बुधवार, 30 दिसंबर 2009

लिम्बु खम्बु होईन अब, मात्र किराँत


राज राई ¨किराँत’
बिगुटार . ४ सुर्के ओखलढुङगा
हाल यु ए ई शार्जाह बाट





किराँत हौं हामी किराँत हौं
यलम्बरका सन्तान हामी किराँत
न लिम्बु न खम्बु, न याखा, सुनुवार
हौं हामी त मात्र किराँत

नारा हुँदैन यहाँ लिम्बुवान् अनि खम्बुवान् को
मात्र निर्माण हुन्छ एउटा किराँत राज्याको
भुल्ने छैन हामी संस्कार एकताको
देख्ने छैन पराई कोही नाता छ हाम्रो बंशको
लिएर नाम पुर्खाको इश्वर उहि ठान्दछौं
पुजेर कला संस्कृतिलाई कर्तब्या उहि मान्दछौं
मातृ भुमिको रक्षा गर्दै आफ्नो अष्तित्व अब खोज्छौं
टुटे फुटेर होईन सिङगो किराँत मिली बड्छौं

साकेला सेग्रो अनि धान नाच यो हाम्रो
आफ्नो संस्कार र संस्कृति बाहेक अरु लाग्दैन राम्रो
चाहे स्वर्ग को महल नै किन नहोस अरुको
आफ्नै पाखाबारी र झोपडी सिगार्न कर्तब्या ठान्छौं
नया युग हो यो एकबद्ध हुँदै किराँत अष्तित्व रोज्छौं
लिम्बु,खम्बु, याखा,सुनुवार संस्कार होईन अब
सिङगो बिश्व किराँत संस्कार खोज्छौं ।
हिड्नु छैन कतै हामि,आफ्नै किराँती बाटो हिड्छौं
गुहार्नु छैन कसैलाई,आफ्नो संस्कार आफैं पुज्छौं
किराँत हौं हामि एउटा,न लिम्बु,न खम्बु,न याखा,न सुनुवार ,
बिसंगति र बिकृतीलाई टाढा पार्दै सिङगो किराँत संस्कार बनाउछौं
हामि किराँत हौं मात्र किराँत हौं

