको छ । अहिले हंगकंगमा कुल परिवार संख्या सहित तिनचार सयको हाराहारीमा साम्पांग राईहरु बसोबास गरिरहेको अनुमान गरिएकोछ ।
धर्म तथा भाषा
किरात साम्पांग राईहरुको आफ्नै भाषा, धर्म र संस्कार छन् । साम्पांग राईहरुले सृस्टिकर्ता (ईश्वर) कोरुपमा प्रकृती वा पितापुर्खालाई मान्दछन् । चर्च वा मन्दिरझैं चुल्हालाई सृस्टिकर्ता रहने पवित्र स्थान मानी हरेक धार्मिक कार्य यहींबाट गर्दछन । बाइबल वा वेद झैं मुन्धुमलाई धामिर्क ग्रन्थ मानी हरेक धार्मीक कार्य मुन्धुमबाट बाचन गरिन्छ । पास्टर, गुरु वा (पण्डित) झैं विजुवा, धामी वा (तायमी) लाई ईश्वरीय दुत वा (विद्वान) मानी हरेक धार्मीक कार्य विजुवा वा तायमी मार्फत गरिन्छ।
बाइबल वा वेद विभिन्न भाषामा लिखित अवस्थामा उपलब्ध भएझैं मुन्धुम साम्पांग भाषामा अलिखित (मौखिक) अवस्थामा छ । बाइबल वा वेद हरेक भक्तजनहरुलाई लिखित पुस्तकको रुपमा सर्वसुलभ प्रदान गरिएझैं मुन्धुम एक वा दुई जना छानीएका चेलाहरुलाई मात्र मौखिक रुपमा प्रदान गरिन्छ । योनै लोपहुनको प्रमुख कारण हो ।
संस्कार, चाडपर्व तथा भेषभुषा
किरात साम्पांग राईहरुको जन्मदेखि मृत्युसम्मको आफ्नै संस्कारहरु छन् । जन्म संस्कार, विवाह संस्कार र मृत्यु संस्कार आफ्नै धामिर्क परम्परा (प्रकृती वा पित्री धर्म) अनुसार गर्दछन । साम्पांग राईहरुको आफ्नै चाडपर्वहरु छन । प्रकृती परिवर्तन संगै त्यस संग महत्वपुर्ण भुमीका राखने बिभिन्न चाडपर्वहरु मनाउदछन । साउने संक्राती, माघे संक्राती, चैते दशैं, उधौली, उभौली साम्पांगहरुको प्रमुख चाडपर्वहरु हुन ।
साम्पांगहरु को आफ्नै भेषभुषाहरु छन । बिशेष गरि चाडपर्व र धामिर्क कार्यहरुमा छोरा मान्छेले दौरा, सुरुवाल, पटुकी, ज्वारीकोट, जुत्ता, टोपी लगाउदछन भने कम्मरमा खुकुरी भिर्ने चलन छ । छोरी मान्छेले चौबन्दी चोलो, गुन्यु, पटुकी, जुत्ता, पछोउरी ओढ्दछन भने गहनाको रुपमा सुन चाँदीले बनेको ढुङ्री, मुन्द्री, मरवाडी, सिक्काको हारी, नौगेडी, चाँदीको चुरा, कल्ली लगाउने चलन छ ।
वर्तमान अवस्था
किरात साम्पांग राईहरु वर्तमान अवस्थामा लोपोन्मुख हुन पुगेकोछ । सुचना तथा संचारको तिव्र विकाशसंगै राष्ट्रिय तथा अन्तराष्ट्रिय मान्यता प्राप्त भाषाको प्रभाव, धार्मीक स्वतन्त्रता प्राप्ती संगै अन्य धर्महरुको संस्थागत आकर्षण, पश्चीमेली संस्कार र संस्कृतीको बढ्दो आक्रमण संगै आधुनिक्ताको नाउमा त्यसको नक्कल, साम्पांगहरु स्वयंले आफ्नो भाषा, धर्म, संस्कार र संस्कृतीको संस्थागत संरक्षण र सम्वर्द्वन नगर्नु, राष्ट्रबाटै आदिबासी जनजातीहरुको भाषा, धर्म, संस्कार र संस्कृती प्रती विभेद पुर्ण निती ल्याउनु आदी कारणले साम्पांगहरुको पहिचान लोपोन्मुख अवस्थामा पुगेकोछ ।
अझ हंगकंगमा माइग्रेटभइ बसोबासगर्न आउने साम्पांग राईहरुको सन्दर्भमा त पुरानो पुस्तालाई छाडी नया पुस्तासंगै साम्पांग भाषा, धर्म, संस्कार र संस्कृती पुर्णरुपमा लोपहुने अवस्थामा छ ।
जुम्लेखा हंगकंग
हंगकंगमा बसोबास गरिरहेका किरात साम्पांग राईहरुको भाषा, धर्म, संस्कार र संस्कृतीको संरक्षण र सम्वर्द्वन गर्दै विश्वमा साम्पांगहरुको पहिचानलाई सजिव बनाईराखन मुख्य उदेश्य लिई सन २००९ जुलाइ २८ तारिखका दिन चुनवान स्थित योङ्गयुके स्पोर्ट सेन्टरमा साम्पांगहरुको भेलाले प्रथम अधिवेशन सम्पन्नगरि विधिवत रुपमा स्थापना गरेको संस्था हो "किरात साम्पांग राई जुम्लेखा हंगकंग" ।
