रविवार, 3 जनवरी 2010

साम्पांग जुम्लेखा हंगकंग (एक परिचय)

-शशि मदन राई

पृष्ठभुमी
आदिम कालदेखी नेपालमा बसोबास गर्ने आदिबासी जनजाती किरात राई समुह मध्येका प्रकृती पूजक भुमीपुत्र किरात साम्पांग राईहरु नेपालको पुर्वी भुभाग सगरमाथा, कोशी, मेची अञ्चलमा घना बस्तीमा आवाद रहेको पाईन्छ । सन २००१ को जनगणना अनुसार साम्पांगहरुको संख्या १०८१० रहेकोछ । हाल साम्पांग राईहरु नेपाल बाहिर बिदेशमा भारत लगायत तेस्रो मुलुक हंगकंग, जापान, बेलायत र अमेरिकामा बसोबास गरिरहेको पाईएकोछ ।
अझ सन १९९७ मा बेलायत सरकारले हंगकंग मुख्यभुमी चिनलाई हस्तान्तरण गरेयता हंगकंगमा स्थाई बसोबास गर्नसक्ने जन्मशिद्ध अधिकारको प्रयोग गरि साम्पांग राईहरुको बसोबासमा तिब्र बृद्धिहुन पुगेको छ । अहिले हंगकंगमा कुल परिवार संख्या सहित तिनचार सयको हाराहारीमा साम्पांग राईहरु बसोबास गरिरहेको अनुमान गरिएकोछ ।
धर्म तथा भाषा
किरात साम्पांग राईहरुको आफ्नै भाषा, धर्म र संस्कार छन् । साम्पांग राईहरुले सृस्‍टिकर्ता (ईश्वर) कोरुपमा प्रकृती वा पितापुर्खालाई मान्दछन् । चर्च वा मन्दिरझैं चुल्हालाई सृस्‍टिकर्ता रहने पवित्र स्थान मानी हरेक धार्मिक कार्य यहींबाट गर्दछन । बाइबल वा वेद झैं मुन्धुमलाई धामिर्क ग्रन्थ मानी हरेक धार्मीक कार्य मुन्धुमबाट बाचन गरिन्छ । पास्टर, गुरु वा (पण्डित) झैं विजुवा, धामी वा (तायमी) लाई ईश्वरीय दुत वा (विद्वान) मानी हरेक धार्मीक कार्य विजुवा वा तायमी मार्फत गरिन्छ।
बाइबल वा वेद विभिन्न भाषामा लिखित अवस्थामा उपलब्ध भएझैं मुन्धुम साम्पांग भाषामा अलिखित (मौखिक) अवस्थामा छ । बाइबल वा वेद हरेक भक्तजनहरुलाई लिखित पुस्तकको रुपमा सर्वसुलभ प्रदान गरिएझैं मुन्धुम एक वा दुई जना छानीएका चेलाहरुलाई मात्र मौखिक रुपमा प्रदान गरिन्छ । योनै लोपहुनको प्रमुख कारण हो ।
संस्कार, चाडपर्व तथा भेषभुषा
किरात साम्पांग राईहरुको जन्मदेखि मृत्‍युसम्मको आफ्नै संस्कारहरु छन् । जन्म संस्कार, विवाह संस्कार र मृत्यु संस्कार आफ्नै धामिर्क परम्परा (प्रकृती वा पित्री धर्म) अनुसार गर्दछन । साम्पांग राईहरुको आफ्नै चाडपर्वहरु छन । प्रकृती परिवर्तन संगै त्यस संग महत्वपुर्ण भुमीका राखने बिभिन्न चाडपर्वहरु मनाउदछन । साउने संक्राती, माघे संक्राती, चैते दशैं, उधौली, उभौली साम्पांगहरुको प्रमुख चाडपर्वहरु हुन ।
साम्पांगहरु को आफ्नै भेषभुषाहरु छन । बिशेष गरि चाडपर्व र धामिर्क कार्यहरुमा छोरा मान्छेले दौरा, सुरुवाल, पटुकी, ज्वारीकोट, जुत्ता, टोपी लगाउदछन भने कम्मरमा खुकुरी भिर्ने चलन छ । छोरी मान्छेले चौबन्दी चोलो, गुन्यु, पटुकी, जुत्ता, पछोउरी ओढ्दछन भने गहनाको रुपमा सुन चाँदीले बनेको ढुङ्री, मुन्द्री, मरवाडी, सिक्काको हारी, नौगेडी, चाँदीको चुरा, कल्ली लगाउने चलन छ ।
वर्तमान अवस्था
किरात साम्पांग राईहरु वर्तमान अवस्थामा लोपोन्मुख हुन पुगेकोछ । सुचना तथा संचारको तिव्र विकाशसंगै राष्ट्रिय तथा अन्तराष्ट्रिय मान्यता प्राप्त भाषाको प्रभाव, धार्मीक स्वतन्त्रता प्राप्ती संगै अन्य धर्महरुको संस्थागत आकर्षण, पश्चीमेली संस्कार र संस्कृतीको बढ्दो आक्रमण संगै आधुनिक्ताको नाउमा त्यसको नक्कल, साम्पांगहरु स्वयंले आफ्नो भाषा, धर्म, संस्कार र संस्कृतीको संस्थागत संरक्षण र सम्वर्द्वन नगर्नु, राष्ट्रबाटै आदिबासी जनजातीहरुको भाषा, धर्म, संस्कार र संस्कृती प्रती विभेद पुर्ण निती ल्याउनु आदी कारणले साम्पांगहरुको पहिचान लोपोन्मुख अवस्थामा पुगेकोछ ।
अझ हंगकंगमा माइग्रेटभइ बसोबासगर्न आउने साम्पांग राईहरुको सन्दर्भमा त पुरानो पुस्तालाई छाडी नया पुस्तासंगै साम्पांग भाषा, धर्म, संस्कार र संस्कृती पुर्णरुपमा लोपहुने अवस्थामा छ ।
जुम्लेखा हंगकंग
हंगकंगमा बसोबास गरिरहेका किरात साम्पांग राईहरुको भाषा, धर्म, संस्कार र संस्कृतीको संरक्षण र सम्वर्द्वन गर्दै विश्वमा साम्पांगहरुको पहिचानलाई सजिव बनाईराखन मुख्य उदेश्य लिई सन २००९ जुलाइ २८ तारिखका दिन चुनवान स्थित योङ्गयुके स्पोर्ट सेन्टरमा साम्पांगहरुको भेलाले प्रथम अधिवेशन सम्पन्नगरि विधिवत रुपमा स्थापना गरेको संस्था हो "किरात साम्पांग राई जुम्लेखा हंगकंग" ।
यो संस्था अन्य कुनै संस्थाको भातृ संस्था नभइ हंगकंगको आधारभुत कानुन (सोसाइटी च्याप्टर) अन्तर्गत संगठित अधिवेशन द्वारा प्राप्त अविछिन्न उत्तराधिकारीवाला संस्था रहेकोछ । यस्ले हंगकंगलाई आफ्नो कार्यक्षेत्र बनाई केन्द्रिय स्तरमा साम्पांग राईहरुको निमित्त कार्य गर्दछ भने विश्वमा छरिएर रहेका साम्पांगहरुलाई एकताको सुत्रमा बाधिन अव्हान गर्दछ ।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

publish by

Raj Rai sangam kirant
contact us-00971508083675
E-mail add, raj_rai920@yahoo.com
( plz send us article in this Email address )

फ़ॉलोअर

मेरी फ़ोटो
okhaldhunga, bigutar - 4 surke, Nepal
सर्वाधिकार © kirantsansar