बुधवार, 16 दिसंबर 2009

** जनजातिमा मा किराँत आवाज

राज राई संगम
बिगुटार–४,सुर्के,
ओखलढुंगा,हाल युएई शार्जाह

२–३ दिन नै भएछ अनलाइन पत्रिका तिर आँखा नपुगेको । नयाँ साइट हरुको खोजीमा नै अल्मली रहेछु । यस्तैमा अचानक एउटा नयाँ साईट फेला प¥यो फुलबारी, साईट पुरानो हो । मेरो हकमा नयाँ, साईट एकदमै आकर्षक थियो । ईमन्दिर, मनोरञ्जन साईट पनि यसको आकर्षण थियो नेपाल चार जात छत्तिस बर्णको साझा फुलबारी हो, यहि परिकल्पना सँगै रंगी चगीं डिजाईनमा निर्मित पृष्टभुमीमा थरि थरिका फुलहरु सजि सजाउ थिए । अझ भनौं त्यस भित्र बग्रेल्ती फुलेका नेपाली भाषा शाहित्याका नयाँ नयाँ फुल हरुका झकि झकाउ एकदमै शोभनिय रहेछ, आहा क्या सुन्दर मेरो देश नेपाल । मन्मा यो भाब मिठो पारामा छल्कियो, र धन्यबाद भन्न चाँहे दिलै बाट यस साइट का अग्रज हरुलाई । हो बिश्वको नमुना हाम्रो नेपाल, पुर्ब पस्चिम फैलिएर उत्तरमा हिमाल पहाड हुदै तराई फैलेको,पकृतिक बनोटमा भुस्वर्ग साबित हाम्रो नेपाल बिस्वमानै अनेकन परिचयका साथमा कैयौं जनजाती हरुको साझा फुलबारीको रुपमा पनि चिनिन्छ । सुन्दर नेपालको निर्माणमा प्रमुख श्रेय पृथ्बि नारायण शाहलाई दिनु हाम्रो कर्तब्या हो र साथमा उनी सँगै यस एकिकरणमा रगत बगाउने हाम्रा पिता पुर्खाको नाम भुल्न अन्यायनै हुने छ । उहाँ हरुको रगतले निर्माण भएको चार जात छत्तिस बर्णको यस साझा फुलबारी भित्र रगीं चंगी हामि अनेकौं जनजाती हरु एउटै माला भएर सान्ति र सौहाद्र पुर्ण मेलमिलाप सँगै राष्ट्र भत्त बनेर यस पुर्खाले आज्र्याको नेपाली माटोमा रहनु हाम्रो गौरबता र खुशी हो । यी यथार्थता हरु पनि फुलबारी साइटमा अटेको पाएँ मैंले । बिभिन्न फुल हरुको जात जातीको परिचय र फोटो हरुले फुलबारी साईट झकि झकाउ थियो । यो साइट र यसको नामले नै अपार राष्ट्रियता बोकेको भान भयो मलाई , अपार राष्ट्रियताको सुगन्ध छरेको भान भयो मलाई । नेपालको राजनितिक भद्रगोल उथल पुथल, जनजातीको आवाज हरु, संघियता र सयत्तताका आवाज हरु, मुक्ति मोर्चाका योजना हरु, यस्तै यस्तै गरमा गरम कुराहरु त आजकालका न्युजपेपर र साइटभित्रको खुराकनै हुन् । हाम्रो साझा फुलबारी भित्रका फुलहरु हामी अनेकौं जाती हरुको परीकल्पना यस साईट भित्र थियो, त्यासैले एउटा जल्दो बल्दो सवाल जनजाती सवाल, जन जातीको हकहितको कुरा, यो आवाज अहिले नेपालको कुना कन्दरा बाट उठी रहेको छ । यस आवाज ले आज नेपालको शान्ति प्रकृयामा समेत उथल पुथल बनाएको छ । यस प्रसंग लाई यहाँ उद्धृत गर्न उपयुक्त ठानें । किन उठ्यो त जनजाती सवाल ? के थियो कारण ? पृथ्बिनारायण शाह र हाम्रा पुर्खा हरु ले आज्र्याको ४ जात ३६ बर्णको साझा फुलबारी भित्र जनजाती माथी थिचो मिचो भएको नै हो त ? को हो त यसको जिम्मेवारी ? र यो सवाल उठ्न कतिको जायज थियो ? मलाई लाग्छ यी सवालका स्पस्ट जबाफ हरेक नेपाली सँग छ, र प्रत्यक राष्ट्रभक्त नेपालीले यस सवाल लाई सकारात्मक रुपमा हेर्न जरुरी पनी छ । जब सम्म जनजातीको बिकास हुन सक्दैन तब सम्म राष्ट्र र राष्ट्रियता को पनी बिकास हुन सक्दैन । जनजातीलाई डो¥याएर लान नसक्नु राष्ट्रको असक्षामता हो । र आज आएर जनजातीको आवाज यती धेरै चर्किदा पनि बेवास्ता गर्नु सरकारको हदै सम्मको गैर जिम्मेवारी पना हो । जनजातीको सवालमा उठेको आवाजको बिरुद्धमा कतैकतै साईट र न्युज पेपर हरुमा निजि धारणा हरु बग्रेल्ति पोखिएको पनि देखिन्छ । तर बिरुद्धमा होईन सहकार्यमा हातेमालो गरेर अगाडि बड्न जरुरी छ । जनजातीलाई साहायताको खाँचो छ । लेखिएका होलान् कानुन्का ठेलिमा अधिकार र न्यायका धारा उपधारा हरु जनजातिको हकमा, तर आफ्नो खुट्टाले उभिनै नसक्ने गरी थलिएका जनजाती हरु बिना साहारा के आफुलाई दिईएको भनिएका कुरा हरु पाउन सक्छन् र ? त्यसै पनि आफ्नो अधिकार सुरक्षित ठानेर त्यसको सदुपयोगको लागी बार बार लड्नु पर्छ, सडकमा टायर बाल्नै पर्छ, हो आर्थिक,शैक्षिक,र मानसिक रुपमै कम्जोर बनाईएका जनजातीको लागी नेपालको नियम कानुन् उपभोगको कुरा भनेको आकासको फल आँखा तरी मर् भने झैं हो । जसको हातमा प्रसस्त पैसा छ, शक्ति छ कानुन् उसैको हो नेपालको हकमा । यस्तैमा मैंले जातियताको सवालमानै लेखिएको एउटा लेख पडन पाएँ, फुलबारी साईट भित्र ईमन्दिर होमपेजमा सिर्जना भण्डारीजी को बाहुन्बाद जननाती र आरक्षा सिर्षकमा । जुन् लेख पड्दा मलाई यस्तो भान् भयो, बाहुनबादी हैकम बिरुद्धको आवाजले सिंगो क्षत्री बाहुन समाजनै दुखी छन् । र नै उनि हरुले बाहुन्बादलाई गाली ठान्छन् । हो बाहुन्बादी संस्कारले चलेको हाम्रो समाज र राष्ट्रमा आजको २१औं सताब्दीको शिक्षित युगमा जरो देखीनै निर्मुल पार्न आवास्याक छ । यसको मतलब सम्पुर्ण क्षत्रि बाहुन् लाई बिरुद्ध बनाईएको होईन, आजका धेरै भन्दा धेरै शिक्षित क्षत्रि बाहुन समाजमा बाहुन्बाद हाबी छैन नै । नयाँ युग र नयाँ परिबर्तन चाहने क्षत्रि बाहुनको ठुलो जमात पनि छन् यहाँ । बाहुन् बाद ब्यक्ति प्रतिको गाली होईन, यो त उपयुक्त समय पारेर आफ्नो शक्तिको घमण्डमा अरुमाथि लादिएको जुन् संस्कार थियो त्याही खराब संस्कार प्रतिको गाली हो । र त्याही संस्कारको अन्त्याको लागी उठेको आवाज हो । क्षत्री बाहुन् भएको नै नातामा बाहुन्बादको गाली आफुलाई हो भन्ने ठान्नु त मुर्खता हो, यसलाई आजका प्रत्यक क्षत्रि बाहुन्लाई गरिएको गाली ठानेर आवाज चर्काउनु खोज्नु समाज र राष्ट्रले ठुलो दुर्घटना निम्त्याउनु हो । यस्को बिरुद्धमा जनजाती मात्र होईन राष्ट्र र समाजको उन्नती चाहने आजका सचेत क्षेत्री बाहुन् युबानै पनि लागि परेका छन् । सिर्जना जी ले जनजातीको बाहुन्बाद माथीको मिथ्या आरोप हो भन्ने कुरालाई बिषेश जोड दिदै एकतर्फि रीस धेरै पोख्नु भएको रहेछ । मुठिभर क्षत्री बाहुन् हरुले गरेको गल्तिको दोष सिंगो क्षेत्रि बाहुन्माथी बजारिएको यथार्थता उहाँले खोल्नु भएको छ । बाहुन्बादले धेरै गाली पाएको यथार्थ पनि यहाँ खोलिएको छ । मुठि भर ब्यक्तिलेनै अझै पनि बाहुन्बादी सोच पाली राखेका छन् , दोष र गाली तिनिहरुको सोच र सिद्धान्त लाई हो, सिंगो क्षेत्री बाहुन् लाई होईन । बाहुन्बादले गालि पाउनु नौलो कुरा होइन, किन कि आफ्नो सम्पुर्ण कुरा खोसिएको यथार्थता आजका जनजाति युबा हरु लाई पाच्या छैन, आज जनजातीमा त्यो चेतना आएको छ, आफु तिरस्कृत, अपहेलित, अबसर बाट बञ्चित हुन परेको झोंकमा बाहुन् बादलाई सत्तोसराप गर्न पछि पर्दैनन् ,जब कि बाहुन्बाद को खुट्टा मोल्दै ज्यु ज्यु गर्दै उपहार स्वरुप गाई भैसिको शुद्ध घ्यु टक््रयाउने परम्परा, त्यो पनि चोखो नितो बाहुन्लाई आफुले छोएको नचल्ने भए पछि बाहुन्को घरबाट नै तयार पारेर उता उतै हात लगाउनु पर्ने । अनि मात्र आफ्नो काम् बन्ने सम्म आस्वसन पाईने अबस्था । यहि बाहुन्बादी संस्कार बाट समाज र राष्ट्र अगाडी बड्रने क्रममा यस साझा फुलबारीमा साझा अधिकारको निम्ति सान्ति पुर्ण अधिकार को आवाजलाई बेअर्थमा परिभाषित गर्दै फेरि पनि उहि हैकमबादी सोचलाई कायम राख्नु जनजातीको निम्ति सहन योग्य होइन, यस बिचमा बाहुनबादले धेर गाली खायो भनेर आपती जनाई हाल्नु पर्ने कुरा होईन । त्यासो् त बाहुनबादलाई गाली गर्ने हरु मात्र छैनन् जनजाति भित्र अझै पनि, किराँती शाष्त्र हरु नष्ट गरिए, पोलिए पनि पुर्खाको बिंडोलाई थामि रहनु भएका हाम्रा कतिपय बुबा बाजेहरु लाई किराँती मुद्धुम् धेर थोर आँउछ नै तर त्यास भन्दा पनि बढि उहाँ हरु पुराण, बेद, र शाष्त्र हरुको त ज्ञाता नै हुनुहुन्छ । गाँउघरमा बेला बेला रुद्रि पुजा, सत्यनारायणको पुजा लागेन भने घर परिवारको शान्ति त परै जावस घरमुलीको मन्मानै अशान्ति छाई सकेको हुन्छ । ब्राम्मणको कहिले बिरोधी नहुनु, ब्राम्मणको पाउ परे सिधै बैकुण्ठ पुगिन्छ । ब्राम्मण भनेको देबताको जन्म हो त्यासैले सधै शिरमा राख्नु परम धर्म हो । ब्राम्मणको बचन् लाई नकाट्नु । सुघ्घरी पण्डित बाजे बेद र शाष्त्रको मन्त्र बाचन्मा भन्दा पनि दान भेटीको मोहमा पुजा पाठमा ब्यास्त उनले ठाँउ पाएको बेला गरिब हरुलाई ठग्न त उसको खेल हो यदि उसले धर्म कर्म को नाम्मा नै आफ्नो दिल लगाँउदो हो त अन्यायमा परेको गरिब माथि पनि फराकिलो मन् हुथ्यौ होला । हो हामि जो कोहीले पनि अनुमान लगाउन सक्छौं हाम्रो समाजमा यस्तो सोचको बिकास कसरी भयो ? ब्राम्मणबाद लाई गाली होईन ब्राम्मणबादको भक्त नै छ अझै पनि कतिपय नेपाली समाज । किन कि हाम्रो समाज बाहुन्बादमा नराम्ररी फसिएको । हो गल्ति त थोरै बाट नै हुन्छ, र राम्रो काम पनि थोरै ब्याक्ति बाट नै हुन्छ, कुरा आउछ अब गल्ति कति भएको थियो ? त्यासको असर कति प¥यो ? त्यास्को रिजल्ट के आयो ? मुठिभरको ब्यक्तिले गरेका गल्तिका कारण नै त जनजाती हरुले आफ्नो सर्बस्व गुमाउन पुगे, आफ्नो अस्तित्व नै गुमाउन पुगे । जनजाति हरुको अस्तित्व कसरी लुटिए भन्ने कुराको बोध लेखिका सिर्जना भण्डारी जी लाई भए जस्तो लागेन मलाई । किन कि उहाँले जनजाति हरु पछि पर्नुमा उनिहरुको नै हात रहेको कुरालाई पनि बिशेष जोड दिएर लेख्नु भएको छ ।किराँत जातीको उदाहरण थोरै पेश गर्न चाहन्छु । एउटा सिंगो किराँत जाती भित्र कसरी बिभिन्न भाषा हरुको उत्पती भयो ? लिम्बुवान, खम्बुवान, माझकिराँत, पल्लो किराँत , आदि आदि हुँदै किराँत हरु एक अर्का देखी कसरि फुटिरहेछन् ? अलग अलग संस्कारको बिकास कसरी भयो एउटै यलम्बरका सन्तान हामी किराँत हरुको ? किराँत धर्म कसरी हिन्दु धर्ममा समाहित गरियो ? हो किराँत हरु नराम्ररी लुटिएका छन् । यस् भुमि बाट नेै किराँत अष्तित्व लाई मेटाउन खोजीएको छ । किराँतका प्रमुख परिचायक धेरै कुरा हरुलाई मेटाईएको छ , जुन कुरा हरु यसरी लुटिएको छ, मेटिएको छ कि त्यो कुरा हरु आजका सचेत हामी किराँती युबा पुष्ताले चाहेर पनि पाउन सक्ने छैनौं । खोजेर कतै नाम निसाना सम्म पनि भेट्ने छैनौं । हाम्रो पहिचान् हरुलाई समयको पाबन्दि भित्रनै गुमनाम् पारिएको छ, हाम्रो ईतिहाँसलाई । बिभिन्न बाहानामा किराँत जन सक्तिलाई अलमल्याएर पछि पार्ने काम गरिएको छ । किराँत हैसियत लाई माथि उठ्नै नसक्ने गरि दबाउन खोजिएको छ । करिब ७ सय बर्ष राज्या सत्ता चलाएर बसेका किराँत भित्र प्रसस्त बिद्धन् हरुको कमि थिएन । ईतिहाँसको त्यो काल खण्डमा किराँत हैसियत निकै माथि थियो । प्रसस्त किराँत सास्त्र हरु लेखिएको थियो । साहसिलो र बलियो किराँत हरु युद्धकलामा पनि निकै पारंगत देखिन्छन् । आफ्नो कला धर्म र सँस्कृति प्रतिको सचेतना उतिबेलानै किराँत हरुमा प्रसस्त रहेको स्पस्ट बुझिन्छ, किन कि युद्ध बाट हार भए पछि आफ्नो सास्त्र मुन्दुम् ,किराँत लिपि हरुलाई खोजी खोजी पोलेर नस्ट गरिएको थियो, किराँति कला हरुलाई पनि नष्ट गरियो । हार बाट पुर्ब तिर भाग्ने क्रम्मा पनि केहि आफ्ना साष्त्र हरुलाई साथमा नै बोकेर भागेका थिए । काठमाडौको राज काज, सुख सयलमा हुर्केका किराँती हरुलाई पुर्ब पहाडी ईलाका हरु कष्टमय जिबन् त थियो नै, त्यासमथि पनि बिभिन्न खालका हमला हरु किराँत हरु माथि भई नै रह्यो । त्यासले गर्दा पनि किराँत हरुको स्थिति खराब हुँदै गयो । सचेत किराँत हरुले किराँत भेला, किराँत उथ्थान् को कार्य हरु त्यति बेलै गरेको देखिन्छ ,तर त्यति बेलाको हैकम बादि समाजले बचे खुचेका किराँती मुन्दुम् , किराँत लिपिहरुलाई खोसेर पोली दिने काम गरे । अगुवा सचेत कैयौं किराँत हरुको अनाहक ज्यान् पनि लिइयो । हो जति जति बेला किराँत हरुले आफ्नो धर्म सँस्कृति, भाषाको अनि जातिए उथ्थानको