यो संस्था अन्य कुनै संस्थाको भातृ संस्था नभइ हंगकंगको आधारभुत कानुन (सोसाइटी च्याप्टर) अन्तर्गत संगठित अधिवेशन द्वारा प्राप्त अविछिन्न उत्तराधिकारीवाला संस्था रहेकोछ । यस्ले हंगकंगलाई आफ्नो कार्यक्षेत्र बनाई केन्द्रिय स्तरमा साम्पांग राईहरुको निमित्त कार्य गर्दछ भने विश्वमा छरिएर रहेका साम्पांगहरुलाई एकताको सुत्रमा बाधिन अव्हान गर्दछ ।

शुक्रवार, 1 जनवरी 2010
बिर्सनै नसकेको त्यो रात……
राज राई संगम
त्यो रात लाई सम्झिंदा……… कथा यसरी सुरु हुन्छ हामि ३ जवान ठिटा हरुको सुर न तालको यात्रा बाट । बिना लक्ष्यको यात्रा शुभारम्भ बाट । बेलुकीको ४ बजी सकेको थियो सुर्यनारायणको तेजीलो किरण हरु अब बिस्तारै सुन्यातामा परिणत हुदै थियो ।
काठमाडौको पट्यार लाग्दो बसाई एक किसिमको दिन भरीको छटपटी नै हुन्छ । उसै माथि स्वस्थ खराब भएको आज २ दिन भई सकेको थियो मेरो । ज्वरो आउने खाना नरुच्ने यस्तै थियो । आज पनि बिहान देखी खाना रुचेको थिएन शरिरमा शक्तिको कम्ति महसुस भई रहेको थियो तर बिमारीले भने राम्ररी नै छोडेको महशुस गरेको थिएँ ।
मेरो नजिकको मित्र नारायण श्रेष्ठ हर बेलुकी पख टहल्न निस्कन हाम्रो दैनिकी जस्तै भईसकेको छ । आज पनि यहि मनसायले मलाई भेट्न आईपुगेको थियो उ । ू जाउँ तौलुङतिर हावा खान ू यो पहिलो बोलीमानै म उनको पछि लागी सकेको थिएँ । बेफ्वाँकको काठमाडौ बसाई काम पनि के नै पो थियो र जसरी तसरी दिन त काट्नै पर् यो । मेरो सानो भतिज ू बिबेक ू पछाडी लागेको थियो र साथमा सानो श्रेष्ठ भाई पनि । त्यति बेला सम्म ू किशोर ू पनि आई पुगि सकेको थियो उ मेरो घनिष्ठ मित्र हो । हामि ५ जना अब बिना सोचमा आफ्नो पाईला हरुलाई आगाडी बढाउन थाल्यौं चपली गाँउको सिरान तौलुङ गाँउ तर्फ । मलाई तिथि मिति यकिन भएन त्यति बेला जनआन्दोन भाग २ एकदमै गरमा गरम रुपमा तातिएको थियो सायद अन्तिम अबस्था तिर पुगेको थियो । बैसाख महिना हो आजको दिन बाग्मतिको मुहान ू बागद्धर ू जहाँ ठुलो मेला लाग्ने दिन रहेछ । शिबपुरी डाँडा बाट पनि पल्लो पट्टि नुवाकोट नजिक । तर द्धन्दको कारणले केहि साल अगाडी बाट त्यहाँको देबिलाई यहि बुढानिलकण्ठ भन्दा उता पट्टि तौलुङ गाँउमा ल्याएर पुजा गर्ने चलन् बनाएका रहेछन त्याहाँका तामाङग समाजले । हाम्रो यात्रा अब त्यातै निस्चित भयो ।
तौलुङ मा पुग्दा साँढे ४ भई सकेको थियो । तर हामिले सोचे जस्तो चहलपहल थिएन त्याहाँ न त देबी नै थियो त्याहाँ न त मेला नै । सुनसान चकमन्न वातावरण । ू हिस्स बुढि हरियो दाँत ू भने झैं भयौं हामि । कुरा बुझ्दा हामि धेरै ढिलो भएछौं । देबी ल्याएर पनि फर्काईएछ ू जानु नि भाई हरु बाग्द्धरमानै यस्तो जवान भाई हरु एक डेढ घण्टा लाग्ला ू भट्टि वाला तामाङगनी दिदिले हामिलाई हौस्याउनु भयो । किशोर र नारायणले ू कि जाँउ त ू भन्ने जोश देखाए पछि हामिले यता उता सोध्यौं पुग्नलाई मात्र एक डेढ घण्टा लाग्ने बताए सबैले । हामिले हिसाब लगायौं हामिलाई जान एक घण्टा आउन एक घण्टा जुनको रात बढिमा साँढे सात सम्ममा जसरी पनि हामि फर्कि सक्छौं यस्तै हिसाब पास भयो हाम्रो । भतिज र सानो भाईलाई फर्कायौं त्याहि बाट । एक पल्ट उकालो तिर नियालें मैले शिबपुरी डाँडाले आकाश छोएझैं लाथ्यो । नयाँ यात्रा अपरिचित जंगल पहाडका बाटा हरु समयले पुग्ला कि नपुग्ला हामिलाई संका लागेको थियो । तर अरुको हौसलाले हाम्रो जोश थप्यो । शसंकित पाईला हरु बिस्तारै उकालो तर्फ बढायौं । उकाली ओराली बन पाखा नभोगेको मेरा दुई साथिले त आँट गरेका थिए भने म त उहि भिर पाखा मेरो प्यारो ओखलढुंगाको काखमा खेलेर हुर्केको मान्छे किन पछि पथेर्ं र तर बिमारीले अलिकती जोश कम्ति थियो । तै पनि साथिहरुको आँट लाई मर्न दिन उचित ठानिनँ । अनेकौं खुट्किला घुम्ति अनि पट्यार जंगलको बाटो लाई छिचोल्दै हामि क्रमश उकालो बढि रह्यौं । अलि मास्तिर पुगे पछि ओराले झरी रहेका एक हुल मान्छे हरु सँग भेट भयो । बच्चा र आइमाइ मान्छे हरुको हुल थियो । कसैले त घाँस दाउरा पनि बोकेका थिए मलाई गाँउ घरतिरको याद आयो । ू कहाँ पुगेर हो दिदि हरु ू मैंले सोधें ू हामि बाग्द्धर बाट हो अनि भाई हरु पनि त्यतै हो ू सबै भन्दा पछिल्लो दिदिले भन्नु भयो । ू हजुर हो हामि त नयाँ मान्छे बाटो के कस्तो छ दिदि ू कुरा सटकट मा गर्नु जरुरी थियो किन कि उहाँको साथि हरुले उहाँलाई छोडी सक्नु भएको थियो । ू भाई हरुलाइ रात त पर्छ नै तर पनि जवान मान्छे गारो हुन्न माथि डाँडा हेर्दै उकालो जानु बाटो बिर्दैन । हाम्रो सानो १ जना भाई लाई नारायणथानको दिदि हरुले बाटो चिन्दैनौं भनेर फर्काएर लानु भाछ माथि डाँडा सम्ममा त भेट्नु हुन्छनै छिटो फर्कनु भन्नु ल भाई हरु ू हुन्छ भन्दै हामि लाग्यौं उकालो । हामिलाई शाहस ठुलो मिल्यौ किन कि उकालो जाने मान्छे हरु पनि रहेछन भन्ने थाह भयो । बाटोमा आउने जाने मान्छे नभेटेर निरास भएका थियौं हामि ।
शिबपुरी जंगल काठमाडौको नजिकैको डाँडा तल शहर बाट जति आकर्षक र सुन्दर देखिन्छ उतिकै आकर्षक त्यास बन भित्रको यात्राले मन लोभ्याउँदो रहेछ । यस बन् भित्रको प्रकृतिक दृश्यबलोकनले साँच्चै मेरो भोक तिर्खा हराएको थियो । उसै पनि ऋतुराज बशन्तको रौनकता रुखका काप हरुमा झपक्क फुलेका सुनाखरी राताम्या फुलेका गुराँसको फुल हरु भर्खर पलाएका बुटा र झाङको हरियो पालुवा हरुमा त्यास माथि पश्चिम क्षितिजमा लोलाएको लालिमा को छड्के रक्तिम किरण हरु ढिस्कोमा बसेर पर सम्म आँखा हुत्याउँदा यति शोभायमान देखिन्थ्यौ कि लाग्थ्यौ बन भरी इन्द्रेणि छचल्किएको छ । हो हेरेर कहिल्यै नअघाउने ति प्रकृतिका अनुपम उपहार हरुमा खेल्दै माथि डाँडाको सायद बिच भाग तिर प्रबेश गरि सकेका थियौं हामि ३ अन्जान यात्री हरु ।
अब हामिले बस्तिलाई निकै तल छोडि सकेका थियौं । हो यो भन्दा माथि पुरै पहाड र घनघोर जंगलको मात्र यात्रा थियो । खाने कुरा केहि बोकिएन भनेर हामिले निकै माथि पुगे पछि मात्र याद गर् यौं । जतिखेर हामिलाई भोक प्यास र थकानले लखतरान पारेको थियो ।
म त झन बिरामीले भर्खर छोडेको मान्छे । त्यस माथि खाना नरुचेर रित्तो पेटको महशुस मैंले त्यतिबेला राम्रै सँग गरें । हामि ३ जनाको नै हात भरी गुराँस र सुनाखरीको फुल थियो । तिर्खाले ब्याकुल थियौं तर कतै पानी भेटिने सम्भाबना सम्म थिएन । गुराँसको फुल अनि जुरेकाफलको काँचो दाना चपाउदै पाईला पनि हतारमा चालि रहेका थियौं हामिले । नरायण र किशोर ले त रहरले चपाएका थिए सायद तर मेर चपाइको मतलब भने अर्कै थियो रित्तो पेटलाई अलिकती भए पनि उकास्नु र शरिरमा थोरै भए पनि ताकत जमाउनु । ू मलाई त