महसुस् गरेर सांगठनिक रुपमा आगाडि बड्न चाहे, त्यो हैकम् बादि समाजले तितर बितर पारि नै रह्यो । इतिहाँसको निकै पछिल्ला समय हरुमा ब्राम्मण बादले किराँत हरुमा लगभग आफ्नो संस्कार लादीनै सकेको थियो । समयको उत्तर चढाब सँगै आवाज हरु उठ्न थाले भिषण दमन् र शोषणको भारले किराँत हरुलाई थिचिनै रह्यो । हो किराँत हरुलाई जबर जस्ति हिन्दु बनाइयो, ब्राम्मणबादि सँस्कारमा चल्न नमान्ने किराँत हरुमाथि सेना र प्रहरी हरु लगाएर बल प्रयोग गरियो । अब किराँत बिहे हरुमा स्लोकका भाका हरु हालीन थलिए, मण्डपमा पुरेत बा ले मन्त्र पडन थाले । महिना, सालमा रुद्री, सत्यनारायणको पुजा भईनै रहे । दशैंमा निधार भरी रातो टिका, धनकुटामा किराँत हरुले हामि दशै मान्दैनौ, हाम्रो चाड होईन भनेर दशैं मान्न ईन्कार गर्दा प्रशाषनले सेना लगाएर गोली बर्षाए, त्यति बेला पनि किराँत हरुले ज्यान गुमाए । किराँत सँस्कार अनुसार बिहे पाठ पुजा चाड पर्ब दाह सँस्कार यस्ता कार्य हरुमा हस्तक्षेप गरेर किराँत सँस्कार हारुलाई जबरजस्ति मेटाउने प्रयास गरिएको छ । अहिले किराँत भाषा, र संस्कार हरु पनि अलपत्र अबस्थामा छन्, एउटा किराँतले बोलेको कुरा अर्को किराँतले बुझ्न नसक्ने समस्या , एउटा किराँतको संस्कार सँग अर्को किराँतको ठिक उल्टो संस्कार, यसको दोष ब्राम्मणबादलाई नदिएर कसलाई दिने ? जात जातीको बर्गिकरण गरेर आफुलाई सबै भन्दा ठुलो जातीको घोषणा गरी अन्य जती लाई के कस्तो ब्याबहार ग¥यो त्य त हाम्रो नेपाली समाज आफै बोली रहेको छ । अन्या जातीले छोएको नखाने, उसलाई छुन पनि नहुने, सबै भन्दा अगाडी उसैले खानु पर्ने, सुग्घरी सेतो धोतीमा सजिएको पुरेत बाले अन्य जातीलाई साम्नेमा देख्दा नाक खुम्च्यएर हिड्थे । अन्या जातीमाथी त शोषण दमन गरेको नै थियो तर आफ्नै स्त्रि माथीको शोषण लाई पनि निरन्तरता दिई नै रह्यो । त्यासैको परिणाम हो आज महिला अधिकारका आवाजले देश रन्किएको, नारी मुक्तिको आवाज हरु, हक हित र अधिकारका आवाज हरु । हो अन्या जनजातीमा के महिला लाई दबाईएको अबस्था कतै छ र ? दबाए होलान उहि बाहुन् बाजेका धुपौरे हरुले । जन जाती आवाज हरु, सिंगो राष्ट मुक्तिको आवाज हरु उहि हैकमबादी ब्राम्मण हरु बाट जन्मिएको छ । आफ्नो ईशारामा अन्य जातीलाई नचाउने आफ्नो चाहाना अनुरुप घर समाज र राष्ट्रलाई चलाउने, अरुको अष्तित्व नष्ट गरेर जबर जस्ति आफ्नो संस्कार लाद्यने, जसरी हुन्छ आफु बच्ने अरुलाई फसाउने, आफ्नो एक छत्र हैकम चाहने । यस्तै कुरा हरु बाहुनबादको परिचय हुन् । निडर, साहशिलो र ईमान्दार किराँत हरुबाट डरको छाँया कहिलल्यै हट्न नसकेको समाज र राष्ट भित्र किराँत शक्तिलाई निस्तेज पार्न धेरैनै चलाखी चाल हरु चलीएको थियो । र त्यो चाल चल्ने क्रम अझै जारी नै छ । आफै तिर आईलाग्ने हुन कि भन्ने चिन्तामा बिभिन्न प्रलोभन देखाएर किराँती दक्ष जनशक्ति हरुलाई किनारा लगाउने काम यहाँ भएको छ । एउटा समयको सुरुवातको घडीमा लागु गरिएको भनाई र नियम हो यो, ”क्षत्रीको छोराको काम भनेको राजकाज सम्हाल्ने, रेखदेख गर्ने, राष्टको सुरक्षा गर्ने हो” भनियो तर जति जति देश भित्रै पनि र अंग्रेज हरु सँग भिषण लडाँई भयो, तर त्यति बेला क्षत्रीका छोरा हरु कहाँ हराए ? र किन मतुवाली युबा हरुलाई अगाडी बढाइयो ? ईतिहाँसको पहिलो पहिलो पाईला हरुबाट नै नियालौ, पस्चिमका मगर हरुको साथ नपाएको भए पृथ्बि नारायण शाहको नेपाल एकिकरण सपना सपनामै सिमित हुनेथियो । खै त ति मगर हरुको इतिहाँस किन लेखिएन ? बास्तबमा नेपाल एकिकरणको जयगान् पृथ्बि नारायण शाहको जती गाईन्छ त्यो भन्दा कम्ति कालु पाँण्डेलाई भुल्न हुन्न । भक्ति थापा, अमरसिं थापा, बलभद्र कुँवर, के यिनि हरु क्षेत्रिका छोरा थिए ? जसले बिर साहसिला योद्धा हरुको देश भनेर नेपाल लाई बिश्वमा परिचित गराए ।राज काज चलाउने, राष्ट्रको सुरक्षा गर्ने क्षेत्रीको छोराले कहाँ बहादुरी देखायो ? हो काम् गर्ने हनुमान् पगरी गुथ्ने ढेडु , यस्तै भएको छ नेपाली सँस्कार भित्र । मानब बिकाष को युग २१ सौं सताब्दि लाई अंगिकार गर्दै सम्पुर्ण जनजाती लाई साथमा डो¥याएर अगाडी बड्नु नितान्त आवास्याक छ । दलित को कुरा गरौं, कसैले छोएको पानी नचल्ने, उसले बनाएको सबै सामान् हरु प्रयोग हुने तर मान्छे लाई घर भित्र प्रबेश गर्न चाँही मनाही, आदि कुरा हरु अन्तराष्टिय जगतमै हामि नेपालीको बदनाम् हुने कुरा हुन् । दलित मुक्तिको निम्ति उठेको आवाज हरुलाई बितर्क गर्नु भनेको अझै पनि हैकम्बादी सोचलाई निरन्तरता दिनु हो । राज्याको हैसियतलाई उकास्नको लागी राज्याले सानो तिनो आवाजलाई सुन्न नितान्त आवास्याक छ ।
सिर्जना भण्डारी जी को लेख बाट यी कुरा हरुलाई उद्धृत गर्न चाहें, “कानुन्ले जन जाति लाई कुन् कुरामा बन्देज गरेको छ ? कानुन्ले हरेक कुरामा साथ र अबसर दिंदा दिंदै पनि आफु योग्या र खरो भएर उत्रिन नसक्ने अनि आफ्नो दुर्बल्ता र पछौटेपन्को सम्पुर्ण दोष बाहुन्बाद माथी थुपार्ने, नेपाली जनजाती अधिकार नपाएर पछि परेका होईनन्, बाहुन् बाद सामन्तबाद को बितर्क गर्ने दुस्साहस् छाड्नोस, बितर्क गरेर नै आफ्नो तुलो ग¥हौं पार्न खोज्नु हुन्छ भने क्षेत्री बाहुन्को पनि तुलो हलुका होला जस्तो लाग्दैन । जन जातिलाई बाहुन्बादले पछि पारेको प्रमाण कहाँ छ ?” प्रमाण, सत्यलाई लुकाइ छिपाई लेखिएको भए पनि त्याही ईतिहाँस काफी छ, बाहुनबादको धोतिमा पोका परिएको समाजको अष्तित्व काफि छ, अरु यो भन्दा बढि कस्तो प्रमाण चाहियो र ? बाहुन् बादले गाली खाएको झोंकमा आक्रोस हो यो सिर्जना जि को । आफुले कतै अबसर पाउनु र आफ्नो जागिर टिकाई राख्न ज्यु ज्यु गरेर कोसेली बुझाउदै चाप्लुसी गर्न त खुट्टा मोल्न पनि पछि नपर्ने बाहुन्बादि समाज भित्र माथिल्लो निकायमा आफ्नो पहँुच हुन पनि जरुरी थियो नै । यो तितो सत्य सबैमा अबगत छँदै छ । जनजातीले कहाँ खरो उत्रने अबसर पाए ? र आफ्नो दुर्बलता कहाँ थियो ? उहाँको बिचार लाई हस्तक्षप गर्न खोजेको होईन मैंले, उहाँको बाहुनबाद प्रतीको बुझाई भने पक्कै हो, उहाँ जस्तो राष्ट्र प्रति बफादार, ईमान्दार एउटा प्रतिभावान् ब्याक्तिले धैर्यता र संयमता अनि बास्तबिकता को नजिक पुगेर समाज र राष्ट्र एकिकरणको सवाल लाई उठाउनु आबास्यक छ आजका यस नेपालको परिप्रेक्षामा । सहन्सिल र धोर्यवान् जनजाती माथि आफ्नो सधैको दबदबा र हैकम अनि आफ्नो छुच्चोपना ले पेलिएको जनजाती भित्रबाट बाहुनबाद प्रतिको गाली र बिद्रोहको स्वर सहित उठन खोज्नु आजको आबास्याकता हो । हो, बलियो ले निर्धालाई हेप्ने सँस्कार बिश्वमानै परम्परागत रुपमा चलिआएको सँस्कार हो । र आज बिश्वमा अशान्ति फैलनुको मुख्या जड पनि यही हो । नेपालको ईतिहाँसमा पनि बलियो र चलाख हरुले पेल्न,े सक्दो दबाउने काम भयो नै त्यो नौलो कुरा होइन । तर पेलिने मान्छे ले एक दिन मुक्ति खोज्न जरुरी छ त्यती बेला पेल्ने ले संयमता अपनाउनुनै पर्ने हुन्छ । बिश्वको ईतिहाँसले प्रमाणित गरेको कुरा यो हो कि मुक्तिको यात्रामा निस्केको पाइला अनि उठेको आवाजले एकदिन आफ्नो गन्तब्या पुरा गर्नेनै छ । जहाँ सम्म सयत्तता र संघियताको कुरा छ, मलाई लाग्छ यस् कुराले न त कसैको जनै धोती खोसिने छ, न त पुजा पाठमा बन्देज लगाइने छ, न त बेद पुराँण नै पोलिईने छ, न त श्राद्धमा सुँगुर कटाईने छ, हो दशैंको ठाँउमा चण्डि नचाईने छैन, गहुत को ठाँउमा रक्सि खुवाईने छैन । कसैले केही गुमाउने पर्ने छैन । कोहि कसै बाट डराउनु पर्ने छैन । जनजाती आवाज लाई प्रतिसपर्धामा हेरिनु हुन्न । प्रतिस्पर्धामा उत्रेर सिर्जना जी ले भने झै आफ्नो आफ्नो तुलो ग¥हौं पार्न खोजियो भने यहाँ कसैको तुलो ग¥हौं हुनेवाला छैन । अन्याय र अत्याचारको बिरुद्धमा ढिलो तातिने किराँत हरु सेलाउन पनि ढिलै सेलाउछन । यहाँ कोही कसैको जित असम्भब छ, र हार पनि असम्भब छ, त्यासैले मिलेर अगाडी बड्नमा नै सबैको हित र राष्ट्र हित हुनेछ । हो राजनिति को चलाख खेल बुभ्न त्यति नसक्ने किराँत हरु माथि राजनिति गर्न थालियो भने त्यासको सुहाँउदो जबाफ दिन किराँत जनशक्ति सक्षम छ नै । दुध दिने गाईको लात सहनु पर्छ भन्ने बाहुनबादी मान्याताको ठिक उल्टो लात हान्ने गाईको दुध पनि चाहिन्न भन्ने मान्याता लाई सहि ठान्छन किराँत हरु, दुध दिनु गाईको कर्तब्या हो, र दुध लिनु हाम्रो आबास्याकता हो, लात हान्नु गाईको खराब चरित्रको परिणाम हो, स्वभिमानी किराँत हरुको निम्ति खराब स्वभाब पाच्या हुन्न, लात सहेरै भए पनि त्यस बाट लाभ लिनु त खुट्टा मोलेर भए पनि चाप्लुसी गर्नु बाहुन्बादको सँस्कार नै हो । हो माओबादले उठाएको नारा को स्वगतमा उठेका जनजाती युबा हरुको आबास्याकता लाई बुझाई रहनु आवास्याकता छैन । ईमान्दार, कर्तब्यानिष्ठ, निडर र साहसिलो सोझा जाती भनि बिश्वमा नेपालको परिचय दिलाएका किराँतका जायज माग हरु प्रति बाहाना बाजी नगरी जनयुद्धको मर्मअनुरुप प्रचण्ड पथले अगाडी बढे राम्रै होला । बड्दो दक्ष किराँती जनसक्ति बृटिस र ईण्डियन् लाहुरेको रुपमा भरपुर प्रयोग गरिएको छ । दुखद कुरा अब हाम्रा बृटिस लाहुरे किराँत राई, लिम्बु दक्ष जवान् हरुलाई त नेपाली किराँत भुमिमा हामिले सायद देख्न पाउन नसक्ने स्थिति आई सकेको छ, । किन कि बृटिस जस्तो धनि राष्टले नेपाली गरिब किराँतका छोरा छोरीलाई बढाउदै लगेको भौतिक सुख सुबिधा हरु जिबन् निर्बाहको राम्रो उपाय हरु बन्न लागी रहेछ । धराने बस्ति हरु सुन्य हुँदै गएको कुराले राष्ट्रलाई पनि चिन्तित तुल्याएको त छ नै हामि किराँत समुदायको लागी पनि चिन्ताको षिषय हो यो । यसले राष्ट्रको अर्थतन्त्रमा असर त गर्छ नै, र साथमा दक्ष किराँत जन सक्ति बाहिरिंदा किराँत भाषा जाती धर्म र सँस्कार हरु पनि भाबी पुष्ता हरुमा लोप हुने अबस्था आउछ । यस कुरालाई ख्याल राख्नु नितान्त आवास्यक छ, किन कि पुर्खाले सुम्पेको सम्पती जाती, भाषा, कला, धर्म र सँस्कृति कहिले नास्न नहुने नासो हो, जसको संरक्षाण सम्बर्दन सधै भाबी पुष्ताको रहने छ । बिग्रदै गएको नेपालको शान्ति प्रकृया खराब प्रशाषन आदि कुरा हरुले पनि लाहुरे हरुलाई आफ्नो देश प्रतिको जिम्मेवार लाई भुल्न बाध्य पारेको छ ।तर आजका सचेत लाहुरे हरु आफ्ना हरेक जीम्मेवारी बाट पन्छिने छैनन् नै । अन्त्यामा एक थरी किराँत ईतिहाँसलाई घृणा गरेर यलम्बर, स्थुंको हरुलाई बिर्षदै साकेला सेग्रो, अनि धान नाच को ठाँउमा क्रीष्मस, संगती हरुमा ब्यास्त भगवान् भक्त सज्जन, पश्चिमा धर्म क्रीश्चियन लाई अपार माया दिनु भएका किराँत हरुलाई मेरा अनुरोध छ , हामिले क्राईष्ट ईतिहाँस होईन हाम्रै किराँती पुर्खाका ईतिहाँस खोज्न जरुरी छ । यरुसेलम को भजन् होईन, हाम्रै किराँत भुमिको पुजा गर्नु पर्छ । बाईबलको अध्यायन होईन हाम्रै भाषा लीपीको अध्यायन गर्न जरुरी छ, । हाम्रो लागी हाम्रै किराँती पिता पुर्खा महान् छन् । हो यसैमा हामिले आफ्नो नाम्को पछाडि राई लिम्बु लेखेको सार्थकता हुन्छ । हाम्रो किराँत सँस्कारको खिल्लि उडाउने काम् हामि बाट नहोस । प्रत्यक अफ्रिक्रन हरुको हातमा बाईबल परेपछी खुशि भएका अफ्रिकन हरुले त्यतिखेर मात्र बाईबलको रहस्या थाहा पाए जति खेर अफ्रिकाको अष्तित्व युरोपमा मिसिई सकेको थियो । बुझेर बुझ पचाउनु धेरै हानिकारक कुरा हो । असल सन्तानको निम्ति आफ्नै पिता पुर्खाको जाति धर्म भाषा, संस्कार, सधै प्यारो हुन्छ । यहाँ लिम्बुवान् , खम्बुवान होईन सिङगो किराँत राज्या हुन पर्छ । किन कि हामि उहि यलम्वरको सन्तान हौं ।


धन्यबाद

मंगलवार, 15 दिसंबर 2009

किरात येले संवत् अन्तर्राष्ट्रिय विचार गोष्ठीको लागि देशविदेशबाट पाहुना आउनेक्रम जारी

२८ गते देखि काठमाण्डौमा शुभारम्भ हुन लागेको किरात येले संवत् अन्तर्राष्ट्रिय विचार गोष्ठीको लागि देशविदेशबाट पाहुना आउनेक्रम जारी रहेको कुरा आयोजकले बताएका छन् । सम्माननीय सभामुख सुवासचन्द्र नेम्बाङज्यूबाट उद्घाटन हुने उक्त कार्यक्रममा विश्वका विभिन्न आधा दर्जन देशमा रहेका किरातहरु प्रतिनिधित्व हुने कार्यक्रमको लागि सिक्किम र दार्जिलिङबाट १६ जना सहभागिहरु काठमाण्डु आइसक्नु भएको छ भने अन्य देशहरुबाट पनि प्रतिनिधिहरु नेपाल पुगिसकेका छन् । बाकी कार्यक्रमकै दिन आइपुग्नु हुनेछ । किरात येले संवत् बारे जानकारी किरातु शब्द नेपालको इतिहासमा एक सभ्यताको नाम हो । इतिहासमा उल्लेख भएअनुसार प्रथम किरात हाङ यलम्बर हुन् । उनै किरात हाङ यलम्बरको स्मृतिमा किरात येले संवत् चल्दै आएको हो । सन् २००९ मा किरात ये।ले। संवत् ५०६९ भनिदै र लेखिदै आएको छ । यो संवत्लाई किरात याक्खा छुम्मा किरात सुनुवार सेवा समाज किरात याक्थुङ चुम्लुङ र किरात राई यायोक्खा गरी चार संस्थाहरुले साझा संवत्का रुपमा मान्दै आएका छन् । राज्यको पुनःसंरचना भइरहेको अवस्थामा किरात ये।ले। संवत्ले राष्ट्रिय मान्यता पाउनुपर्छ भन्ने निर्णयसहित चार किरात संस्थाले माग गर्दैआएका छन् ।कुनै पनि संवत्को लागि ऐतिहासिक प्रमाण सांस्कृतिक आधार लोकस्वीकृति ज्योतिषविज्ञानका आधार महत्वपूर्ण रहन्छ । अहिले किरात ये।ले। संवत् ५०६९ मानिरहेको अवस्थामा विना प्रमाण प्रचलनमा ल्याउन सान्दर्भिक नहुने भएकाले ऐतिहासिक वैज्ञानिक लोकसांस्कृतिक आधारलाई प्रमाणित गर्न किरात ये।ले। संवत् अन्तर्राष्ट्रिय विचार गोष्ठी-५०६९ २००९ु को आयोजना गरिएको हो ।यो संवत्लाई किराती समुदायमा आ-आफ्नै मातृभाषामा विभिन्न नामले पुकार्ने गर्दछन् । जस्तो- ये।ले। तङ्बे येले। थोचेँ येले दोङ यो संवत्ले किरात सभ्यताको पहिचान र अहिलेसम्म अस्तित्वमा रहेका किरात जातिको समेत प्रतिनिधित्व गर्दछ । यो संवत् नेपाल देशभित्रमात्र नभई अन्तर्राष्ट्रिय रुपमा पहिचान पाउँदैआएको छ । यसको बृहत् रुप दिने काममा भारतको दार्जीलिङ सिक्किम कालिम्पोङ डुबस्रलगायतमा प्रचलित छ । यसैगरी हङकङ बेलायत िसंगापुर अस्ट्रेलिया अरब मुलुकहरुमा रहेका किरात जातिहरुले किरात ये।ले। संवत् प्रचलनमा ल्याएका छन् ।स्वर्णिम युगु मानिने नेपालको लिच्छविकालको पूर्वाधार निर्माण कार्य किरातकामा भएको हो । लिच्छविकालीन शिलालेखहरुमा प्राप्त आर्थिक वास्तुकला आदिसँग सम्बन्धित शब्दहरु नै यसको प्रमाणहरु हुन् । त्यसको प्रवर्तक किरात हाङ यलम्बर हुन् । वर्तमान सन्दर्भमा उनै किरात हाङ यलम्बरको स्मृतिमा चलिआएको संवत्लाई राष्ट्रिय संवत्को मान्यता दिनु पर्ने माग भइरहेको छ । त्यसै प्ररिपे्रक्षमा किरात यलम्बर हाङलाई राज्यले “राष्ट्रिय विभूति” घोषणा गर्नुपर्ने माग पनि सँगसँगै अघि बढाइएको छ ।
pravasinepal.com

सोमवार, 14 दिसंबर 2009

तीनसय वर्ष पहिलेका किताब ढुङ्गा राई बस्तीहरूमा

उजुर राई
उदयपुर


मान्छेको मृत्युपछि उनीहरूको नाममा सम्झनाका लागि आफ्ना परिवारले ढुङ्गामा ठूलाठूला अक्षरले लेख्ने गरेका अभिलेख पूर्वी नेपालको किरात राईका बस्तीहरूमा आजभन्दा तीनसय वर्ष पहिलाका समेत चौताराहरू अझै देख्न पाइन्छ ।

किरात राईहरू जब कालगतिले मर्छन् अनिमात्र उनीहरूका नाममा श्राद्धान्जलिस्वरूप ढुङ्गामा लेख्ने चलन छ । तर दुर्घटनावस मृत्यु भएमा वा मृत्यु हुने बेला चोटपटक र रगत बगेमा उसको नाममा यस्ता चौतारा बनाइदैन र ढुङ्गामा लेखिदैन ।

कालगतिले मृत्यु भएको वर्ष, नाम, ठेगाना, उमेर, जन्ममिति र परिवारका के के नाता पर्ने अनि कसकसले बनाई दिएको भन्ने ढुङ्गामा ठूलाठूला अक्षरहरूले कुँदेर लेखिएको यो शिलालेखलाई किरात राईहरूले चौतारा भन्ने गरेका छन् ।

ढुङ्गामा यसरी लेख्ने चलन कहिलेदेखि चलेको भन्ने बारे एकिन हुन नसके पनि जब राई समुदाय लेख्न र पढ्न सक्ने भयो । त्यस बेलादेखि नै यो चौतारोको चलन चली आएको हो भन्नु हुन्छ खोटाङ बाम्राङ गाविस वडा नं. ५ का बयोबृद्ध सन्तबहादुर राई ।

राई भन्नुहुन्छ \'मेरो ख्यालमा यो चौतारामा लेख्ने चलन पहिलो विश्व युद्धभन्दा अघिदेखिनै चलेर आएको हो र हामी राईहरू यो क्षेत्रमा बसोबास गर्न थालेपछि नै किरात राईहरू बसोबास गर्ने क्षेत्रहरूमा चौतारा बनाउन सुरु गरिएको हो ।\'

यो चौतारा गाउँघरमै पाइने बलियो र चिल्लो ढुङ्गाहरू खोजेर आकर्षक रूप दिएर फलामको तिखो किला -काँटी) बनाएर धेरै वर्षसम्म अक्षर नहराओस् भनी गहिरो बनाएर अक्षरहरू कुँदिएको हुन्छ ।

यसरी अक्षर लेखिएको ढुङ्गालाई स्थानीयहरूले किताब ढुङ्गा भन्ने चलन रहेको छ । खोटाङ जिल्लाको बाम्राङ गाविस वड नं. ५ को सामातुङको सदरमुकाम दिक्तेल जाने बाटोमा पनि २०४७ सालमा लेखिएको यस्तो किताब ढुङ्गा देख्न सकिन्छ ।

यो चौतारा नजिक पानी खाने एउटा धारा र माथिबाट बुढो बरपिपल रहेको छ ।

यस्ता चौताराहरू राई किरातहरू बोसाबास गर्ने नेपालको पूर्वी जिल्ला खोटाङ, भोजपुर, ओखलढुङ्गा, सङ्खुवासभा, सोलुखुम्बु, रामेछाप, धनकुटा, पाँचथर, ताप्लेजुङ, इलाम, उदयपुर आदिमा बढी पाइन्छन् ।

राणाहरूले सर्वसाधरणलाई पढ्न लेख्नबाट वञ्चित गरेको बेलाभन्दा अघिदेखि नै बनाउने चलन रहेकोले यो धेरै वर्ष पुरानो हुन सक्ने सन्तबहादुर राईको अनुमान रहेको छ ।

त्यसैले यस्ता चौताराहरू तीनसय वर्षभन्दा पहिलेको पनि हुन सक्ने सम्भावना रहेको उहाँ बताउनुहुन्छ । खोटाङ जिल्लाको बाम्राङ गाविस राईहरूको ऐतिहासिक थलो भएकाले त्यस गाविसमा धेरै पुराना चौताराहरू देख्न पाइन्छन् ।

त्यस गाउँमा वि.सं. १९१८ देखि निर्मित धेरै चौताराहरू देख्न पाइन्छन् तर धेरै पुरानो भएका कारण अक्षरहरू त्यति राम्रो देख्न सकिदैन । त्यस कारण कसको नाममा र कहिले कहिले बनाइएको भन्ने त्यति प्रष्ट देखिदैन ।