सार् है भोक लाग्यो यार के गर्ने हिड्न सकिएला जस्तो छैन । उस्तै थकाइ पनि धेरै लागेको छ । ू यति भन्दै म चुचे ढुंगा मथि गएर थचक्क बसें । अनि हात भरीको राताम्या गुराँसको फुल हरु चपाउन लागें । साथि हरु केही निरास देखिए ू अब के गर्ने त यतिकै पनि किन फर्किने यति टाढा आइृ्र पुगिसकियो डाँडा पनि अब त नजिकै देखिन थालियो ू शिबपुरी डाँडा तिर घाँटी तन्काएर हेर्दै किशोर बोल्यो । तल खाल्डोमा देखिने काठमाडौ लाई खुब नियालेर हेरी रहेको थियो नारायण । म पनि फकर्ंे त्यतै । आहा क्या सुन्दर देखिन्थ्यौ काठमाडौ । घाम क्षितिजमा एक बित्ता मात्र बाँकी थियो । चारैतिर डाँडैडाँडाको बिचमा यति सुन्दर लाग्थ्यो काठमाडौ शहर हो मैले काठमाडौलाई पहिलो पल्ट यो रुपमा हेर्दैछु । धरहरा पशुपती एर्यपोर्ट भनौं काठमाडौंको अंगप्रत्यांग नियाल्न सिकंदो रहेछ ।
हामि जति छिटो दौड्यौं सायद यो भन्दा अगाडी नै दौडियौ होला । मलाई यस्तै लाग्यो किन कि अब म सँग उभिने सम्म पनि ताकत बाँकि होला जस्तो लागेन बाटो अझै कति बाँकी छ थाहा छैन हामिलाई पानी को कतै मेलो पाईन्छ कि भनेर मैंले निकै पर पर सम्म आँखा पुर् याएँ तर सम्भाबना सुन्या थियो । फर्किने कि जाने उकालो मेरो निर्णयमा भर थियो अब तल नियालें मैंले पार गरेर आएको बाटो हरु नागबेली घुम्तिहरु जंगलले नढाकेको ठाँउमा गारेटोको रुपमा मात्र किरिङ मिरिङ देखिन्थ्यो । थाहै नपाई धेरै माथि आई सकेछौं हामि । त्यतिकै पर्कने त मन नै भएन । अब बिकल्प काफलको रुख तिर आँखा दौडाउन लागें म । अलि मास्तिर हाडे काफल झुप्प भुप्प धेरै फलेको रहेछ ज्यानमा शक्ति नभए पनि जवानी पनको चन्चलता त्यतिकै हार खाने सवालै थिएन । हामिले काफलको रुखमा काँचो काफलका दाना हरु मुठी मुठी फाँक्न थाल्यौं । करिब १५ मिनट भित्र त मैंले पेट भरी सकेको थिएँ । म अब साँच्चै खुशी थिएँ नया जोश भरिएको थियो म मा । साथि हरु पनि उस्तै खुशि देखिन्थे । तर हाम्रो खुशि लाई एउटा कुराले साथ दिएन समयले नेटो काटिसकेको थियो । क्षितिजमा आधि भन्दा बढी डुबी सकेको घामले हामि भित्र सन्त्रास फैलायो । हामि अब उकालो दाडियौं । उस्तै पट्यार जंगल भित्रको गोरेटो बाटो यता र उता छुटिएको बाटो कता हो छुट्याउन गार् हो थियो । तै पनि शिबपुरी डाँडा को टार्गेट गरेर हामि हामि हस्याङ पस्याङ दौडी रह्यौं ।
रुखका पत्कर हरुले छोपिएको बाटो कालिज हरु दैडिएको आवाज प्रस्ट सुनिन्थ्यौ । दु_िम्स सालक र लोखर्केले बनाएका दुलो हरु प्रशस्त भेटिन्थे । कालीज भुतभुते खेलेको माटोमा शोभायमान लाग्थ्यो । रंगि बिरंगी चराहरुको चिरबिर आवाजले बेलुकीपखको आभास दिई रहेको थियो । झार बुट्यान देखि लिएर बडेमाको रुखहरुले ढाकिएको बिशालकाय जंगल भित्र अब अँध्यारोपनाले भपक्क छोपी सकेको थियो । खल्मे खरने लाङ्ठे पलाट खस्रु यस्तै रुखहरु प्रशस्त थिए । मलाई यति बेला अतिनै ठण्डिको महशुस भएको थियो किन कि हामि निकै उचाईमा आई पुगेका रहेछौं । यी रुखहरुले मलाई याद दिलायो जुन मेरो अतितको यादगर रुख हरु हून् । तारेभिर मझुवा गैरी डाँडा भेडाखर्क पौड्याल खर्क यतै बितेको अतित हरुमा यी रुखहरु सँग मेरो अबिस्मरणिय नाता रहेको छ । एक किशिमको अपनत्वको आभास नै भई रहेको थियो मलाई यी रुख हरुको प्रत्यक्षतामा । डाँडा निस्कनै लाग्दा झ्याउ पलाएको ढूंगेधारा