यस्ता चौताराहरू यस गाविसमा मात्र नभएर जिल्लाका अन्य गाविसहरू र राई किरात भएका जिल्लाहरूमा धेरै पुराना पनि पाइने सम्भावना रहेको छ ।

चौताराहरूको आसपासमा बरपिपल रोप्ने र बाटोको भित्तातर्फ किताब ढुङ्गालाई चटक्क सजाएर बलियो बनाएर टाँसिएको हुन्छ भने त्यसको छेउमा काठ वा ढुङ्गाको बस्ने ठाँउ फलैचा वा ठाँटी बनाइएको हुन्छ । त्यस ठाँटीमा यात्रुहरू थकाई मार्ने हुनाले मरेर गएका मानिसहरूका आत्माले शान्ति पाउँछ भन्ने विश्वास रहेको छ ।

अहिले स्थानीयवासीहरूले चौताराका जग्गा मिच्ने गरेकाले कतिपय किताब ढुङ्गाहरू बाटोमा अलपत्र भएर लडिरहेको पनि भेटिने हुँदा यसरी लोप हुन लागेकोमा चिन्ता व्यक्त गर्दै यस्ता ऐतिहासिक महत्वका संस्कृतिहरूलाई सबैले संरक्षण गरिनु पर्दछ भन्छन् वयोवृद्धहरू ।

अहिले कडा ढुङ्गाहरू नपाइने र आर्कषक बनाउनका लागि काठमा कुँदेर र आधुनिक घर बनाउँदा प्रयोग गरिने मार्बलसमेतमा यस्ता अक्षरहरू बनाइने चलन रहेको छ । यस्ता चौतारीहरूमा अहिले किरात राईहरूको आफ्नै लिपिमा पनि अक्षरहरू लेख्ने गरिएको छ ।

यसरी चौताराहरूमा किरातीहरूको आफ्नै लिपिमा लेखिएमा लिपिको संरक्षण हुने बताउनुहुन्छ कमलबहादुर राई । उहाँ यस्ता पुरातात्विक महत्वका सम्पत्तिहरूलाई सम्बन्धित निकायहरूले पनि संरक्षण गरे देशको सम्पत्तिको रूपमा महत्व पाउने थियो भन्नुहुन्छ ।

रविवार, 13 दिसंबर 2009

उधौलीपर्वः प्रभु, प्रकृति, पितृप्रति कृतज्ञता

नवराज सुब्बा
काठमाडौं


नेपालमा ३३ पुस्तासम्म शासन गरेका किरातहरूको शासनकाल नेपाली संस्कृतिको उत्पत्तिका दृष्टिले एक महत्वपूर्ण काल हो भनेर विभिन्न विद्वानहरूको लेखबाट पुष्टि भइसकेको छ । बर्तमानमा आइपुग्दा नेपाल विविध जातजाति, धर्म, सस्कृतिको अद्वितीय फूलबारी बनेको छ । यो सुन्दर फूलबारीलाई जीवन्त राख्न सबै जातजातिका सस्कृतिलाई जोगाइराख्न आवश्यक छ ।
यो छोटो लेखमा मंसिरे पूणिर्माको दिनमा मनाइने एउटा महत्वपूर्ण किरातचाड चासोक तङनाम, उधौली साकेला, चोसोवा, र फोलष्याँदरका बारेमा सामान्य जानकारी गराउने प्रयास गरिएको छ । किरातमध्येका लिम्बूहरूले यसलाई चासोक तङनाम, राईहरूले साकेला उधौली अर्थात् चण्डीनाच, याक्खाहरूले चोसोवा र सुनुवारहरूले फोलष्याँदरको रूपमा मनाइने गर्दछन् । यस पर्वको मूल परम्परागत मर्म एउटै छ- त्यो हो अन्नबाली पाकिसकेपछि आ-आफ्ना इष्टदेवता र पितृहरूको पूजाआजा गरी नयाँ अन्न अर्पण गरेरमात्र त्यो नयाँ अन्न खाने परम्परा । उत्साहपूर्वक मनाइने नयाँ अन्नअर्पण गर्ने परम्परालाई लिम्बू, राई, याक्खा र सुनुवार आदि किरात जातिमा समान रुपमा मनाइने हुनाले यस चाडलाई किरातचाड भनिएको हो ।
लिम्बूहरूले चासोक तङनाम अर्थात् न्वाङ्गी पर्व मनाउँदा लगाइएका अन्नबाली मकै, कोदो र धान पाकेपछि ती अन्न खानुअघि आफ्नार् इष्टदेवताहरूलाई चढाउन चासोक पूजा गरिन्छ । खेतीबारी टाढा भए अन्नका बालाबाला घरमै ल्याई पूजा गरिन्छ भने घर नजिकै भए खेतीबारीमै गएर भुइँ सम्याएर सफा सुग्घर बनाएर पूजा थानको निर्माण गरेर पूजा गरिन्छ । धानको बाला हातैले माडेर झारेपछि हाँडीमा भुटेर देवतालाई चडाउने चिउरा (साम्बेक) बनाईन्छ भने कोदोको बालालाई पनि हातले माडिन्छ र सफा पारिएको कोदोमा मर्चापानी मिसाएर पूजाको लागि जाँड (साप्तोक) र साप्तोक चढाउनलाई सानासाना बाँसका पेहेङ (तोङबा)हरू बनाईन्छ । यसरी साम्बेक र साप्तोक तयार भएपछि बटुकामा चोखो पानी र पुज्नलाई पानी र्छर्की केराको पात बेरेर प्रयोग गरिन्छ भने घरबाहिर र घरभित्र पुजिईने देवताहरूको नाममा केराको पात राखी थान (लास्सो) बनाई लास्सोमाथि जोर पेहेङ ठड्याईन्छ । त्यसमा मुन्धुमवाचन गर्दै चोखो पानी र्छकदै तोङबा (पेहेङ)को जाँड (साप्तोक) पिपा (पित्छिङ) ले लास्सोमा चढाएर पेहेङहरू लडाइन्छ र यसरी लास्सोलाइ सेलाइएपछि चासोक तङनाम (न्वाँगी पूजा) सम्पन्न हुन्छ ।
राईहरूले साकेला उधौली मनाउँदा किरात राईहरू बसोबास गरेको ठाउँअनुसार परम्परागत भेषमा नाक्छोङ वा होमेहरूद्वारा पहिले चूलो पुज्ने त्यसपछि बाहिर सार्वजनिक स्थानमा स्थापना गरिएका साकेला चण्डिथानमा गई मुन्धुमअनुसार पूजाअर्चना गरिन्छ । त्यसपछि सोही उपलक्ष्यमा मंसिरे पूणिर्मादेखि गाउँगाउँ र प्रत्येक घरघरमा विभिन्न सिलीमा साकेला नृत्य, ढोल, झयाम्टा, सिर्लिङ र मिरिमा आदि लिई हर्षोल्लासकासाथ नाच्ने गर्दछन ।
याख्खाहरूको चोसोवा मनाउने विधिअनुसार चोसोवा पूजा गर्नको लागि पाङ्दुरको जाँड पकाईन्छ, पाकेको धान खेतबाट ल्याई सोहि दिन भुटेर चामल बनाई साथमा जोर (भालेपोथी) कुखुरा, अण्डा, बोटसहितको अदुवा, तीनदर्जन केराकोपातको टुप्पा (लाहाचोङ) चोखो तोर्बा र मेच्चेफुङ (कुशुमे फुल) र केराको पातले बेरेको कलश तयार पारिन्छ । यसरी पूजाको आवश्यक सामाग्री तयार भएपछि घर लिपपोत सफासुग्घर गरेर एउटा कुनामा मान्द्रोलाई घोप्टो पारेर बिछ्याई तीनजोर लाहाचोङलाई पनि लहरै बिछ्याइन्छ र तयार भएका सामाग्रीहरू पनि तिनै ठाउँमा राखेर घरमुली वा मुन्धुम जान्ने ब्यक्तिले मुन्धुममार्फ सम्बोधन गर्दै पूजा सम्पन्न गरिन्छ । आफ्ना पितृहरूको नाममा नयाँ अन्नबालीबाट बनेको खानेकुरा चढाउँदै आगामी दिनहरूमा पनि यसरी नै पहिले आफ्ना पितृहरूलाई चढाएर मात्र आफुले खाने प्रतिबद्घवता जनाउँदै चोसोवा अर्थात् उधौलीपूजाको समापन हुन्छ ।
सुनुवारहरूको फोलष्याँदर अर्थात् उधौलीपर्व मनाउँदा मंसिरे पूर्णिमाको दिन परिवार तथा नातागोता जम्मा भएर सर्वप्रथम अग्नि र इन्द्रेणीलाई पूजा गरेपछि अन्य देवदेवी, सूर्य, चन्द्र, आकाश, जल, वायु, भूमि अनि पितृहरूलाई क्रमशः पूज्दै आव्हान गर्दै प्रकृति तथा दैवी प्रकोप, अतिवृष्टि, अनिकाल, रोगव्याधि नलागोस् र सहकाल लागोस् भनेर कुलपुरोहित (न्हाःसो)द्वारा र्सार्वजनिक पूजास्थलमा ष्याँदरपूजा गरिन्छ । यदि कुलपुरोहित (न्हाःसो) हरू नपाईएको खण्डमा सुनुवार जातिले आफ्नै घरको पूजाकोठा (लागपर्गि) मा फूलपाति, अक्षता, पानी र फलफूल चढाएर एकजोर जाँड (ष्याम) राखि धूप बाल्दै सामान्य किसिमले पनि ष्याँदरपूजा सुसम्पन्न गरिन्छ ।


जेहोस्- खेतीपाती गर्न सिकाउने विद्या दिने आफ्ना इष्टदेवता, संसार देखाउने आफ्ना पितृ र बाँच्नको लागि नभई नहुने खाद्यान्न प्रदान गर्ने प्रकृति अर्थात् घाम, पानी, जून, धरती साराप्रति अत्यन्त अनुगृहित हुँदै नयाँ अन्नवाली अर्थात् नयाँ वर्ष र जीवनको सुरक्षा र समुन्नतिको आशिर्वाद माग्दै अर्को साल पनि यसरी नै मनाउन पाइयोस् है ! भन्दै उत्साहका साथ मनाइने यो किरातपर्व वास्तवमा किरातजातिको मौलिक परम्परा भएता पनि यो नेपाली संस्कृतिको एक अभिन्न अंग हो । जसलाई आज कुनै जातिविशेषको पर्वको रुपमा मात्र नलिएर सवै जातजातिमा सद्भाव फैलाउने एक नेपाली पर्वको रुपमा लिन थालिएको छ ।

इतिहासकै संगिन मोडमा आदिवासी किराती राई समुदाय

- विजय सन्तोषी राई


नेपालका आदिवासी किराती राई समुदाय यतीबेला इतिहासकै गंभिर तथा संकटमा आईपुगेको छ । नेपालको इतिहासमा सवैभन्दा लामो समय सम्म शासन गरेको किराती राई समुदाय अहिले अत्यन्त कठिन र गंभिर मोडमा उभिएको छ ।

ऐतिहासिक जिम्मेवारी पाएको संविधान सभा लगायत राजनैतिक दलमा र जातीय संगठनको रुपमा रहेको किरात राई यायोख्खाले सन्तोजनक रुपमा आफ्नो भूमिका निर्वाह गर्न नसकेको र विभिन्न षडयन्त्रकारीहरुको जालमा परी राई समुदाय फुटको संघारमा पुगेका कारण राई समुदायमा चरम निरासा र वितिष्णा पैदा भएको छ ।

यस्तो इतिहास बोकेका राई समुदायले अव पनि अहिले सम्म गरेको कार्यको आत्म समिक्षा गरी आफु र किरात राई यायोख्खालाई व्यापक परिर्वतन गरेर नया जीवन दिन सकेन भने राई समुदाय ईतिहास र कितावको पानामा मात्र सीमित हुनसक्छ ।

यतीबेला किरात राई समुदाय सामु विभाजित मानिसिक्ता भएका विभिन्न थरीका राई समुदायलाई एकीकृत ढंग अगाडी बढाउदै किरात राई यायोख्खालाई पुर्नसंरचना गरी नया विचार र नया ढाचाका साथ अगाडी बढाउनु पर्ने छ भने अर्को तर्फ राज्यको पुर्नसंरचना गरी किरात स्वायक्त राज्य स्थापना गर्न सशक्त भूमिका निर्वाह गर्नुका लागि सफल रणनीति निर्माण गर्नु पर्ने दायित्व रहेको छ ।

त्यसैले पूर्वााचलकै ऐतिहासिक नगरी धरानमा भैरहेको किरात राई यायोख्खाको राष्ट्रिय महाधिवेशन सवैको चर्चा र चासोका विषय बनेको छ भने किरात राई समुदायले यस महाधिवेशनलाई अत्यन्तै महत्वका साथ लिएका छन ।

फुटाउ र राज गर भन्ने षड्यन्त्रबाट पहिले पनि किरातीहरुको एकिकृत र सशक्त शक्तिलाई बल्लो किरातमाझ किरात र पल्लो किरातको नाममा विभाजित गरिएको हो । अहिले पनि किरातीहरुलाई विभाजित गरी आफ्नो स्व्ाार्थ सिद्ध गर्ने षडयन्त्रकारीहरु सकि्रय भएकाले हामी किरातीहरु सजग भई किरातीहरुमा फुट हुन नदिन लिम्बुवानखम्बुवानको नाममा अलगअलग स्व्ायक्त राज्य होइनसिङ्गो किरात स्व्ाायक्त राज्य अन्र्तगत लिम्बुवानखम्बुवान उपस्वायत्तराज्यहरु निर्माण अभियानमा जुट्नु पर्छ ।

किरातहरु नेपालमा वसोवास गर्ने प्राचिन जाति भएकाले किरातहरु ज्ााति मात्र नभएर भूमी र सभ्यता पनि हुन नेपाललाई प्राचिन यूगमा किरात देश भनिे गरिएको प्रमाणो रुपमा ब्राम्ह्ण जातिले संकल्प भन्दा किरात देशे वा कैराते देशे भनेर नेपालाई अद्यापि भन्ने गरेका गरेका छन । नेपालमा किारतहरुले सवैभन्दा पहिला नेपालको केन्द्रिय राज्यव्यस्था स्थापना गरी यलम्बरदेखी मस्तीसम्म ३२ पुस्ताले १६ सय बर्षसम्म गण परम्परामा आधारित शासन सत्ता संचालन गरेको पाईएको छ ।

किरातीहरु नेपालका एक मात्र प्राचिन र आदिवासी किरातीहरु भएता पनि किरातीहरु अहिले राई लिम्बुसुनुवार याख्खमा मात्र सिमित हुनु पुगेका छौ ।

किरात जातिको प्रमुख शाखाको रुपमा रहेका राई जातिको लामो इतिहास रहेको पाईन्छ । शूरुमा राजा वा शासकको सम्मानार्थ शब्द राय बाट इशाको सातौ शताब्दी आसपासतिर किरातलाई राई जातिको नामकरण भएको हो ।

लमजुङमा भेटिएको हस्तलिखित बंशावलीमा राजा अटला राईदुभा राईद्रमी राई भाम्चुर राई गरी राईका १४ पुस्ताकोबर्णन पनि गहेको पाईएको छ ।

काठमाण्डौ उपत्याकामा स्थापति आफ्नो शासन सत्ताबाट लिच्छविबाट विस्थापित भएपछि दूईजना राई दाजुभाईहरु जिल राई र अजिल राई मकवानपुर झरी त्यहा गढी गरी शासन गरको पाईँन्छ ।

नेपाल एकिकरण गर्ने हिडेका पृथवीनारायण शाहको सेना विरुद्ध दोलखाको किराती छापमा महेन्द्र िसंह राई र नामिसंह राई चौदण्डी गढीमा अगमिसंह राईभोजपुरको हतुवा गढीमा सौनाहाङ राईसंखुवासभाको चैनपुरगढीमाकाङसोरे राईधरानको विजयपुर बुधिकर्ण राईले विरतापूर्वक लडाई गरी आफ्ना स्वायत्त राज्यको रक्षा गर्दै लडेको अन्त्यमा पृथ्वीनारायण शाहको फौजले छलकपटगरी विजय गरेको इतिहासमा उल्लेख गरिएको भेटिन्छ ।

इतिहासकारको भनाई अनुसार पहिला पूर्वका सम्पूर्ण किरातहरुलाई सम्बोधन गर्ने जातीय नाम राई थियो । राईबाटै लिम्बु सुनुवार याख्खा भएका हुन । किरात इतिहासकार काजीमान कन्दङवा लिम्बुले कन्दङवा र अन्यथरी लिम्बुहरुको बंशालवी पेश गर्दै लिम्बुहरुको आठ पुस्ता अगाडीका पुर्खा टटुक राईआङवोहाङहरुको आठ पुस्ता अगाडीका पुर्खा मुगामा राईको भेटिएको छ । चेम्जोङ्ग लिम्बुको एक पुर्खा पनि राइनै भएको पाइएको छ । पृथ्वीनारायण शाहले सम्वत १८३१ म्ाा पल्लो किरातका किरातीहरुल्ाई स्वशासन दिई लालमोहरमा उल्लेख गर्दा तिमिहरु अरु नौलाख राई पटि होइन अरु मासिने हुदा तिमिहरु नमासिने हो लिम्बु कुलभाईलाई दियौ भनी पहिलो पटक लिम्बु शब्दको उल्लेख गरी राईबाट लिम्बु भनी फुटाएको ईतिहासमा भेएिको छ ।

राईजातिको इतिहास करीव १५०० बर्ष पुरानो रहेको राईलाई विभाजन गरी राईहरुको एकिकृत शाक्तिलाई वभाजन गर्ने उदेश्यले भ्रम छर्ने षडयन्त्रकारीहरुको छलमा परी राई पृथ्वी नारायण शाहले दिएको पगरी भएकोले यसलाई छडेर आफ्नै थर वा पाछालाई जातिको रुप दिन केही राईहरु अहिले लागिपरेका छन यो राम्रो संकेा होइन ।

आजभन्दा १५ सय बर्ष अघि देखी राई रहेका जातिलाई दुई सय पचास बर्ष अगाडीका पृथ्वीनारायण शाहले दिएको पगरी कसरी हुन सक्छ यो सरासर झुट हो । फेरी जो संग बर्षौबर्षसम्म आफ्नो गणराज्यको रक्षाका लागि राई जातिले पृथ्वीनारायणशाहसंगै लडाई गरे उसैले दिएको पदवी कसरी लिईन्छ त्यसैले यो राईहरुलाई फुटाउने षडयन्त्र मात्र हो हामी सवैथरी राईहरुले अहिले बुझ्नु पर्छ ।

इतिहासकै महत्वपूर्ण घडीमा किरात राई जातिमा फुट आउनु र ल्याउन खोज्नु भनेको आत्मघाती कदम हो । अहिले किरात राईहरुको शक्तिसंग डराएर फुट ल्याउन केही तत्वहरु धुरन्धर लागी परेका छन हामी किराती राईहरु उनीहरुको गोटी बन्न हुदैन । यदी जानी नजानी गोटी बनियो भने आफ्नो समुदायप्रति गदारी गरेको ठर्हछ ।

राज्यको पुर्नसंचरना गरी नया संविधान मार्फत आदिवासी जनजातिहरुको हक अधिकार स्थापना गर्ने यस महान अभियानमा किरात राईलाई विभाजान गर्ने किरात राई विरोधी समुह तत्व र एजीओ चलाउने लोभीपापीहरु रहेकाले तिनिहरुदेखी होसियार भई राई समुदाय फुटबाट जोगीनु पर्छ ।

कुलुङ्गथुलुङ्गथुलुङ्गआठपहरियावान्तवाचाम्लिङ्गसाम्पाङ्गसाम्पाङ्ग लगायत विभिन्न थरी राईहरुले नेपाल सरकारले गठन गरेको आदिवासी जनजाती सूचिकरण समितिमा निबेदन दिएका किराती राईहरुलाई पनि किरात राई यायोख्खाको यस महाधिवेशनमा घनिभूत छलफल गरी किरात राई यायोख्खालाई सवै थरिका किराती राईहरुले हाम्रो भन्ने वातावरण बनाउनु आज पहिलो आवाश्यक्ता र अनिवार्य भएको छ ।

सूचिकृत हुन दर्ता गरेका विभिन्न पाछाका राईहरुलाई जातिको नाममा सूचिकृत नगरी उनीहरुको भाषालाई मात्र सूचिकृत गर्ने अभियानमा किरात राई यायोख्खा र राई समुदाय लाग्नु पर्छ ।

किरात राई यायोख्खाकोराष्ट्रिय महाधिवेशनले यायोख्खालाई सवै थरी राईहरुको महासंघको रुपमा स्थापित गराई यो महाधिवेशनलाई एकताको महाधिवेशनको रुपमा घोषणा गरी सवैथरी राईहरु एकिकृत भएको सन्देश दिएमात्र यस महाधिवेशले सार्थकत्ता र पूर्णता पाउछ ।

यायोख्खाको विधान संसोधन गरी केन्द्रिय तथा जिल्ला अध्यक्षमा पालौ पालो सवै थरी राईहरुलाई ३ महिनाको रोटेशनमा अध्यक्षको जिम्मेवारी दिने व्यवस्था गरी नेतृत्व गर्ने अवसर दिनु पर्छ अनिमात्र सवै थरी राईहरुले किरात राई यायोख्खा हाम्रो पनि हो भन्ने आभास गर्ने छन । त्यसपछि मात्र किरात राई यायोख्खा सवै थरी राईहरुको साझा संस्थाको रुपमा स्थापित भई सशक्त भएर जान सक्छ ।

किरात राईहरुलाई विभाजन गरेर डलर कमाउने वा विभाजित राईहरुको कोटाबाट सासंदमंत्री र राजनैतिक नियुक्ति पाउने वा नेता बन्न पाईने लोभबाट प्ररितहरुनै अहिले राईलाई थरी र पाछाको नाममा फुटाउन सकि्रय छन ।

तिनिहरुले र हामी किरातीहरुले बुझ्नु पर्छकी एकिकृत भएर सिङ्गो किरातीहरु एकिकृत भएर रहे भने किरात स्वायत्त प्रदेशको मुख्य मंत्री बन्छन तर राई समुदायलाईनै पाछापाछामा गरी फुटाएर छरपस्टिए भने मुख्यमंत्रीमंत्रीसासंद त होइन गाविस अध्यक्ष र वडा अध्यक्षमा मात्र सिमित हुनु पर्छ ।