भेटियो ठण्डिले तिर्खा हराई सके पनि अलि पिउनै मन लाग्यो अतित बितेको यादगर हावा पानी बोट बिरुवा यी सफा कलकल बग्ने खोल्साको पानी देखेर । नारायण र किशोर मुखमा पानी पर्ने बित्तिकै भागे दाँत झर्ला जस्तो ठण्डि पानीले । मैंले थोरै पिएँ । डाँडामा फुत्त निस्कँदा अब फराकिलो बाटो भेटियो । मान्छेको आवत जावत कम भए पनि बाटो ठुलो र फराकिले बनाईएको थियो । डाँडाको ढुङगे चौतारीमा ३ जना आधाबैंशे दिदि हरु र एक जना सानो भाई भेटियो । हाम्रो खुशिको सिमा रहेन दिदि हरु पनि खुशी हुनु भयो । सँगै जाने सल्लाह भए पछी हामि कुरा गर्दै अगाडी बढ्ंयौ । नयाँ हुनु हुँदो रहेछ दिदि हरु पनि सानो भाई चाँही आज बिहानै आएर फर्कने क्रममा फेरी दिदिहरुले बाटो नचिनेर यतै फर्काउनु भएको रहेछ । हामिले तल भेटेका दिदि हरुले भनेको मान्छे हरु उहाँहरुनै हुनु हुँदो रहेछ । अब हाम्रो िहंडाई धेरै ढिलो हुन लाग्यो किन कि दिदि हरुको मोटो ज्यान त्यास माथी हिड्ने बानी नभएको यत्रो उकालोको हिडाई सामान्या थिएन । हामि तिनै जना जाडोले लगलग कामी रहेका थियौं । म त झन् एकसरो पातलो हाफ टिसर्ट मा थिएँ । नारायण र किशोरको पनि गतिलो त कहाँ हुनु र नारायणको भित्र गन्जिमा हाफ सर्ट र किशोरको चाँही फुल सर्टनै थियो । दिन पुरै रातमा परिणत भईसकेको थियो अब । आकाशमा गोलो चहकिलो चन्द्रमाको उपश्थिति भई सकेको थियो । आकाश छोलाझैं अजंगको रुख हरुको बिसालकाय जंगल भए पनि भित्र सम्म जुन छिर्नको लागी रोक्ने बाक्लो मसिनो रुख हरु थिएनन् । सबैको मन्मा डर र त्रासले मुटु धड्कि रहेको अबस्था थियो नै दिदि हरुको मोटाई अली धेरैनै थियो उकाली ओरालीको बाटोमा सकस पर्नु स्वभाबिक हो तर मलाई अचम्म लागी रहेको थियो कसरी यतिका उकालो पार गरेर यहाँ सम्म आई पुग्नु भयो । ू के गरौं भाई हो फर्कनु पनि कसरी फर्कने त्यसतो जंगलको बाटो छ अँध्यारो उस्तै गोरेटो बाटो यता र उता हिडाई पनि यस्तो छ ू सबै भन्दा मोटी दिदिको गुनासो थियो यो । सँगै जाने सल्लाह त थियो तर यतिका ढिलो िहंडाईमा हाम्रो त्रासदी र चन्चलता उस्तै उत्सुकता मनैले मानेन हामि अगाडी बड्न कसियौं दिदि हरुले पनि रोक्न चाहनु भएन ।
अब हाम्रो पाईला हरु धेरै छिटो चल्न थालेको थियो । कतै खोल्सा कतै डाँडा यस्तै बाटो हरुलाई पार गर्दै हामि चकमन्न साँझ भित्र हतार दौडिरहेका थियौं । मानब अष्तित्वको कतै नाम निसाना सम्म आभास हुँदैनथ्यौ । नजिक्को बस्ति भन्नु सायद उहिँ २ अढाई घण्टा तलको बुढानिलकण्ठ तौलुङ नै होला । केबल जंगलै जंगलको राज धेरैनै बितिसकेको साँझ हो हामिमा यति छटपटि थियो कि हामिले केहि निर्णयनै गर्न सकि रहेको थिएनौ । गन्तब्यामा पुग्न पागलझैं दौडिरहेका छौं । अझै बाटो कती छ केहि थाहा छैन हामिलाई । हामि निकै पर खोल्सामा पुग्न लागेको थियौं यतिकैमा केही मान्छेको गुनगुनाहट सुनियो मनमा खुशिको तरंगहरु छचल्कियो कान चनाखो पारेर हामि अगाडी दौडी रहेको थियौं यतिकैमा अचानक त्याहाँ देखिएको दृस्याले हामि झन्नै बेहोश भयौं बाटोलाई बिचमा पारेर तल र माथि ८-१० जना युबा हरु छरपस्ट बसेका थिए बाटोको बिच भागमा एक जना करिब ३०-३५ को लाग्ने युबा लाई लामो काठको घोचामा छालाको पेटीले ३-४ ठाँउ बाँधेर बोक्न लाई सजिलो बनाएर लम्पसार तेस्र्याईएको थियो । जंगल भित्रै भए पनि त्याहाँ सम्म छिरेको जुनको टह टह उज्यालोमा हामिले राम्रो सँग नियाल्न सक्यौं । मनलाई काबुमा राख्दै हामि उनिहरुको बिच हुँदै अगाडी बढ्यौं । साँघुरो बाटो भएकोले बाँधिएको मान्छेलाई जोगाउँदा जोगाउँदै पनि खुट्टालै छुने अबस्था थियो । डराउदै भए पनि त्यास मान्छे लाई नियाल्न भ्याँए मैंले । खुट्टामा एउटा मात्र हातिछाप चपल थियो त्यास युबाको कपडा पुरानो र मैंलो लाग्थ्यौ । कपडा हरु पनि च्यातिएको थियो । जिबित थियो या मृत थियो हामि कसैले भेउ पाएनौं ति युबा हरु र_िक्सको नसामा थिए टाढै बाट र_िक्सको गन्ध थाहा भयो । यत्र तत्र र_िक्सको बोतल र ड्रम हरु फालिएका थिए । त्यास ठाँउलाई पार गरेर अगाडी बढ्यौं त्यास बाँधिएको मान्छेलाई घिसार्दै ल्याईएको पनि प्रस्ट देखिन्थ्यौ । निकै पर एउटा हाती छाप चपल देखियो । जुन उहि युबाको खुट्टामा रहेको चपलको जोडी थियो । त्यो एउटा कुराले आज पनि मलाई उत्सुकता जगाई रहेछ जुन त्यास युबालाई बाँध्नुको रहस्या के थियो त्यास युबा मृत थियो या ज्युँदो त्यास घटना उद्धार थियो या अपराध यदि उद्धार थियो त किन त्यातीको लापार्बाही अपराध थियो त किन त्यतीको खुलेआम जब कि मेलाको समय बाटोमा जो पनि हिड्न सक्छ । त्यास एकान्त जंगल भित्रको सुन्याता लाई के आफ्नो शक्ति ठानेका थिए तिनिहरुले
जुन घटनाले हामि धेरै डराएका थियौं हाम्रो पाईला अझ छिटो चल्न थाल्यौ । अब त पुगियो होला पुगियो होला भन्दा भन्दै कहिल्यै पुगिएन गन्तब्यामा पनि । हामि हताश थियौं । यतिकैमा फेरि हामि खोल्सा भित्र छिरेका थियौं रुख र ढिस्को ले जुनको किरण लाई छेकिएको थियो अँधेरो थियो खोल्सा फेरी मानब आवाज हरु गुिाजएको सुनियो नजिक जम्काभेट हँुदा मात्र हामिले एक अर्कालाई देख्यौं । पहिलेको घटना सम्झेर हामि फेरी झस्कियौं । ३ जवान रहेछन् तिनिहरु पनि सायद सुरष्क्षाको हिसाबले नै हुनसक्छ आफु भन्दा लामो लामो लौरो टेकेको टक् टक् आवाज टाढा बाट नै सुनिन्थ्यौ । भेट हुँदा र_िक्सको गन्ध ह्वस्स आयो पाईलाको पनि ठेगान थिएन । ू दाई हरु बागद्धर कति टाढा होला ू अली अगाडी आए पछि मैलें सोधें ू हामि सँग नबोल्दा नै राम्रो होला ू पछिल्लो लम्बु बोल्यो । चुप चाप बाटो लाग्नु नै ठिक थियो । अचम्म लाग्यो हामिलाई र साथमा हामि धेरै डराएको पनि थियौं मुर्ख देखि दैब डराउनु नै पर्छ । हामि अब एउटा अग्लो ढिस्कोमा पुग्यौं जहाँ बाट टाढा सम्म नियाल्न सकिन्थ्यौ । हमिले बागद्धरलाई निसाना बनाएर हेर् यौं ओहो दिमाग खराब त अब भयो हाम्रो जता ततै जंगल मात्र क्षितिजमा झैं लाग्थ्यो टिल पिल बत्ति बलेको देखिन्थ्यै आगो बालिएको देखिन्थ्यौ हो बागद्धर यहि थियो किन कि त्यो भन्दा यता नजिक त बिशाल जंगल मात्र थियो । तल तल नुवाकोट को गाँउ हरुमा टिलपिल बलेको बत्ति हरु मधुरो देखिन्थे । हाम्रो आँट आएन भर्खर सम्म हतारिएका हाम्रो मनस्थिति अब पुरै सेलाई सकेको थियो । ू ल फर्कौं ू रुन्चे स्वरमा झैं बोलेको थियो नारायण । हामि दुबैले साथ दियौं उसको स्वरमा । बाध्याता पनि यहि थियो ।
ज्यान गलेको यतिखेर मात्र थाह भयो हामिलाई । मन त उसै गलेको थियो । जोश र जाँगर एकै चोटी गुम भयो । कसरी फर्कने त अब तल तल जंगल भित्रको अँधेरो रात । दिउँसो नै त गोरेटो बाटो हराउथ्यो निरास निरास बन्दै हामि ओरालो झर् यों । अब पहिले भेटेका मान्छे हरुबाट कसरी बच्ने नसा लागेको मान्छे हरु त्यतिकै पनि लफडा हुन सक्थ्यौ । त्यासै पनि राम्रो नियतको मान्छे जस्तो लाग्दैनथ्यौ । ति दिदि हरु के गरे होलान् फर्किए कि यस्तै कुरा गर्दै हामि सुष्त सुष्त पाईला ओरालो बढाउन लाग्यों ।