त्यसैले किराती राईहरुले मुख्य मंत्री बन्नेकी वडा अध्यक्ष बन्ने अव रोच्नु पर्ने्र समय आएको छ । एकिकृत भएर आन्दोलन गरी सशक्त आवाज घन्काउन सके सफल भईछ भन्ने उदाहरण लिम्बु र मधेसी समुदायलाई अहिले लिन सकिन्छ अहिलेको ४४ सदस्यीय मंत्री परिषदमा नेपालको जनसंख्याको पुग नपुग २ प्रतिशत रहेका लिम्बु समुदायबाट २ जना र मधेसी समुदायबाट २१ जना करिव चार प्रतिशत रहेका राईबाट शुन्य हुनु पनि हो । किन भने राईहरुमा एकता नहुनु फुटको संघारमा पुग्नुनै यसको विडम्बना हो ।

पहिलेदेखीनै वल्लो किरातमाझ किरात र पल्लो किरात भनी छुट््याएको भूगोल जसमा अहिलेको मेचीकोशीसगरमाथासिराहा र सप्तहरी वाहेक र जनकपुर अाचलका रामेछापदोलखा र सिन्धुली जिल्लाका केही भू भागहरुसहितको स्व्ायक्त राज्य नै प्रस्तावित किरात स्वायक्त राज्य हो ।

भाषा धर्मसस्कृति रहनसहनको आधारमा विशिष्ट प्रकारको पहिचान भएको शास्त्रिय दृष्टिकोणले एउटै जाति भएको राईलिम्बु सुनुवारयाख्खाधिमालदनुवारजिरेलसुरेलथामी र हायु लगायत किरात समुदायको विशेष अग्राधिकार उपस्थिती र सघनताको आधारमा प्रशासनिक सामाजिक सास्कृतिक आर्थिक अधिकारहरुको सुनिनिश्चित भएको स्वायक्त राज्यनै किरात स्वायक्त हुनु पर्छ ।

ऐतिहासिक किरात भूमिको रक्षा गर्न किरात स्वायक्त राज्यअन्तर्गत प्रस्पावित भूमि आदिमकालदेखीनै किरातीहरुले आवाद गरेको भूमि हो । त्यहा उनीहरुले विभिन्न प्रशानिक गढीहरु स्थापना गरी शासन गरेका थिए । ऐतिहासिक किरात भूमिको रक्षागर्न किारतीहरुको सिङ्गो किरात स्वायक्त राज्य निर्माण गनु पर्छ ।

कॆन्द्रिय संघमा सशक्तप्रभावकारी र निर्णायक भूमिका सिङ्गो किरात स्वायक्त राज्यन निर्माण गर्दा मात्र सशक्त प्रभावकारी र निर्णायक हुन्छ । स साना स्वायक्त राज्यहरुमा बाडिदा किरातीहरुको भूमिका र उपस्थिति फितलो र कमजोर हुनुपुग्ने भएकाले सिङ्गो किरात स्वायक्त राज्य निर्माण गर्नु जातीय र राजनीतिक रुपमा लाभदायी हुन्छ ।

जातीय स्व्ाायक्त राज्य निर्माणको सम्वन्ध जातीय उत्पीडनको अन्त्य र जातीय मुक्तिसंग छ । जातीय स्वायक्ता पाए भने मात्र किरातीहरुको राज्यसत्ता शासन गर्ने अधिकार सुनिश्चित हुन्छ । जातीय स्व्ायक्ता प्राप्त नभएमा किरातहरुको नाममा कुनै अमुक किराती शासनसत्तामा पुगे पनि त्यसले किरातीहरुले अधिकार सुनिश्चित हुदैन । त्यसैले किरात स्वायत्तता बिनानाको संघियता भ्रम हुन जान्छ । किराती जनतालाई अधिकार सम्पन्न बनाउन किरात स्व्ाायक्त राज्यनै निर्माण गर्नु पर्छ ।

नया बन्ने संविधानमा किरातीहरुको हक अधिकार स्थापना गर्न र आत्म निर्णयको अधिकार र जातीयक्षेत्रिय स्वशासनको आधारमा राज्यको पुन संरचना गरी किरात स्वायत्त राज्य निर्माण अभियानमा सवै किरातीहरु र गैरकिरातीहरु समेत कि्रयाशिल गर्न किरात राई यायोख्खा सफल भए मात्र सवैको भविष्य उज्वल हुन्छ ।

अधिकारका लागि चुक्दैछन आदिवासीहरु

- विजय सन्तोषी राई


नया संविधानमा आफ्नो अधिकार लेख्ने अहिलेको महत्वपूर्ण समयमा पनि आदिवासी जनजातीले संविधानमा आदिवासी जनजातीको अधिकार पूर्ण रुपमा स्थापित गराउन सकेन्न भने अहिलेको आदिवासी जनजातीका पुस्तालाई भावी पुस्ताले धिक्कार्ने छ ।

फलामको तातेकै बेला हान्नु पर्छ अनिमात्र फलामबाट विभिन्न औजार बनाउने सकिन्छ त्यसैले आदिवासी जनजातीहरुले पनि संविधान बनाउने र राज्यको पुर्नसंरचना गर्ने अहिलेको महत्वपूण समयलाई बुझ्दै अहिले जसरी भए पनि आदिवासी जनजातिको अधिकार नया संविधानमा लेख्ने वातावरण सिर्जना गर्दै आत्मनिर्णयको अधिकार सहित संघिय राज्यको स्थापना गर्नु पर्छ ।

तर यस्तो महत्वपूर्ण घडीमा पनि आदिवासी जनजातीहरु र आदिवासी मंत्री तथा सभाषदहरु त्यस तर्फ लागेको पाईदैन आफुसम्वद्ध राजनैतिक पार्टीले जे भन्छ त्यसकै पछाडी गदिरहेका छन ।

आदिवासी जनजातिहरुको अधिकार नया संविधानमा लेखाउनु पर्ने र राज्यको पुर्नसंरचना गरी आदिवासी जनजातीहरुको अस्तित्व कायम गर्ने अहिलेको समयमा आदिवासी जनजातीहरु राजनैतिक पार्टीका नेतृत्वमा पुगेका आदिवासी जनजाती नेताहरु र विधायकहरु किन चुक्दैछन अहिले आदिवासी जगतमा खोजिको विषय वनेको छ ।

जातिय पहिचान र अस्तित्वका लागि भैरहेको आदीवासी जनजाती आन्दोलनमा सहयोग नगर्ने राजनैतिक पार्टीका नेतृत्वमा पुगेका आदिवासी नेताहरु र विधायकहरुलाई धिक्कार छ । राजसंस्थाको पूर्ण रुपमा अन्त्य गरी आत्म निर्णयको अधिकार र जातीयक्षेत्रिय स्वशासनको आधारमा राज्यको पुन संरचना गरी संघिय लोकतान्त्रिक राज्य स्थापना गर्न र नया संविधानमा आदिवासी जनजातीहरुको अधिकार स्थापना गन अहिले सशक्त ढंगले आवाज उठाई आन्दोलन गर्नु पर्ने समयमा आदिवासी भएर पनि आदिवासी जनजातीहरुको आन्दोलनको समर्थनमा कुनै पनि सहयोग नर्गनु आदिवासी जनजातीहरुलाई धोका दिनु हो ।

मानिस जन्मदै कुनै वर्ग र सिद्धान्त बोकेर आएको हुदैन उ त केवल आफ्नो जात लिएर जन्मेको हुन्छ । त्यसपछि मात्र वर्गको कुरा आउछ त्यसपछि मात्र उसले वुझ्दै सिक्दै गएपछि सिद्धान्तको कुरा आउछ । वर्ग र सिद्धान्त परिवर्तन हुनसक्क तर जात भने परिर्वतन गर्न सकिदैन । जस्तै कुनै पनि मानिस धनि छ भने उसको धन चोरी भयो अथवा नष्ट भयो भने गरिव भएर वर्ग परिर्वतन हुन्छ । त्यस्तै कुनै पनि मानिस कुनै राजनैतिक पार्टीमा लागेको छ भने उसलाई त्योपार्टीको निति सिद्धान्त मन परेन भने पार्टी परिवर्तन गर्न सक्छ वा स्वतन्त्र वस्छु भन्न सक्छ तर जात भने परिवर्तन गर्न सक्दैन र स्वतन्त्र पनि रहन सक्दैन मानिस जुन जाति भएर जन्मेको छ त्यही जाति भएर मर्छ त्यसैले सवैभन्दा पहिले जात त्यसपछि वर्ग अनिमात्र विचार र सिद्धान्त आउछ ।



नेपालमा नेपाली जनताले वलिदानीपूर्ण ढंगबाट जतिपटक व्यवस्था परिवर्तन गरेपनि राज्य संचालकहरु र राजनैतिक पार्टीका नेताहरुको संस्कार संस्कृती चरित्र र चिन्तन परिवर्तन हुन नसके जस्तै राजनैतिक पार्टीमा आवद्ध भएका आदिवासि नेताहरुमा पनि कुनै परिर्वतन आएन त्यसैले आदीवासी जनजातीहरुले संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापना पछि पनि आन्दोलनबाट पुरानो नेपालका हरेक संचरना र तहहरुलाई जगबाटै उत्खनन् गरी नया जग हाली जगबाटै नया संरचना तयार गरी संघिय समावेशि लोकतान्त्रिक गणराज्य नेपाल निर्माणको यात्रा प्रारम्भ गर्दै मुलुकमा आन्दोलन गरिहेका हुन ।

आदिवासी जनजातिहरुको अस्तित्व र परिचय स्थापित गराउनका लागि मुलुकमा संघिय गणराज्यको निर्माण अभियानको आन्दोलनमा सडकमा निहत्था आदीवासी समुदायले सशक्त ढंगले शान्तिपूर्ण आन्दोलन गर्ने क्रममा टाउको फुटाउई सडकमा चित्कार गरि रहेको वर्तमान अवस्थामा राजनैतिक पार्टीमा संलग्न रहेका वरिष्ठ आदिवासी नेताहरु भने सिहदरवार भित्रका मंत्रालयहरुमा र संविधान सभा तथा व्यवस्थापिका संसद लगायतका अन्य महलहरुको हवेलीमा मस्तसंग आनन्द लिइरहनु आदिवासीहरुका लागि साचिकै र्दुभाग्य र विडम्वना वनेको छ यसले आदिवासी जनसमुदायलाई दुखित तुल्याएको छ ।

विगतमा मधेसी समुदाय सडकमा आन्दोलन गरिरहदा नेपाल सरकारका तत्कालिन मंत्रीहरु महन्त ठाकुर हृदयस त्रिपाठी धर्मानन्द प्रसाद शाह लगायतका मंत्रीहरु र राजनैतिक पार्टीमा आवद्ध रहेका डा वंसिधर मिश्रमातृका यादव उपेन्द्र यादव लगायतका मधिसी नेताहरु र विधायक भएका मधेसि समुदायका विधायकहरुले मधेस आन्दोलनको खुलेरै समर्थन गरी सरकार तथा संसदमा सशक्त ढंगले आवाज उठाउदै सडक सम्म आउनु हुने तर आदिवासीहरुले सडकमा कप्फन वाधेर आदिवासीहरुको जायज मागहरु पुरा गराउन शान्तिपूर्ण ढंगले लडिरहदा आदिवासी जनजातीबाट राजनैतिक पार्टी सरकार लगायत महत्वपूर्ण निकायका नेतृत्वमा पुगेका सुवास नेम्वाङ्गअशोक राईवलवहादुर राईकेवि गुरुङ्ग र मंत्री भएका रकम चेम्जोङ्गपूर्ण्र कुमार शेर्मा लिम्बु लगायतका नेताहरु र सभाषद भएका आदिवासी विधायकहरुले आदिवासि आन्दोलनको समर्थन गर्न नसक्नु र अन्तरीम सरकार र संसदमा समेत आदिवासीहरुको आवाज नउठाउनु र आन्दोलनको नेतृत्व गर्ने आँट किन गरेन्न उनीहरुल् आदिवासी जनसुदायलाई यो प्रश्नको जवाफ दिनै पर्छ ।