निकै यता आए पछि केहि खैला बैला सुनियो हामि होशियारी साथ अगाडी बढ्यौं नारी आवाज प्रस्ट भयो । उहिँ दिदि हरु हुनुहुन्थ्यौ । हाम्रो फेरी एकपटक खुशिको सिमा रहेन होसहवास गुम भई सकेको रहेछ दिदि हरुको पनि । हामिले सोध्ँयौं मान्छे घिसार्ने हरु कहाँ भेट्नु भयो भनेर डराई रहेको आवाजमा तल भेटेको त्यो मान्छे मरेको या जीउँदो त्यो थाहा नभएको कुरा बताउनु भयो । बागद्धर तिरको कुरा सुनाए पछि दिदि हरुको पनि आँट आउने कुरै भएन । रातीको एक दुई बजे पनि हामिलाई नछोडनु सँगै जानु पर्छ भन्दै हामि सँग फर्किनु भयौ उहाँ हरु पनि ।
अब हामि सात जनाको टोली भयौं । केहि ढुक्क पनि थियौं । अलि यता आए पछि फेरी मान्छेको खैला बैला सुनियो हामि फेरी होशियार भयौं केहि क्षण उभिएर सुन्यौ आवाज हामि बाट नजिक थियो । मान्छे हरु धेरै थिए । गु्रप भित्र भुढापाका को पनि आवाज सुनिए पछि केहि ढुक्क भएर अगाडी बढ्यौं । त्याँहाँ पुगेर थाहा भयौ उनिहरु को पनि हाल करिब हाम्रो जस्तो नै रहेछ । सात जनाको गु्रप थियो उनि हरुको । अब हामि सबैको सल्लाह नमिल्ने कुरै थिएन किन कि हाम्रो समस्या एउटै थियो । हामि १४ जनाको गु्रप बन्यौं उनिहरुको हुल पनि सबै नयाँ रहेछन् । एउटा बुढो बा चाँहि पहिलो साल एकपटक आउनुभएको थियो रे । उनिहरुको साथमा खाने कुरा हरु प्रसस्ति थियो चाउचाउ बिस्कुट गुल्कोज पानी । हामि तिर पनि शेयर गरे त्यति बेला पो अनुभब भयो मलाई काफलको दानाले राम्ररी नै छोडी सकेको रहेछ । मान्छे घिसार्ने हरुको बारेमा सोध्दा अली तल मात्र भेटेको बताए । हामि फर्कि सकेका थियौं उकालो । सुष्त हिडाँईमा साथि हरुले ल्याएका खानेकुरा चपाँउदै । बागद्धर पुग्ने बेला अली यतै बाट ठण्डि महिना आगो ताप्नु पर्छ भन्दै साथी हरुले सुकेको दाउरा हरु आफुले सकेको बोक्न लागे । लेकाली ठाँउ बिशाल जंगल भित्र प्रशष्त सुकेको दाउरा हरु पाईन्थ्यौ । हामि सबैले बोक्यौं । केहि समय अगाडीको त्याती धेरै नमिठो पल अहिले साँच्चै रमाईलो वाताबरण छाएको थियो हामि बिच ।
हामि बागद्धर पुग्यौं । मुलथान भन्दा अली मास्तिर मेला लागी रहेको थियो । करिब १०० जस्तो को हाराहारीमा मान्छे हरु थिए । त्याँहाँ पुग्दा रातीको करिब ९ साँढे यस्तै भएको थियो । नुवाकोटे तामाङहरुको सानो तिनो छाप्रा हरुको होटल थियो केहि खानेकुरा हरु चाउचाउ थुक्पा अण्डा केही भुटेको मासुका साथमा लोकल र_िक्स हरु थिए । ठण्डि मौसम लोकल र_िक्स र मासु अली धेर बिकि रहेको थियो । हामिले आफुले लगेको दाउरा बालेर आगो ताप्दै नयाँ साथी हरुले ल्याएको खानेकुरा हरु खायौं । अरु ठाँउमा पनि यस्तै आगो बली रहेको थियो । हाम्रो त केही थिएन बेबारिसे हिडाँई त थियो । हामिमा अब एउटा चिन्ता थियो कसरी रात बिताउने । यस्को पनि उपाए निस्कि हाल्यो । छेउमै शिबपुरी बाबाको कुटी रहेछ । बाजेले चार जना दिदि हरु र हामि तिन जना लाई त्याँहाँ लानु भयो । अचम्म र गजब पनि लाग्यौ मलाई । सानो सानो दुई तले घर थियो त्यास भित्र दाल भात खाई रहेका थिए मान्छे हरुले । हामि छिर्ने बित्तिकै खाना खानको लागी हात धुन भनियो हामि ३ जनाले खाएनौ । दिदि हरुले खानुभयो । खाना सुत्नको पैसा नलाग्ने रहेछ । दिदि हरु माथिल्लो तलामा सुत्नुभयो । हामि तल्लो तलामा । त्याती धेरै मान्छेको बिच हामिले एउटा कम्बल पाएका थियौं । अर्को पातलो कम्बल ओछ्याउनको लागी थियो । भुँईको चिसो र जाडोले निन्द्रा नलागे पछि हामि बाहिर निस्कियौं आगो ताप्न तिर । आगो ताप्दै गाँजा चुरोट तान्नेहरु पनि उस्तै थिए । हामिलाई पनि कर गर्थे कहिले तान्ने बानी नभएकोले हामिले तानेनौं ।
दाउरा सकियो आगो निभ्यो ठण्डि बढ्यो ओछ्यानमा जाँउ गतिलो ओढ्ने छैन । बिकल्प पनि राम्रो थिएन । र_िक्सवाली दिदिले जिस्केर बोलाउदै थियो ू भाई हरु तान्ने होईन ू हामि पनि किराँत र नेवारको छोरा थियौं र_िक्स नचल्ने त कुरै थिएन । तर पनि हामि र_िक्स पिउने मान्छे भने होईन । यसो भन्दा म जाँड र_िक्सलाई घृणा गर्ने मान्छे पनि होईन । किन कि हाम्रो सँस्कारमा जाँड र_िक्सलाई प्रसाद ठानिन्छ । यसलाई कसरी प्रयोग गर्नु पर्छ यो कुरामा भने हाम्रो बिबेक हुनै पर्छ । किशोरले मानेन नारायण र मैंले अली अली लगायौं जाडो भगाउने ओसधी । ५-६ महिना पछि पहिलो पल्ट पिएको थिएँ मैंले त्यासैले थोरैले नै ज्यान तातो भयो
हामि गएर सुत्यौं । म बिचमा ओढ्ने सानो थियो यता तान्दा उता नपुग्ने उता तान्दा यता नपुग्ने बिचमा मलाई चाँही पुग्थ्यौ । सिरानी केही थिएन जुता अरुतिर राख्दा हराउने पनि डर त्यासैले जुतालाईनै सिरानी बनायौं । जुताको नमिठो गन्ध थियो । तर पनि बिबश थियौं । बिहान पख म निदाएछु साथि हरु त निन्द्रानै लागेन भन्थे । बिउझिदा उज्यालो अली अली भईसकेको थियो । हामि हतार उठ्यौं । नयाँ साथि हरु यत्र तत्र लागी सकेछन् । बागद्धरमा हात मुख धोएर दर्शन गर् यौं । अनि सिधै झर् यौं नाराणथान तिर झर् यों । जंगल भरी पंछीको चिरबिर आवाज थियो । धेरै प्रकारको पंछी र जनावर हरु यस जंगलको शोभा रहेछ ।
यसरी हामिले अनापेक्षित यात्रालाई पुरा गरेर करिब दिउँसोको १ बजे तिर आफ्नो बासस्थान आई पुग्यौं । आफन्त लाई उस्तै चिन्ताले सताएको थियो । हामि आएर आफ्नो त्यो रातको कथा सुनाउदा सबै छक्क परे ।
ओहो !!! आज पनि झल्झलि आई रहन्छ त्यास रातको पल पलको याद हरु । आँखा साम्ने नाचे झैं लाग्छ ति क्षण हरु । त्यास घटना लाई म चन्चल्ताको पराकाष्ठ भन्न रुचाउछु । तर आज सम्झिंदा रमाईलो लाग्छ । कहिल्यै बिस्रन्न ति रात लाई । अनि ति अनन्या मित्र नारायण श्रेष्ठ र किशोर श्रेष्ठ काठमाडौ लाई ।
बिगुटार -४ सुर्के ओखलढुंगा हाल शार्जाह युएई
सदस्यता लें
टिप्पणियाँ (Atom)
publish by
Raj Rai sangam kirant
contact us-00971508083675
E-mail add, raj_rai920@yahoo.com
( plz send us article in this Email address )

फ़ॉलोअर
ब्लॉग आर्काइव
-
▼
2010
(21)
-
▼
जनवरी
(8)
- सेवारोसम्पुर्ण एलम्बरका बंश हरुमा । ...
- धार्मिक हिंसाको सम्भावना नेपालमा पनि अब छिटै ।
- अमेरिकामा साकेला उधौंलीको समापन संगै- ज्येष्ठ नागर...
- नेपालमा लिम्बू जाती र ईतिहास
- नेपालमा लिम्बू जाती र ईतिहास
- चासोक तङनामको उपलक्ष्यमा शुभकामना तथा चियापान कार्...
- साम्पांग जुम्लेखा हंगकंग (एक परिचय)
- बिर्सनै नसकेको त्यो रात……
-
▼
जनवरी
(8)
- Raj Rai sangam kirant
- okhaldhunga, bigutar - 4 surke, Nepal
- सर्वाधिकार © kirantsansar