आदिवासी जनजाति नेताहरु यसरीनै चुप लागेर वस्ने हो भने संयूक्त राष्ट्र संघले घोषणा गरेको जल जमिन जंगलमा आदिवासी जनजातीहरुको अग्राधिकार नेपालको नया बन्ने संविधानमा हामीले ग्यारेण्टी गर्न सकेनौ भने विश्वभरीका आदिवासीहरुले र हाम्रा भावी पुस्ताले हामी नेपालका आदिवासीहरुलाई धिक्कार्ने छ ।

राजनैनिक पार्टीमा रहेका आदिवासि वाहेकका अन्य समुदायका नेताहरु र विधायकहरुले समेत आदिवासी जनजातिहरुले उठाएका मागहरु जायज भएकोले उनीहरुको मागलाई नेपाल सरकारले गंभिर भएर तत्काल सम्वोधन गर्नु पर्छ भनिरहदा पनि आदिवासीहरुको नाम बेच्दै आदिवासिहरुको प्रतिनिधित्व गर्दै राजनैतिक पार्टीका नेतृत्व तहमा पुगेका नेताहरु र संसदमा विधायक वन्न सफल भएका र मंत्री समेत भएका आदीवासीहरु अहिले आफ्नो धरातललाई विसे्रर आदीवासीहरुले उठाउदै आएका मागहरुप्रति समर्थन गरी सडकमा आउन त पराईजाओस अहिले सम्म चासो पनि नदिनुले के संकेछ गर्छ ।

विभिन्न राजनैतिक पार्टीहरुमा संलग्न रहेका नेताहरु र संसदमा विधायक वन्न सफल भएका आदीवासीहरुले पार्टीसरकार र संसदमा आदिवासीहरुको आन्दोलनका मागहरुका विषयमा सशक्त ढंगले आवाज वुलन्द गरी संसदमा रोष्टम घेराउ र नारवाजि गरेको भए र अहिले पनि त्यसरी गर्न सके आदीवासी समुदायले पनि आ आफ्ना मागहरु पुरा गराउन यसरी वन्द हड्ताल गरि सडकमा टाउको फुटाउनु पर्ने थिएन र नेपाली जनताले पनि वारमवार वन्द हड्तालको सास्ति व्यर्होनु पर्ने थिएन होला । किन राजनैतिक पार्टीमा लागेका आदीवासी नेता तथा विधायकहरुले आदिवासिहरुको अस्तित्व र पहिचानका लागि गंभिर भएर जिम्मेवारी पुरा गर्न किन हिचकिचाए यो भने खोजिको विषय अहिले वनेको छ ।

राजनैतिक पार्टीका नेतृत्वमा पुगेका आदिवासी नेताहरु र विधायकहरुले अहिले आन्दोलनलाई सहयोग गर्नुको सट्टा मृत्युलाई वरन गरी सशक्त ढंगले आन्दोलनमा कि्रयाशिल रहेका स्वाभिमानि आदिवासी जनजातीहरुको आन्दोलनमा नजान निर्देशन दिदै सिङ्गो आदिवासी जनजाती आन्दोलनको अपव्याख्या गरिरहेकोले राजनैतिक पार्टीमा रहेका त्यस्ता नेताहरुलाई जातिय रुपमा वहिष्कार गरी जातिय उत्थानका लागि पाठ सिकाउन आजै देखी अभियान शुरु गर्नु पर्छ



अहिले आन्दोलन गरी रहेका सर्वसाधरण आदिवासी जनसमुदायले आन्दोलन सफल भएपछि समावेशि आधारमा आदिवासिहरुको भागमा आएका सिट तथा पदहरु त पाउदैन्न अहिले राजनैतिक दलमा आवद्ध भएका आदिवासी नेताहरुलेनै पाउने छन आन्दोलनमा अहिले लडिरहेका आदिवासी जनसमुदायले त आत्मसन्तुष्टि मात्र पाउने छन । उनिहरु त आत्म स्वाभिमानका लागि अहिले लडिरहेका हुन ।

मुलुकका ठूला राजनैतिक दलहरु एकिकृत नेकपा माओवादीनेपाली कांग्रेस र नेकपा एमाल ले आदिवासी जनजाजीहरुको अस्तित्वलाई नस्विकारी जवरजस्त ढंगले आदिवासी जनजातीको भावना र चाहन विपरित अगाडी बढे ति राजनैतिक दलहरुको प्रभाव पनि मुलुकका सवै आदिवासी जनजाती क्षेत्रमा कमजोर हुनेछ । अनि मुलुकमा जातिय र क्षेत्रीय पार्टीको मुलुकभर प्रभाव बढ्नेछ त्यतीखेर मात्र अहिलेका ठूला राजनैतिक दलका व्रम्हाणबादी र सामन्ती सोचभएका नेताहरुको होस खुल्ने छ ।

आदिवासिहरुले उठाएका मागहरुलाई पुरा गराउनका लागि सडकमा रहेका आदिवासी जनजातीहरुले सडकबाट राजनैतिक पार्टीहरुमा रहेका आदिवासि जनजातिहरुले आ आफ्नो पार्टीमा सरकारमा रहेकाले सरकारमा र सभाषद भएका आदिवासी जनजातीहरुले संविधान सभामाफुटेर होइन एकताबद्ध भएर सशक्त ढंगले आन्दोलन मार्फत आवाजहरु उठाउदै घेराउ गर्ने र अन्य आदीवासीहरुले सिहदरवारको चारैति दैनिक घेराउ गर्ने कार्यक्रम घोषणा गरी अगाडि वढेमात्र आन्दोलन सार्थकतामा परिणत भई नया संविधानमा आदीवासी जनजातीको अधिकार स्थापना भई आदिवासी जनजातीहरुले कल्पना गरे जस्तो आत्मनिर्णय सहितको संघिय लोकतान्त्रिक नया नेपालको निर्माण हुनेछ ।

लेखक नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष हुनुहुन्छ

शनिवार, 12 दिसंबर 2009

किरात येले संवत् अन्तर्राष्ट्रिय विचार गोष्ठीको लागि देशविदेशबाट पाहुना आउनेक्रम जारी

कातिक २८ गते देखि काठमाण्डौमा शुभारम्भ हुन लागेको किरात येले संवत् अन्तर्राष्ट्रिय विचार गोष्ठीको लागि देशविदेशबाट पाहुना आउनेक्रम जारी रहेको कुरा आयोजकले बताएका छन् । सम्माननीय सभामुख सुवासचन्द्र नेम्बाङज्यूबाट उद्घाटन हुने उक्त कार्यक्रममा विश्वका विभिन्न आधा दर्जन देशमा रहेका किरातहरु प्रतिनिधित्व हुने कार्यक्रमको लागि सिक्किम र दार्जिलिङबाट १६ जना सहभागिहरु काठमाण्डु आइसक्नु भएको छ भने अन्य देशहरुबाट पनि प्रतिनिधिहरु नेपाल पुगिसकेका छन् । बाकी कार्यक्रमकै दिन आइपुग्नु हुनेछ । किरात येले संवत् बारे जानकारी किरातु शब्द नेपालको इतिहासमा एक सभ्यताको नाम हो । इतिहासमा उल्लेख भएअनुसार प्रथम किरात हाङ यलम्बर हुन् । उनै किरात हाङ यलम्बरको स्मृतिमा किरात येले संवत् चल्दै आएको हो । सन् २००९ मा किरात ये।ले। संवत् ५०६९ भनिदै र लेखिदै आएको छ । यो संवत्लाई किरात याक्खा छुम्मा किरात सुनुवार सेवा समाज किरात याक्थुङ चुम्लुङ र किरात राई यायोक्खा गरी चार संस्थाहरुले साझा संवत्का रुपमा मान्दै आएका छन् । राज्यको पुनःसंरचना भइरहेको अवस्थामा किरात ये।ले। संवत्ले राष्ट्रिय मान्यता पाउनुपर्छ भन्ने निर्णयसहित चार किरात संस्थाले माग गर्दैआएका छन् ।कुनै पनि संवत्को लागि ऐतिहासिक प्रमाण सांस्कृतिक आधार लोकस्वीकृति ज्योतिषविज्ञानका आधार महत्वपूर्ण रहन्छ । अहिले किरात ये।ले। संवत् ५०६९ मानिरहेको अवस्थामा विना प्रमाण प्रचलनमा ल्याउन सान्दर्भिक नहुने भएकाले ऐतिहासिक वैज्ञानिक लोकसांस्कृतिक आधारलाई प्रमाणित गर्न किरात ये।ले। संवत् अन्तर्राष्ट्रिय विचार गोष्ठी-५०६९ २००९ु को आयोजना गरिएको हो ।यो संवत्लाई किराती समुदायमा आ-आफ्नै मातृभाषामा विभिन्न नामले पुकार्ने गर्दछन् । जस्तो- ये।ले। तङ्बे येले। थोचेँ येले दोङ यो संवत्ले किरात सभ्यताको पहिचान र अहिलेसम्म अस्तित्वमा रहेका किरात जातिको समेत प्रतिनिधित्व गर्दछ । यो संवत् नेपाल देशभित्रमात्र नभई अन्तर्राष्ट्रिय रुपमा पहिचान पाउँदैआएको छ । यसको बृहत् रुप दिने काममा भारतको दार्जीलिङ सिक्किम कालिम्पोङ डुबस्रलगायतमा प्रचलित छ । यसैगरी हङकङ बेलायत िसंगापुर अस्ट्रेलिया अरब मुलुकहरुमा रहेका किरात जातिहरुले किरात ये।ले। संवत् प्रचलनमा ल्याएका छन् ।स्वर्णिम युगु मानिने नेपालको लिच्छविकालको पूर्वाधार निर्माण कार्य किरातकामा भएको हो । लिच्छविकालीन शिलालेखहरुमा प्राप्त आर्थिक वास्तुकला आदिसँग सम्बन्धित शब्दहरु नै यसको प्रमाणहरु हुन् । त्यसको प्रवर्तक किरात हाङ यलम्बर हुन् । वर्तमान सन्दर्भमा उनै किरात हाङ यलम्बरको स्मृतिमा चलिआएको संवत्लाई राष्ट्रिय संवत्को मान्यता दिनु पर्ने माग भइरहेको छ । त्यसै प्ररिपे्रक्षमा किरात यलम्बर हाङलाई राज्यले “राष्ट्रिय विभूति” घोषणा गर्नुपर्ने माग पनि सँगसँगै अघि बढाइएको छ ।

publish by

Raj Rai sangam kirant
contact us-00971508083675
E-mail add, raj_rai920@yahoo.com
( plz send us article in this Email address )

फ़ॉलोअर

मेरी फ़ोटो
okhaldhunga, bigutar - 4 surke, Nepal
सर्वाधिकार © kirantsansar